Ntc summer Offer
Khabar Dabali २९ चैत्र २०८१ शुक्रबार | 11th April, 2025 Fri
Investment bank

संंसद विघटन देशीविदेशी शक्तिको सेटिङमा संविधान खारेज गर्ने प्रपञ्च हो : बाबुराम भट्टराई 

खबरडबली संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भित्री–बाहिरी प्रतिगामी शक्तिको सेटिङमा राष्ट्रपति र प्रधानमन्त्रीले संसद विघटन गरेको आरोप लगाएका छन् ।

उनले सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च रहेको बताएका छन् ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम विपक्षी गठबन्धनले एक सय ४९ जनाको हस्ताक्षर सहित प्रधानमन्त्री नियुक्ति दावी राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकृत गरी  शुक्रबार राति संसद् भंग गरेर  कात्तिक २६ र मंसिर ३ का लागि चुनावके मिति घोषणा गरेकी थिइन् ।

सोही कदमप्रति शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत टिप्पणी गर्दै भट्टराईले यो मध्यावधि चुनाव नभएर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च रहेको बताएका हुन् ।

‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म !’ उनले ट्वीटरमा लेखेका छन् ‘यो कुनै मध्यावधि चुनाव होइन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो । एकजुट होऔं, प्रतिवाद गरौं !’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल बारमा कांग्रेस-एमाले गठबन्धनको प्यानलै विजयी, आज घोषणा गरिँदै

काठमाडौं । नेपाल बार एसोशिएशनको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको मतगणनामा लोकतान्त्रिक–प्रगतिशील गठबन्धनको प्यानल नै विजयी भएको छ।  म...

आन्दोलनरत शिक्षक सरकारसँग वार्ता गर्न तयार, अध्यक्ष सुवेदी भन्छन्- आफनो कुरा राखेर फर्किन्छौं

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच आज छलफल हुने भएको छ। शिक्षा विधेयकका सम्बन्धमा छलफल गर्न भन्दै शिक्षा मन्त्रालयले बोलाएपछि नेपाल शिक्षक महासंघ ...

तीनकुने घटना- १२५ घाइते उपचारपछि घर फर्के, पाँच जना अझै अस्पतालमै

काठमाडौँ । यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भई उपचारका लागि अस्पताल पुगेका १२९ जनामध्ये पाँच जनाबाहेक सबै उपचारपछि घर ...

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

डोटी । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको चट्याङ लागेर गए राति सायल गाउँपालिका–६ दल्लेख...

माओवादीका नेताहरु किन पुगे चीनको चोङकिङ ?

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सदस्य सम्मिलित २० सदस्यीय प्रतिनिधिमण्डल चीनको चोङकिङ ...

रेमिट्यान्समा कीर्तिमान, एक महिनामै भित्रियो डेढ खर्ब

काठमाडौं । रोजगारीका लागि विदेशिएका नेपालीले पठाएको पैसा रेमिट्यान्सले फेरि कीर्तिमान बनाएको छ । चालु आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्समार्फत १० खर...

रास्वपाको निष्कर्ष- रविमाथि राज्यको निर्मम प्रतिशोध, दुई दिन तीन रातको हिरासत बसाइ गैरकानुनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेमाथि राज्य संयन्त्रबाट निर्मम प्रतिशोध साधिएको निष्कर्ष निकालेको छ ।  बुधबार ब...

कति छ आज फलफूल र सागसब्जीको मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...

वर्षापछि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ । बझाङको केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।  बिहीबार साँझ भएको वर्षापछि पहिरो ...

अस्ट्रेलियन डलरको मूल्य घट्दा धेरैजसो विदेशी मुद्रा महँगिए

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनार...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy