काठमाडौं । प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई लिएर आन्तरिक छलफलमा जुटेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ ।
सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको पदाधिकारी बैठकले संविधान र लोकतन्त्रमाथि सरकारले बारम्बार आक्रमण गरेको निष्कर्ष निकाल्दै संविधान र लोकतन्त्रको रक्षाको लागि अन्य दलहरुसंग छलफल गरी आवश्यक रणनीति तय गर्नुपर्ने ठहर गरेको हो ।
मध्यान्ह १२ बजेलाई तय गरिएको बैठकमा माओवादी केन्द्र, जसपा उपेन्द्र समूह र एमाले माधव समूहलाई बोलाईएको देउवाका सहयोगी भानु देउवाले बताए ।
यस्तै राष्ट्रपतिको कदमबारे छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बूढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् । यस्तै एमाले बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल समेत देउवा निवास पुगिसकेका छन् । अन्य नेताहरु आउने क्रम जारी रहेको देउवाले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्मका लागि समयसीमा तोकी नयाँ सरकार गठन गर्न आह्वान गरेपछि प्रचण्ड र देउवाबीच आगामी रणनीति तय गर्न प्रचण्ड देउवा निवास पुगेको प्रचण्डका सचिवालयले जनाएको छ । प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ पनि देउवा निवास पुगेका छन् ।
बैठकमा कांग्रेस पदाधिकारीले गरेको निर्णयबारे प्रचण्डलाई जानकारी दिदै सर्वदलीय बैठकको एजेण्डा तय गरिनेछ । सरकारको असंवैधानिक कदम विरुद्ध विपक्षी दल एकजुट हुन आह्वान हुने एक नेताले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८१ - ०९:३३
काठमाडौं । नेपाल बार एसोशिएशनको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको मतगणनामा लोकतान्त्रिक–प्रगतिशील गठबन्धनको प्यानल नै विजयी भएको छ। म...
चैत्र २८ गते, २०८१ - ०९:२४
काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच आज छलफल हुने भएको छ। शिक्षा विधेयकका सम्बन्धमा छलफल गर्न भन्दै शिक्षा मन्त्रालयले बोलाएपछि नेपाल शिक्षक महासंघ ...
चैत्र २८ गते, २०८१ - ०९:१७
काठमाडौँ । यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भई उपचारका लागि अस्पताल पुगेका १२९ जनामध्ये पाँच जनाबाहेक सबै उपचारपछि घर ...
चैत्र २८ गते, २०८१ - ०९:११
डोटी । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको चट्याङ लागेर गए राति सायल गाउँपालिका–६ दल्लेख...
चैत्र २८ गते, २०८१ - ०८:४४
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सदस्य सम्मिलित २० सदस्यीय प्रतिनिधिमण्डल चीनको चोङकिङ ...
चैत्र २८ गते, २०८१ - ०८:२१
काठमाडौं । रोजगारीका लागि विदेशिएका नेपालीले पठाएको पैसा रेमिट्यान्सले फेरि कीर्तिमान बनाएको छ । चालु आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्समार्फत १० खर...
चैत्र २८ गते, २०८१ - ०८:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेमाथि राज्य संयन्त्रबाट निर्मम प्रतिशोध साधिएको निष्कर्ष निकालेको छ । बुधबार ब...
चैत्र २८ गते, २०८१ - ०८:०४
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...
चैत्र २८ गते, २०८१ - ०७:११
बझाङ । बझाङको केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। बिहीबार साँझ भएको वर्षापछि पहिरो ...
चैत्र २८ गते, २०८१ - ०७:०८
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनार...
प्रतिकृया लेख्नुहोस्: