बेइजिङ । चीनले पठाएको एउटा यानले रातो मङ्गलग्रहमा अवतरण गरेको छ । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले शनिबार बिहान चीनको एउटा रोबोट मङ्गलग्रहमा सफलतापूर्वक अवतरण गरेको घोषणा गरेको छ । राष्ट्रपति सी चिनफिङले चिनियाँ वैज्ञानिकहरुको सफलताका लागि शुभकामना दिएका छन् ।
चीनले पृथ्वीबाहेक कुनै ग्रह वा उपग्रहमा पहिलो पटक आफूले विकास गरेको यान अवतरण गराएको छ । सीएनएसएका प्रमुख झाङ केजियानले चिनियाँ अन्तरिक्ष नियन्त्रण केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा मङ्गल खोज अभियान पूर्ण सफल भएको घोषणा गरेका थिए । रोबोट मङ्गलग्रहको सतहमा अवतरण गरेको जानकारी प्राप्त हुनासाथ नियन्त्रण कक्षमा खुशी र उमङ्ग छाएको थियो ।
उनले चीनको अन्तरिक्ष खोजका लागि यो एउटा अर्को महत्वपूर्ण कोशेढुङ्गा रहेको बताए । तियानवेन–१ नामको यान मार्फत पठाइएको झुरोङ मङ्गलग्रहको दक्षिणी युटोपिया प्लानिटियामा अवतरण गरेको थियो । बेइजिङ समय अनुसार बिहान ७ बजेर १८ मिनेटमा अवतरण गरेको नियन्त्रण कक्षले जनाएको छ ।
मङ्गलग्रहमा अवतरण गरेपश्चात् उक्त रोबोटले विस्तारै सोलार प्यानल र एन्टेना खोलेको र त्यसपछि सिग्नल पठाउन थालेको थियो । पृथ्वीबाट मङ्गलग्रहबीचको दूरी ३२ करोड किलोमिटर टाढा रहेकाले समय अन्तराल १७ मिनेट रहेको छ ।
तियानवेन–१ गत जुलाई २३, २०२० मा दक्षिणी चीनको हैनानबाट प्रक्षेपण गरिएको थियो । यसमा एउटा अर्बिटर, ल्यान्डर र रोभर (रोबोट) रहेको थियो । छ पाङ्ग्रा भएको झुरोङ नामको यस रोबोटको तौल २० केजी छ, र यसको आयु करिब तीन महिना हुने चिनियाँ वैज्ञानिकहरुले बताएका छन् ।
मङ्गलग्रहमा यसअघि अमेरिकाले एउटा यान यसैवर्ष अवतरण गराएको थियो । विश्वमै चीन मङ्गलग्रहमा यान पठाउने दोस्रो देश भएको छ । यसअघि भारतले गरेको प्रयास अन्तिम समयमा असफल भएको थियो । सिन्ह्वा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - २१:१६
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सोमबार सुर्खेतमा पार्टीको कार्यक्रम चलिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको छ। चुनावी समीक्षा...
आषाढ़ ८ गते, २०८३ - २१:१५
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट व...
आषाढ़ ८ गते, २०८३ - २१:१०
काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्। सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा.१४...
आषाढ़ ८ गते, २०८३ - १९:४३
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि तत्काल मुद्दा नचलाउने निर्णय गर्दै उनीसँग सम्बन्धित विषयमा...
आषाढ़ ८ गते, २०८३ - १९:४१
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ। वीरेन्द्रनगरस्थित शुभम होटलमा एमालेको निर्वाचन समीक्षा तथा...
आषाढ़ ८ गते, २०८३ - १९:३६
प्रतिवाद गर्ने चेतावनी
आषाढ़ ८ गते, २०८३ - १०:२५
काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी केही वर्षदेखि ‘दम’ रोगबाट...
आषाढ़ ८ गते, २०८३ - १०:२३
काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...
आषाढ़ ८ गते, २०८३ - १०:०४
काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...
आषाढ़ ८ गते, २०८३ - ०९:३३
लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...



प्रतिकृया लेख्नुहोस्: