Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

ओलीले बादललाई भोट मागेलगत्तै निर्वाचन आयोगले निकाल्यो विज्ञप्ति

खबरडबली संवाददाता

काठमाडौं । मौन अवधिमा भोट मागेको भन्‍दै निर्वाचन आयोगले ध्यानाकर्षण गरेको छ । बुधबार आयोगले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गरेको हो ।

बागमती प्रदेश अन्तर्गत रिक्त पदमा भोलि हुने उपनिर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादललाई आज विहान भोट मागेका थिए । आयोगको विज्ञप्ति ओली र बादलप्रति लक्षित छ । 

'जेठ ६ गते वागमती प्रदेशबाट प॒तिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुनुहुन्छ । उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्‍याउने छ' ओलीद्वारा जारी अपिलमा भनिएको थियो 'तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफूनो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु ।'

'अग्रजहरूले अत्यन्त कष्टका साथ जन्माएको, हुर्काएको र जनताको माया एवम्‌ विश्वासका जगमा यस बिन्दुसम्म आइपुगेको पार्टीलाई विभिन्‍न समयमा विभिन्‍न कोणहरूबाट कमजोर पार्ने प्रयासहरू पनि हुँदै आएका छन्‌ । ती सबै प्रयासलाई चिर्दै पार्टी यहाँसम्म आइपुगेको छ' अपिलमा लेखिएको थियो 'अहिले पार्टीभित्र देखा परेका समस्याको समाधान गरी पार्टीलाई एकताबद्ध बनाउनका लागि कार्यदल बनेर काम समेत सुरु भइसकेको छ । यस परिप्रेक्ष्यमा पार्टी एकतालाई सुदृढ गर्न योगदान गर्नु हामी सबैको कर्तव्य हो । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो । यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन्‌ ।' 

उपनिर्वाचनमा आफैले खडा गरेका उम्मेद्वार बादलले हार्ने अवस्था आएपछि निर्वाचनको अघिल्लो दिन ओलीले कार्यकारी शक्तिको दुरुपयोग गर्दै मौन अवधिमा बादलको पक्षमा लभिङ गरेका थिए । जबकि मंगलबार मात्रै निर्वाचन आयोगले उपनिर्वाचनको मौन अवधि सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै जेठ ३ गते रातिदेखि मौन अवधि सुरु भएको जनाएको थियो ।

आयोगले मंगलबार ४ गते राति १२ बजेदेखि मौन अवधिको आचारसंहिता लागू हुने भन्दै यसअवधिमा चुनाव प्रचारप्रसार गर्न र मत माग्न नपाइने, तथा सामाजिक सञ्जाल र विद्युतीय माध्यमबाट पनि मत माग्न नपाइने जनाइएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मौन अवधिमा मत मागेमा निर्वाचन आचारसंहिता विपरीत हुने बताएका छन् । ‘निर्वाचन आचारसंहिता विपरीत मत मागेमा निर्वाचन आयोग ऐन २०७३ अनुसार कारबाही हुन्छ । उनले भने, ‘आयोगले अनुगमन गर्दा कसैले आचारसंहिता उल्लंघन गरेको देखिएमा त्यस्तो काम रोक्न आदेश दिन्छौं ।’ आचार संहिता उल्लंघन जारी राखेमा १ लाख जरिवाना र त्यस्तो कामबाट निर्वाचन नै प्रभावित हुने देखिएमा उम्मेदवारी नै रद्द हुने व्यवस्था पनि छ ।

प्रधानमन्त्री ओलीले अपिल गरेलगत्तै निर्वाचन आयोगले विज्ञप्ति जारी गरेको हो । ‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचार संहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरुले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तरवार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी विज्ञप्तिमा भनिएको छ, ‘ निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यमलगायतले पालना गर्नुपर्ने आचार संहिता समेत लागू भइसकेको सन्दर्भमा आचार संहिता विपरितका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयता प्रति नै आघात पार्ने कुरा स्पष्ट नै छ ।’ 

आयोगले निर्वाचन आचार संहिता विपरीतका गतिविधि स्वीकार्य नहुने पनि बताएको छ । ‘एकातर्फ आयोगले निर्वाचन आचार संहिता कडाइका साथ लागू गर्न नसक्ने भनी आलोचना पनि गर्ने र अर्कोतर्फ आफैँ आचार संहिता विपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुँदैन,’ विज्ञप्तिमा लेखिएको, ‘अतः निर्वाचन आचार संहिता विपरितका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयोगले कानुन बमोजिम कारबाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचार संहिता विपरीत कार्य गर्नेको अभिलेख राख्ने व्यहोरासमेत जानकारी गराइन्छ ।’

उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल र कांग्रेस माओवादी र एमाले (माधवकुमार नेपाल) समूहको गठबन्धनको तर्फबाट खिमलाल देवकोटा चुनावी मैदानमा छन् । नेपाल मजदुर किसान पार्टी कृष्ण तामाङ पनि उमेद्‍वार छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजीको जोश चुनावी मैदानमा, तर राजनीति अझै पुरुषप्रधान !

निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति

 काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...

सत्ता, हार र पुनरागमन: चुनावी मैदान नछाड्ने पाँच सदाबहार अनुहार

अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?

महेश बस्नेतविरुद्ध रास्वपाद्वारा धनुषामा प्रदर्शन

जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...

काठमाडौं–५ मा पुस्तान्तरणको चुनाव: हेभिवेट नेतामाथि नयाँ पुस्ताको चुनौती

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...

जनयुद्धमा आमाबुवा गुमाएका सन्दीप प्रचण्डसँग चुनावी मैदानमा

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...

रेशम चौधरीको उम्मेदवारी रद्द, अन्य उम्मेदवारविरुद्धको उजुरीमा आयोगले के गर्यो निर्णय ?

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...

एसबीआई बैंक लुटपाट प्रकरण: कीर्तिपुरबाट थप एक जना पक्राउ

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending