Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

विपक्षी नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलायो, कडा कदम चाल्ने तयारी

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठन गर्न आह्वान गरे संगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टीको आकस्मिक बैठक बोलाएको छ । 

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बिहान ९ बजे आकस्मिक पदाधिकारी बैठक बस्न लागेको हो। यो बैठकमा पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ।

बिहीबार राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन गर्ने प्रयोजनका लागि समय दिएपछि विकसित राजनीति र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको देउवाका स्वकीय सचिव भानु देउवाले बताएका छन् । 

प्रधानमन्त्रीले विश्वासको मत नलिई वा राजीनामा नदिई संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकारको आह्वान राष्ट्रपतिबाट भएकोमा कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्री ओलीको उक्त कदमको विरोध जनाउँदै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा नयाँ सरकार गठन गर्न २४ घण्टाको पनि समय नदिइ संविधानलाई मास्ने षड्यन्त्र भएको आरोप लगाएका छन् ।

‘नयाँ सरकार गठन गर्न राष्ट्रपतिले समान्य तया तीन दिनको समय दिने प्रचलन रहेको छ,’ उनले भने, ‘प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा २४ घण्टाको पनि समय नदिइ विधि प्रकृया मिचेर संविधानलाई मास्ने षड्यन्त्र भएको छ । ७० वार्षदेखि लडेर ल्याएको व्यवस्था जोगाउन संवैधानिक, राजनीतिकरुपमा विरोधमा उत्रिन सबैलाई आग्रह गर्दछु ।’ 

कांग्रेसका युवा नेता एवं पूर्वस्वस्थ्यमन्त्री गगन कुमार थापाले राष्ट्रपतिले राष्ट्र र संविधानमाथि गम्भिर अपराध गरेकोले उनिमाथि महाअभियोग लगाउनु पर्ने बताएका छन् । ‘राष्ट्रपतिको कदम क्षम्य छैन,’ उनले भने, ‘उनले राष्ट्र र संविधानमाथि गम्भिर अपराध गरिकी छिन् । त्यसैले उनीमाथि महाअभियोग लगाई घर पठाउनु पर्छ ।’


प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले बारम्बार संविधान, विधि र प्रकृया मिच्न थालेपछि आक्रोसित भएको विपक्षी कांग्रेस आजको बैठकमा मुलुकको विकसित राजनीतिक घटनाक्रममाथि गम्भिर समिक्षा गरी सरकार विरुद्ध कडा कदम चाल्ने तयारी भइरहेको नेताहरुले बताएका छन् ।

कांग्रेसले राष्ट्रपतिविरूद्ध महाअभियोग, प्रधानमन्त्रीलाई अविश्वास प्रस्ताव, दलहरूको सहकार्यमा नयाँ सरकार गठनलगायतका विषय केन्द्रमा राखेर आज नेताहरूसँग छलफल गर्न लागेको देउवानिकट एक केन्द्रीय सदस्यले बताएका छन् । उनका अनुसार दलहरुसंग छलफल गरेर प्रधानमन्त्री विरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गर्ने वा अन्य कुनै विकल्पको खोजि गर्ने भन्नेबारे कांग्रेसले गम्भिर छलफल गरेर एउटा निष्कर्षमा पुग्ने छ । 


 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending