कञ्चनपुर । कोरोनाको दोस्रो लहर शुरु हुनुअघि दिन नबिराएर कञ्चनपुरको महेन्द्रनगरस्थित कडर्डहल परिसरमा नियमित अभ्यासमा भेटिने कुस्ती खेलकी साग पदक विजेता शिवानी दुबेको लकडाउनपछि दैनिकी नै परिर्वतन भएको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाले सार्वजनिक स्थलमा खेलकुद गतिविधि बन्द भएसँगै शिवानी अहिले नियमित घरको बरण्डामा अभ्यासमा व्यस्त छिन् । ‘दौड हुँदैन अरु शारीरिक अभ्यास घरमै भइरहेको छ’, उने भने, ‘बुवा पनि खेलाडी भएकाले घरको छतमा नियमित अभ्यास गरिरहेकी छु ।’
सिँढी, बरण्डा र छतमा अभ्यास गरिरहेकी शिवानीले कोरोना नियन्त्रणमा आइसकेपछि कबर्डहलमा अभ्यास गर्ने पर्खाइमा रहेको बताइन । राष्ट्रियस्तरमा सात स्वर्ण र १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा रजत पदक विजेता शिवानीले तीन महिना भारतको हरियाणामा समेत प्रशिक्षण लिएर कोरोनाका कारण फर्किएको बताइन । ‘कोरोनाले भारतमा पनि लकडाउन भयो, फर्किएर घर आएँ’, उनले भनिन्, ‘भारतमा दुई वर्ष प्रशिक्षणका लागि सम्झौता भएको छ ।” शिवानीका बुबा राजु पनि कुस्तीका राष्ट्रिय खेलाडी हुनुहुन्छ । छोरीले घरमा प्रशिक्षण गरिरहेको भिडियोहरु उनले सामाजिक सञ्जालमा समेत पोष्ट गर्दै आएका छन् ।
बक्सिङ ओलम्पियन तथा प्रशिक्षक डम्बरदत्त भट्टले गाउँतर खेलाडीहरु आन्तरिक प्रशिक्षणमा रहेको बताइन । ‘घरमै रहेर पनि खेलाडीहरु ‘फिटनेस’का अभ्यासहरू गरिरहेका छन्’, उनले भने, ‘विषम परिस्थितिले खेलकुद क्षेत्र पनि निकै आक्रान्त बनेको छ ।’
उनले आम नागरिकलाई पनि प्रतिरोधात्मक शक्तिका लागि स्वास्थ्य सर्तकता अपनाएर घरमै व्यायाम गर्न सुझाव दिए । ‘घरमै बसेर पनि जो कोहीले व्यायाम गर्दा स्वास्थ्यका लागि लाभदायक नै हुन्छ’, उनले भने, ‘बीचको केही समय खेल गतिविधि सञ्चालनमा आए पनि दोस्रो लहर आएपछि पुनः स्थगन भए ।’
गत वर्ष पनि कोरोना शुरु हुँदा खेल क्षेत्र प्रभावित भएको बताउँदै जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले दोस्रो लहरमा पनि केन्द्रको निर्देशनअनुरूप सम्पूर्ण खेल गतिविधि बन्द गरिएको जानकारी दिए । ‘अहिले स्वास्थ्य सतर्कता अपनाएर आफू सुरक्षित रहने बेला हो’, कार्यालय प्रमुख भट्टले भने, ‘खेल गतिविधि नहुँदा खेलाडीहरु प्रभावित हुनु स्वाभाविक हो ।’
त्यसैगरी यहाँस्थित कबड्डी प्रशिक्षक विष्णुदत्त भट्टले खेलाडीहरु अहिलेसम्म सङ्क्रमित हुनबाट जोगिएको बताए । ‘यस्तो बेला बाहिर निस्कन गाह्रो छ’, उनले भने, ‘कबड्डीका खेलाडीहरु गाउँघरमै आन्तरिक व्यायाममा व्यस्त छन् ।’
कञ्चनपुरमा फुटबल, भलिबल, कराँते, कबड्डी, क्रिकेट, बक्सिङ, तेक्वान्दो, भारोत्तोलनलगायतका खेलको प्रशक्षिण हुने गर्छ । भारोत्तलनका राष्ट्रिय खेलाडी सुवास उपाध्यायले लकडाउनका कारण एक महिनादेखि प्रशिक्षण बन्द भएको बताए । ‘सामान्य व्यायामहरु घरमै भइरहेको छ’, उनले भने, ‘नियमित प्रशिक्षण नहुँदा निकै तनाव हुन्छ ।’ खेलाडीहरुले बन्द खुल्दा पुनः शुरुआतदेखि प्रशिक्षणमा होमिनुपर्ने अवस्था आउने उनको भनाइ थियो ।
यहाँका कुस्ती खेलाडी सुरेश चुनारा पनि घरमा सामान्य प्रकारका खेल गतिविधि गरेर दैनिकी काटिरहेको बताए । ‘घरबाहिर गएर यस्तो बेला प्रशिक्षण गर्नु भएन’, कुस्तीका अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी चुनाराले भने, ‘प्रशिक्षण नहुँदा खेल क्षेत्र नै पछि धकेलिने सम्भावना रहन्छ ।’ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसित आबद्ध रहेर कुस्ती खेल्दै आएका चुनारा महेन्द्रनगरमा डेरा गरी बस्दै आएका छन् । गत वर्ष कोरोना शुरु भएयता प्रशिक्षणले राम्ररी उचाइ लिन नसकेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: