काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमतको सरकार गठनका लागि एमालेको माधवकुमार नेपाल पक्षले धोका दिएको भन्न नमिल्ने बताएका छन्।
शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोरोना भाइरसविरुद्धको खोप लगाउन आएका प्रचण्डले सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनलेभने, ‘म धोका भन्ने शब्द प्रयोग गर्न चाहन्न, उहाँहरुमा पनि केही समस्या पक्कै भए होलान्,’ ‘माधव जीहरु आफैं पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षकै क्रममा रहेकाले अहिले नै धोका दियो भन्नु अलि बढी हुन्छ ।’
बैशाख २७ गते संसदबाट विश्वासको मत गुमाएका प्रधानमन्त्री ओलीले जसपाको महन्त ठाकुर समूहले विपक्षी गठबन्धनलाई साथ नदिदा बिहीबार पुनः प्रधानमन्त्रीमा नियुक्त भएका थिए । अन्तिम अवस्थासम्म ठाकुर समूहले साथ नदिएपछि विपक्षी गठबन्धन अन्तिममा माधव समूहकै भर परेको थियो । तर, ओली र नेपालबीच भएको दुई पक्षीय वार्ता पछि सामुहिक राजिनामाबाट पछी हटेका थिए ।
प्रतिकृया लेख्नुहोस्: