देउखुरी । कोरोना सङ्क्रमणका कारण आज दाङमा एकैदिन सातकोे मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार अक्सिजनको अभावका कारण तीन जनाको उपचारका क्रममा, तीनको होमआइसोलेशनमा र एकको बाटोमै मृत्यु भएको कोभिड फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।
लमही–६ का ५९ वर्षीय पुरुष, घोराही–९ का ३० वर्षीय पुरुष र घोराही–९ का ६९ वर्षीय पुरुषको होमआइसोलेशनमा मृत्यु भएको छ । त्यस्तै तुलसीपुर–१६ का ७८ वर्षीय पुरुषको मेट्रो अस्पताल तुलसीपुरमा, घोराही–१४ का ७४ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बेलझुण्डी र घोराही–१८ का ७० वर्षीया महिलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको चन्दले जानकारी दिए ।
घोराही–१४ का ६४ वर्षीय पुरुषको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । दाङमा कोरोना सङ्क्रमण दर बढ्दै गएको र हालसम्म २ हजार ९८० सक्रिय सङ्क्रमित रहेको र ५ हजार ८५१ जना सङ्क्रमण मुक्त भएको चन्दले जानकारी दिए । उनका अनुसार जिल्लामा हालसम्म १४७ जनाको मृत्यु भएको छ ।
गुल्मीमा २४ घण्टामा ११ को मृत्यु
तम्घास : दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा गुल्मीका ११ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजेदेखि आज दिउँसो ३ बजेसम्म तम्घास, पाल्पा, होम आइसोलेशन, स्याङ्जा, काठमाडौँ, चितवन, बुटबललगायत स्थानमा गरी नौ पुरुष र दुई महिलाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड–१९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिए ।
गुल्मीमा दोस्रो चरणको कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ४९ पुगेको छ । जिल्लामा अहिलेसम्म कुल एक हजार १८६ जना सङ्क्रमित भएका छन् । जसमध्ये ९३४ सक्रिय छन् । सक्रिय सङ्क्रमितमध्ये ८८४ जना होम आइसोलेशनमा छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म जिल्लाका कूल २०६ सङ्क्रण मुक्त भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन कार्कीले बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - २०:०९
निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा
माघ ९ गते, २०८२ - १९:५८
काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...
माघ ९ गते, २०८२ - १९:४३
अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?
माघ ९ गते, २०८२ - १९:११
जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...
माघ ९ गते, २०८२ - १९:०७
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...
माघ ९ गते, २०८२ - १८:५०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...
माघ ९ गते, २०८२ - १८:३५
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...
माघ ९ गते, २०८२ - १८:३१
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी




प्रतिकृया लेख्नुहोस्: