Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

विपक्षी नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलायो, कडा कदम चाल्ने तयारी

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठन गर्न आह्वान गरे संगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टीको आकस्मिक बैठक बोलाएको छ । 

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बिहान ९ बजे आकस्मिक पदाधिकारी बैठक बस्न लागेको हो। यो बैठकमा पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ।

बिहीबार राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन गर्ने प्रयोजनका लागि समय दिएपछि विकसित राजनीति र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको देउवाका स्वकीय सचिव भानु देउवाले बताएका छन् । 

प्रधानमन्त्रीले विश्वासको मत नलिई वा राजीनामा नदिई संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकारको आह्वान राष्ट्रपतिबाट भएकोमा कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्री ओलीको उक्त कदमको विरोध जनाउँदै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा नयाँ सरकार गठन गर्न २४ घण्टाको पनि समय नदिइ संविधानलाई मास्ने षड्यन्त्र भएको आरोप लगाएका छन् ।

‘नयाँ सरकार गठन गर्न राष्ट्रपतिले समान्य तया तीन दिनको समय दिने प्रचलन रहेको छ,’ उनले भने, ‘प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा २४ घण्टाको पनि समय नदिइ विधि प्रकृया मिचेर संविधानलाई मास्ने षड्यन्त्र भएको छ । ७० वार्षदेखि लडेर ल्याएको व्यवस्था जोगाउन संवैधानिक, राजनीतिकरुपमा विरोधमा उत्रिन सबैलाई आग्रह गर्दछु ।’ 

कांग्रेसका युवा नेता एवं पूर्वस्वस्थ्यमन्त्री गगन कुमार थापाले राष्ट्रपतिले राष्ट्र र संविधानमाथि गम्भिर अपराध गरेकोले उनिमाथि महाअभियोग लगाउनु पर्ने बताएका छन् । ‘राष्ट्रपतिको कदम क्षम्य छैन,’ उनले भने, ‘उनले राष्ट्र र संविधानमाथि गम्भिर अपराध गरिकी छिन् । त्यसैले उनीमाथि महाअभियोग लगाई घर पठाउनु पर्छ ।’


प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले बारम्बार संविधान, विधि र प्रकृया मिच्न थालेपछि आक्रोसित भएको विपक्षी कांग्रेस आजको बैठकमा मुलुकको विकसित राजनीतिक घटनाक्रममाथि गम्भिर समिक्षा गरी सरकार विरुद्ध कडा कदम चाल्ने तयारी भइरहेको नेताहरुले बताएका छन् ।

कांग्रेसले राष्ट्रपतिविरूद्ध महाअभियोग, प्रधानमन्त्रीलाई अविश्वास प्रस्ताव, दलहरूको सहकार्यमा नयाँ सरकार गठनलगायतका विषय केन्द्रमा राखेर आज नेताहरूसँग छलफल गर्न लागेको देउवानिकट एक केन्द्रीय सदस्यले बताएका छन् । उनका अनुसार दलहरुसंग छलफल गरेर प्रधानमन्त्री विरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गर्ने वा अन्य कुनै विकल्पको खोजि गर्ने भन्नेबारे कांग्रेसले गम्भिर छलफल गरेर एउटा निष्कर्षमा पुग्ने छ । 


 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टी-२० आई क्रिकेट : नेपालले अमेरिकालाई १७ रनले हरायो

काठमाडौं । नेपालले अमेरिकालाई टी–ट्वेन्टी आई सिरिजको पहिलो खेलमा १७ रनले पराजित गरेको छ।  टेक्ससको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा आज ...

मलामी पनि नभेटिने गरी रित्तिएको दैलेखको गडीगाउँ

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको ...

राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण

राजविराज । राजविराजस्थित कारागारको जग्गा अतिक्रमणको चपेटामा परेको छ । कुल दुई बिघा १३ धुर क्षेत्रफल रहेको कारागारको एक बिघा जग्गा अतिक्रमण भएको हो । ...

बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध

तनहुँ । बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन् । चाडपर्वका बेला बाटो अवरुद्ध हुँदा कष्टकर यात्रा ग...

मनसुन बाहिरिएसँगै देशभर तापक्रम क्रमशः घट्दो, कस्तो रहला आजको मौसम ?

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज...

भाटभटेनीका गुरुङको दानले एमालेमा हलचल, ओलीको निर्णयविरुद्व बोल्न सक्दैनन् शीर्ष नेता

काठमाडौं । भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक तथा व्यवसायी मीनबहादुर गुरुङले जग्गा दान गरेर सत्तारूढ दल नेकपा एमालेको पार्टी कार्यालय भवनसमेत बनाइद...

साफ महिला च्याम्पियनसिप- भुटानसँग भिड्दै नेपाल

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ। दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल सुरु हुनेछ।  घरेलु मैद...

हमासका प्रमुखको मृत्युपछि अमेरिकाको टिप्पणी- 'विश्वका लागि राम्रो दिन, युद्धविरामको अवसर'

काठमाडौँ । हमासका प्रमुख याह्या सिनवारको मृत्युपछि अमेरिकाले यो इजरायल र विश्वका लागि राम्रो दिन भएको टिप्पणी गरेको छ । अमेरिकाले यसलाई युद्धविराम ...

भारतबाट दुई लाख मेट्रिकटन गहुँ आयात गरिने

काठमाडौँ । नेपाली बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट दुई लाख मेट्रिकटन गहुँ आयात गर्ने भएको छ । बजारमा गहुँको अभाव हुने देखिएपछि केहीमात्रामा मू...

फोहोर व्यवस्थापनमा लापरबाही गर्ने बुद्धमाई अस्पताललाई एक लाख रुपैयाँ जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै एक लाख रुपैयाँ जरिवाना गरेको छ । उक्त अस्पतालमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy