Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

निषेधाज्ञा उल्लङघन गर्दै जीप व्यवसायी

खबरडबली संवाददाता

बाजुरा । जिल्लामा नयाँ भेरिएन्टको कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएपछि सङ्कट व्यवस्थापन समिति बाजुराले निषेधाज्ञा गरेको जीप व्यवसायीहरुले उल्लङघन गरेको छन् । मार्तडी–कोल्टी चल्दै आएका जीपहरुले जिल्ला प्रशासन कार्यालय बाजुराको अनुमति नलिएर सञ्चालन गर्दै आएको पाइएको छ ।

निषेधाज्ञामा सवारी साधनलाई अनुमती बिना चलाउन नपाइने प्रशासनको निर्णयलाई अवज्ञा गर्दैसदरमुकाम मार्तडीको बाउली खोलाबाट कोल्टीसम्मका जीपहरु चल्ने गरेका छन् । जीप व्यवसायीहरुले काठमाडौँलगायतका शहरबाट भएका यात्रुलाई दोब्बर भाडा असुल्दै जीप चलाउने गरेका छन् ।

काठमाडौँमा कोरोना भाइरसको सङ्क्रमणका कारण दैनिक मृत्यु हुने दर नरोकिएपछि जिल्लामा आएका करीब २० जनाको टोलीलाई मार्तडीबाट पाण्डुसैनसम्म रु एक हजार ५०० र मार्तडी–कोल्टीका लागि रु दुई हजार भाडा लिएको जीपमा सवार भएका शम्भु रोकायाले गुनासो गरेका छन् । उनले काठमाडौँमा कोरोना भाइरसको सङ्क्रमण बढेकाले क्याम्पस तथा विद्यालयहरु बन्द भएपछि घर आएको र घर जानुपर्ने बाध्यता भएकाले  जीप व्यवसायीहरुले त्यही मौका पारेर बढी भाडा लिएको रोकायाले बताए । 
     
जीप व्यवसायीहरुले पटक पटक विभिन्न समयमा मौका पारेर भाडा दोब्बर असुल्ने गरेको सर्वसाधारणले आरोप लगाउँदै आएका छन् । जीप व्यवसायीहरुले जिल्लामा अनुमति बिना सवारी साधन सञ्चालन गरेर यात्रु ओसारपसार गर्दै आएका भएपनि स्थानीय प्रशासन र सुरक्षा निकाय मौन रहेको छ । 

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले महामारीका बेला अनुमती बिना जिल्ला आउने र जिल्लामा सवारी साधन सञ्चालन गर्नेलाई कानूनी कारबाही गर्ने बताएका छन् । उजले गैरकानूनी रुपमा मनोमानी भाडा लिने र अनुमती बिना सवारी चलाउनेलाई प्रहरी नियन्त्रणमा लिई सङ्क्रमण ऐन २०२० अनुसार कानूनी कारबाही गर्ने जानकारी दिए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ, ३ जना फरार

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...

राष्ट्रिय गौरवको आयोजना अलपत्र : फास्ट ट्र्याकको गति कछुवाभन्दा पनि ढिलो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...

बागमती प्रदेशसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...

किशोर श्रेष्ठ प्रकरणमा ‘नियोजित षड्यन्त्र’को आशंका : सत्यतथ्य छानबिनको माग गर्दै अनलाइन पत्रकार संघ

काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...

किशोर श्रेष्ठविरुद्ध षड्यन्त्र भएको आरोप, निष्पक्ष छानबिनको माग : प्रेस सेन्टर नेपाल

काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...

५१ अर्बको बजेटः किसानलाई फगत आश्वासन मात्र, संरचना र समस्या उस्तै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...

खिचापोखरीमा ६ करोडको अवैध भेप बरामद : गोदामसहित पसल सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...

ग्यालेक्सी फोरकेमाथि महानगरको एक्सन : १५ दिनभित्र सामान लैजान अन्तिम चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र कार्यालय खाली गरेर सामान लैजान अन्तिम सूचना ...

कालीमाटीले सार्वजनिक गर्‍यो आजको तरकारी र फलफूलको थोक मूल्य

गोलभेँडा ८० रुपैयाँ, प्याज ३८ र हरियो खुर्सानी ७० रुपैयाँमा कारोबार

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending