Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

माधव नेपाल विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीका उम्मेदवार !

खबरडबली संवाददाता

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको विपक्षी दलका नेताहरुको बैठक सकिएको छ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराईसमेत देउवा निवास पुगेपछि छलफल सुरु भएको थियो।

बैठकमा कांग्रेस पदाधिकारी बैठकले यसअघि गरेको निर्णय बमोजिम प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेबारे छलफल भएको बुझिएको छ। यस्तै ओलीको विकल्पमा नयाँ सरकार बनाउने आधार तयार गर्ने अवस्थाबारेमा पनि छलफल भएको थियो।

ओलीले जसपाकै महन्थ ठाकुर पक्षको समर्थनमा फेरि सरकार बनाउने सम्भावना रहेको भन्दै उपेन्द्र–बाबुरामले नयाँ विकल्पमा छलफल गरेका छन्। देउवा निवास आउनुअघि आफूहरुले महन्थलाई प्रधानमन्त्रीका लागि तयार हुन भनेको उपेन्द्रले जानकारी दिएको बुझिएको छ। तर महन्थले भने उपेन्द्रको प्रस्ताव कांग्रेस माओवादीले स्वीकार गरे मात्र आफ्नो धारणा दिने बताएको जानकारी दिएका छन्।

यदि महन्थले प्रधानमन्त्री बन्न अस्वीकार गरे लोकतन्त्र र संविधानको रक्षाका लागि एमाले नेता माधवकुमार नेपाललाई अगाडि बढ्नसमेत आग्रह गर्ने तयारी भएको छ। महन्थको विकल्पमा माधवजी हुन सक्नुहुन्छ भन्दै उपेन्द्रले नै यस्तो प्रस्ताव राखेको स्रोतले जनाएको छ।

नेपालले आफूनिकटस्थ प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरुलाई ओलीविरोधी गठबन्धनमा प्रस्तुत गरिसकेका छन्। विश्वस्त स्रोतका अनुसार नेपाल समूहमा ४० भन्दा बढी सांसद पुगेका छन्। उनीहरुले नेपाललाई नै प्रधानमन्त्री बन्ने अवस्थामा साथ दिने भएका छन्। काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १६ सांसदका अलावा नेपाल समूहका ४० सांसदको हस्ताक्षर बनाएर अगाडि बढ्ने तयारी भएको छ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

नेपालबाट बाहिरियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरू गरेको मनसुन अब पूर्णर...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy