काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई थाहै नदिइ आफ्ना पक्षका सांसदहरुको बैठक बोलाएका छन् ।
अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षको संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारमा ठाकुर–महतो पक्षको बैठक बसेको हो। बैठकमा उपेन्द्र–बाबुराम पक्षलाई बोलाएको छैन ।
यस अघि अध्यक्ष द्वय ठाकुर र यादवबीच भएको सहमति विपरित गुटको भेला बोलाएको भन्दै यादव–भट्टराई पक्षले असन्तुष्टि जनाएको छ । यादव पक्षका नेता मोहम्मद इस्तिहाक राईले ठाकुर पक्षले बोलाएको सांसदहरुको बैठकबारे आफुलाई थाहा नभएको जवाफ दिएका छन् । ‘उहाँहरुले बोलाएको बैठक पार्टीको आधिकारीक बैठक होइन,’उनले भने, सहमतिको मसी सुक्न नपाउँदै गुटको भेला गर्नु पार्टी हितविपरित काम हो । त्यसले कसैलाई पनि फाइदा गर्दैन । गुटको निर्णय पार्टीलाई मान्य हुँदैन ।’
यसअघि जेठ तीन गते पार्टी अध्यक्ष द्वय यादव र ठाकुरबीच सके आफ्नै नेतृत्वमा सरकार गठन गर्ने नसके संयुक्त सरकार गठन गर्नुपर्ने निर्णय गरेको थियो । तत्काल सत्ता समिकरणमा नलाग्ने भन्दै प्रतिपक्षमा बस्ने दुई नेताबीच सहमति भएको थियो ।
बिहीबार प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत नलिइ संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठन गर्ने निर्णय गरेपछि अध्यक्ष ठाकुर र महतो प्रधानमन्त्री निवास बालुवाटरमा गएर ओलीलाई भेटेका थिए । मधेशी दलले उठाएको मुद्दाको बारेमा अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति गरेका थिए ।
ठाकुर र महतो पक्षबाहेकका सांसदहरुलाई भने बैठकको खबर गरिएको छैन । उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षका एक नेताले आफूहरुलाई बैठकबारे जानकारी नभएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: