काठमाडौँ । नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिडिण्डर लगेको भन्ने आरोप कपोलकल्पित रहेको भन्दै दुःख व्यक्त गरेको छ । प्रहरी महानिरीक्षकको सचिवालायले आज एक विज्ञप्ति जारी गरी प्रहरीका विरुद्धमा केही व्यक्तिगत आवेगमा लेखिएका भनाइ र सत्यरहित सूचना सामाजिक सञ्जालमा अनर्गल प्रचार भएकोप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाउँदै त्यस्तो भ्रामक प्रचारप्रति विश्वास नगर्न अनुरोध गरेको छ ।
'नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि सिलिण्डर लैजाने गरेको भन्ने कपोलकल्पित आरोपमा सत्यता नरहेको प्रष्ट गर्दै वर्तमान विषम घडीमा निष्ठापूर्वक खटिने प्रहरी सङ्गठनमाथि यस्ता भ्रामक, अतिरञ्जित आरोप लगाइनु र सामाजिक सञ्चालमा प्रचारित गरिनु दुःखद छ', सचिवालयका प्रहरी नायब महानिरीक्षक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दुःखद घडीमा एक जनाको ज्यान बचाउन सकिएमा पनि पुण्य हुने ठानी खटिएका प्रहरीका तमाम कर्मचारीले निर्वाह गरेको कर्तव्यपालनाका सम्बन्धमा नै गलत सन्देश पुग्ने प्रकृतिका सूचना सम्प्रेषण हुनु सर्वथा अनुचित रहेको प्रहरीले जनाएको छ ।
कोभिड महामारी हुनु पूर्वदेखि नै प्रहरी अस्पतालले शङ्कर अक्सिजन प्लान्ट बालाजुबाट अक्सिजन नियमित लिने गरेको जानकारी गराउँदै प्रहरीले यस महामारीमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले प्रहरी अस्पताललाई तोकेको कोटा (२०० सिलिण्डर) भन्दा न्युन अक्सिजनबाट अस्पताल सञ्चालन भइरहेको जनाएको छ । विज्ञप्तिमा अहिले पनि अस्पतालमा २०८ कोभिडका बिरामीको निःशुल्क उपचार भइरहेकाले उनीहरुका लागि अक्सिजन आवश्यक रहने स्पष्ट पारेको छ ।
सचिवालयले महामारीको समयमा स्थितिलाई निस्तेज पार्न संयुक्त प्रयास जारी राखेको र उपचारमा अक्सिजनको कमी हुन नदिन नेपाल प्रहरीले विभिन्न प्रयोजनमा रहेका सात हजारभन्दा बढी उपयोगी अक्सिजन सिलिण्डर नियन्त्रणमा लिई देशभरका विभिन्न अस्पतालमा वितरण गरेको जानकारी गराएको छ । सङ्क्रमणबाट बच्न सर्वसाधारणलाई निःशुल्क मास्कसमेत वितरण गर्दै आएको र आगामी दिनमा पनि महामारी विरुद्धको अभियानमा सक्रियतापूर्वक लाग्न दृढ सङ्कल्पित रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
'आम नागरिकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो, स्वास्थ्य क्षेत्रमा देखिएका प्रतिकूलताबीच निदानमा हाम्रो पनि योगदान रहन्छ भन्ने अभिप्रायले प्रहरी कर्मचारीका लागि भनी निर्माण ग्िएको प्रहरी अस्पतालले कोभिड सङ्क्रमित आमनागरिकको उपचारमा यथाशक्य स्थान दिएको छ', विज्ञप्तिमा उल्लेख छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - ०९:२४
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...
जेष्ठ १२ गते, २०८३ - ०९:२१
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...
जेष्ठ १२ गते, २०८३ - ०९:१५
हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...
जेष्ठ १२ गते, २०८३ - ०९:१४
काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...
जेष्ठ १२ गते, २०८३ - ०९:१०
काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - ०९:०६
काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...
जेष्ठ १२ गते, २०८३ - ०९:०३
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...
जेष्ठ १२ गते, २०८३ - ०८:५२
काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...
जेष्ठ १२ गते, २०८३ - ०८:४९
काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र कार्यालय खाली गरेर सामान लैजान अन्तिम सूचना ...
जेष्ठ १२ गते, २०८३ - ०८:४५
गोलभेँडा ८० रुपैयाँ, प्याज ३८ र हरियो खुर्सानी ७० रुपैयाँमा कारोबार



प्रतिकृया लेख्नुहोस्: