मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइट क्लबमा लागेको भीषण आगलागीमा २५ जनाको मृत्यु भएको राज्यका मुख्यमन्त्री प्रमोद सावन्तले आइतबार पुष्टि गरेको छन् ।
तटीय राज्यको उत्तरी क्षेत्र अर्पोरामा मध्यराततिर सुरु भएको आगलागीमा ज्यान गुमाउनेहरूमा केही पर्यटक पनि परेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले विज्ञप्ति जारी गर्दै यस दु:खद घटनाप्रति गहिरो शोक व्यक्त गरेको छन् ।
अरब सागरको किनारमा रहेको पूर्व पोर्चुगाली उपनिवेश गोवा आफ्नो जीवन्त रात्रि जीवन, सुनौला बालुवामय समुद्र किनार तथा शान्त तटीय वातावरणका कारण वार्षिक रूपमा लाखौँ पर्यटकको आकर्षण केन्द्र बनेको छ ।
“आज हामी सबैका लागि अत्यन्त पीडादायी दिन हो”, मुख्यमन्त्री सावन्तले विज्ञप्तिमा उल्लेख गरेको छन्, “२५ जनाले ज्यान गुमाएको छन् र छ जना घाइते हुनु भएको छ ।” उनले पत्रकारहरूसँग कुरा गर्दै मृतकमध्ये ‘तीनदेखि चार’ जना पर्यटक रहेको बताए, यद्यपि राष्ट्रियता खुलाइएको छैन ।
सावन्तले यस दु:खद घटनाका कारण पहिचान गर्न तथा जिम्मेवारी निर्धारण गर्न मजिस्ट्रेट स्तरीय छानबिनको आदेश दिइसकिएको जानकारी पनि दिए।
प्रेस ट्रस्ट अफ इन्डिया ९पिटिआई० का दृश्यहरूमा उद्धारकर्मीहरूले घाइते तथा मृतकहरूलाई बिर्च नाइट क्लबको साँघुरो ढुङ्गे सिँढीमार्फत स्ट्रेचरमा बोक्दै गरेको देखिन्छ ।
गोवाका फायर चिफ नितिन वी राइकरले भारतीय प्रसारणकर्ता सिएनएन न्युज १८ सँग कुरा गर्दै अधिकांश व्यक्तिको मृत्यु बेसमेन्ट र भान्सा क्षेत्रतिर फैलिएको धुवाँका कारण श्वासप्रश्वास अवरुद्ध भएर भएको बताए। उनका अनुसार क्लबमा पार्टी चलिरहेको र ‘फायर शो’ आयोजना गरिएको समयमा काठका संरचनामा आगो लागेर धुवाँले सम्पूर्ण भवन ढाकिएको थियो ।
भारतमा कमजोर निर्माण अभ्यास, भीडभाड र सुरक्षा मापदण्ड पालना नहुनुका कारण यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेको ज्ञात विषय हो । यसअघि मे महिनामा हैदराबादस्थित तीनतले भवनमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको थियो। त्यसको एक महिनाअघि कोलकाताको होटलमा लागेको भीषण आगलागीमा कम्तीमा १५ जनाले ज्यान गुमाएका थिए, जसमा केही मानिस भाग्न झ्याल हुँदै बाहिर निस्कन वा छतमा चढ्न बाध्य भएका थिए ।
गत वर्ष पश्चिमी राज्य गुजरातको अत्यधिक भीड भएको एक मनोरञ्जन पार्क–आर्केडमा आगलागी हुँदा पनि कम्तीमा २४ जनाले ज्यान गुमाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...
मंसिर २२ गते, २०८२ - १६:१९
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...
मंसिर २२ गते, २०८२ - १५:५९
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...
मंसिर २२ गते, २०८२ - १५:४६
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...
मंसिर २२ गते, २०८२ - १५:२८
धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...
मंसिर २२ गते, २०८२ - १५:२२
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...
मंसिर २२ गते, २०८२ - १५:१३
धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...
मंसिर २२ गते, २०८२ - १४:४८
काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...
मंसिर २२ गते, २०८२ - १४:२७
काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...




प्रतिकृया लेख्नुहोस्: