Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

कोरोनाले लुम्बिनीमा २१ जनाको मृत्यु

खबरडबली संवाददाता

लुम्बिनी । कोरोना सङ्क्रमबाट आज रुपन्देही, बाँके, दाङ र रुकुममा थप २१ ज्नाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँचको मृत्यु भएको छ । मत्यु हुने मध्ये चार रुपन्देहीका र एक अर्घाखाँचीका हुन् ।

सङ्क्रमणबाट सियारी–३ रुपन्देहीका २९ वर्षीय पुरुष, अर्घाखाँची खनदहका ४३ वर्षीय पुरुष,  तिलोत्तमा २ रुपन्देहीका ७९ वर्षीय पुरुष, बुटवल– १२ का ४० वर्षीय महिला, बुटवल –२ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

दाङमा थप दश जनाको मृत्यु
पछिल्लो २४ घण्टामा दाङमा दश  सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका स्रोत ब्यक्ति कमल चन्दका अनुसार तुलसीपुरका पाँच, घोराही उपमहानगरपालिका र बबई गाउँपालिकाका दुई/दुई र दंगीशरण  गाउँपालिकाका १ को मृत्यु भएको हो । अहिलेसम्म जिल्लामा मृत्यु हुनेको सङ्ख्या एकसय ६९ पुगेको छ । जिल्लाबाट पछिल्लो २४ घण्टामा ४५ को डिस्चार्ज भएका छन् भने  २०७ नयाँ संक्रमित थपिएका छन् । जिल्लामा अहिलेसम्म दुईहजार ६ सय ६० सक्रिय सङ्क्रमित रहेका छन् ।

बाँकेमा थप पाँच सङ्क्रमितको मृत्यु
बाँकेका अस्पतालमा आज थप पाँच सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्ज स्थित भेरी अस्पतालमा चार र शिक्षण अस्पताल कोहलपुरमा एक गरी थप पाँचजना सङ्क्रमितको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२ निवासी ५१ वर्षीय पुरुषको विहान ८:३० बजे, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ निवासी ५७ वर्षीय पुरुषको विहान ८:३५ बजे, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ निवासी ५० वर्षीय पुरुषको दिउँसो १ बजे र बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ६ निवासी ५७ वर्षीय पुरुषको दिउसो २ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । 

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं.१० रुकुमपूर्व निवासी ६० वर्षीय पुरुषको विहान ८:४० बजे मृत्यु भएको हो । यसअघि गएराती बाँकेका दुई अस्पतालमा चार जनाको मृत्यु भएको थियो । 

योसँगै  सङ्क्रमणका कारण हालसम्म जिल्लामा उपचारका लागि बाहिर जिल्लाबाट आएका दुई सय जना र जिल्लाकै दुई ४५ गरी चार सय ४५ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिए ।   

रुकुम-पूर्वमा थप एक जनाको मृत्यु
रुकुम (पूर्व) मा कोरोना सङ्क्रमणबाट एमाले नेताको मृत्यु भएको छ ।  पुथाउत्तरगंगा गाउँपलिका वडा नम्बर १० बाछीगाउँका सतमान पुनको आज निधन भएको हो । नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्यसमेत रहनुभएका भूमी सम्बन्धि समस्या समाधान आयोग रुकुम –पूर्वका अध्यक्ष पुनको उपचारको क्रममा बाँकेको कोहलपुर निधन भएको हो । 

नेता पुनलाई केही दिन अघि  सङ्क्रमण पुष्टि भएको थियो ।  कोरोना भएर अवस्था जटिल बनेपछि गत वैशाख ३१ गते जिल्ला अस्पताल सल्ले रुकुम –पश्चिममा लगिएको थियो । स्वास्थ्य अवस्था झनै जटिल भएपछि उहाँलाई हेलिकप्टरमार्फत थप उपचारको लागि कोहलपुर लगिएको थियो । मगर खाम क्षेत्रका एक नेताको निधनले पार्टी र जिल्लालाई ठूलो क्षेती पुगेको एमाले नेता तथा लुम्बिनी प्रदेशका पार्टी सचिव खेममान खड्काले बताए । नेता पुन केही समय रुकुम पूर्वको पार्टी संयोजक भएर पनि काम गरेका थिए । यससँगै अहिलेसम्म रुकुम पूर्वका चारको सङ्क्रमणबाट मृत्यु भएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजीको जोश चुनावी मैदानमा, तर राजनीति अझै पुरुषप्रधान !

निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति

 काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...

सत्ता, हार र पुनरागमन: चुनावी मैदान नछाड्ने पाँच सदाबहार अनुहार

अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?

महेश बस्नेतविरुद्ध रास्वपाद्वारा धनुषामा प्रदर्शन

जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...

काठमाडौं–५ मा पुस्तान्तरणको चुनाव: हेभिवेट नेतामाथि नयाँ पुस्ताको चुनौती

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...

जनयुद्धमा आमाबुवा गुमाएका सन्दीप प्रचण्डसँग चुनावी मैदानमा

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...

रेशम चौधरीको उम्मेदवारी रद्द, अन्य उम्मेदवारविरुद्धको उजुरीमा आयोगले के गर्यो निर्णय ?

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...

एसबीआई बैंक लुटपाट प्रकरण: कीर्तिपुरबाट थप एक जना पक्राउ

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending