काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको शपथसम्बन्धि विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार सर्वोच्वमा दर्ता भएको विभिन्न चार वटा रिटमाथि मंगलबार प्रधानन्यायधीश चेलेन्द्र शमशेर जबराले प्रारम्भिक सुनुवाइ गर्दै अदालतले यस प्रकरणमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीको नाममा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीलाई आदेश दिएको छ ।
ओलीले वैशाख ३१ गते प्रधानमन्त्रीको शपथग्रहण गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लिएको शपथको व्यहोराअनुसार शपथ लिएका थिएनन् । उनले राष्ट्रपतिले भनेको शब्द उच्चारण गर्न नमानी त्यो पर्दैनु भनेका थिए ।
प्रधानमन्त्रीको उक्त क्रियाकलापले संविधानको उल्लंघन भएको, राष्ट्रपति र राष्ट्रपति संस्थाको मर्यादामाथि आँच पुगेको भन्दै सर्वोच्च अदालतमा सोमबार ४ रिट निवेदन परेका थिए ।
अदालतको आदेशमा भनिएको छ, ‘निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कानून बमोजिमको आधार कारण भए सो समेत साथै राखी यो आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्नु ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ७ गते, २०८१ - ०९:३५
मोरङ । बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढ...
मंसिर ७ गते, २०८१ - ०९:२९
दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेकोे छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा ...
मंसिर ७ गते, २०८१ - ०८:२६
काठमाडौं । सत्तारुढ नेकपा एमालेले आज काठमाडौंमा जागरण सभामार्फत् ‘शक्ति प्रदर्शन’ गर्दैछ । देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावाद...
मंसिर ७ गते, २०८१ - ०८:१०
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको प...
मंसिर ७ गते, २०८१ - ०८:०१
काठमाडौं । लामो प्रतिक्षापछि रसुवागढी जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगु...
मंसिर ७ गते, २०८१ - ०७:५६
काठमाडौँ । काठमाडौँमा हिजो दुई जना मृतावस्थामा फेलापरेका छन् । काठमाडौँ महानगरपालिका–१६ माछापोखरी वसन्तनगरस्थित क्यासिकल होटलमा नुवाकोट ककनी गाउँपा...
मंसिर ७ गते, २०८१ - ०७:४१
काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेकोजल तथा मौसम विज्ञान विभाग...
मंसिर ७ गते, २०८१ - ०७:३५
नौमुले । नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुगे । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक रु पाँ...
मंसिर ७ गते, २०८१ - ०७:२७
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणानुसार बिहीबारको तुल...
मंसिर ७ गते, २०८१ - ०७:२०
‘हिमालयन साल्ट’का रूपमा ब्राण्डिङ गरेर बिक्री गर्न सकिने
प्रतिकृया लेख्नुहोस्: