Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

लकडाउनको प्रत्यक्ष मारमा  खेलाडी : बरण्डामा व्यायाम गर्दै शिवानी

रासस

कञ्चनपुर । कोरोनाको दोस्रो लहर शुरु हुनुअघि दिन नबिराएर कञ्चनपुरको महेन्द्रनगरस्थित कडर्डहल परिसरमा नियमित अभ्यासमा भेटिने कुस्ती खेलकी साग पदक विजेता  शिवानी दुबेको लकडाउनपछि दैनिकी नै परिर्वतन भएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाले सार्वजनिक स्थलमा खेलकुद गतिविधि बन्द भएसँगै शिवानी अहिले नियमित घरको बरण्डामा अभ्यासमा व्यस्त छिन् । ‘दौड हुँदैन अरु शारीरिक अभ्यास घरमै भइरहेको छ’, उने भने, ‘बुवा पनि खेलाडी भएकाले घरको छतमा नियमित अभ्यास गरिरहेकी छु ।’

सिँढी, बरण्डा र छतमा अभ्यास गरिरहेकी शिवानीले कोरोना नियन्त्रणमा आइसकेपछि कबर्डहलमा अभ्यास गर्ने पर्खाइमा रहेको बताइन । राष्ट्रियस्तरमा सात स्वर्ण र १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा रजत पदक विजेता शिवानीले तीन महिना भारतको हरियाणामा समेत प्रशिक्षण लिएर कोरोनाका कारण फर्किएको बताइन । ‘कोरोनाले भारतमा पनि लकडाउन भयो, फर्किएर घर आएँ’, उनले भनिन्, ‘भारतमा दुई वर्ष प्रशिक्षणका लागि सम्झौता भएको छ ।” शिवानीका बुबा राजु पनि कुस्तीका राष्ट्रिय खेलाडी हुनुहुन्छ । छोरीले घरमा प्रशिक्षण गरिरहेको भिडियोहरु उनले सामाजिक सञ्जालमा समेत पोष्ट गर्दै आएका छन् । 

बक्सिङ ओलम्पियन तथा प्रशिक्षक डम्बरदत्त भट्टले गाउँतर खेलाडीहरु आन्तरिक प्रशिक्षणमा रहेको बताइन । ‘घरमै रहेर पनि खेलाडीहरु ‘फिटनेस’का अभ्यासहरू गरिरहेका छन्’, उनले भने, ‘विषम परिस्थितिले खेलकुद क्षेत्र पनि निकै आक्रान्त बनेको छ ।’

उनले आम नागरिकलाई पनि प्रतिरोधात्मक शक्तिका लागि स्वास्थ्य सर्तकता अपनाएर घरमै व्यायाम गर्न सुझाव दिए । ‘घरमै बसेर पनि जो कोहीले व्यायाम गर्दा स्वास्थ्यका लागि लाभदायक नै हुन्छ’, उनले भने, ‘बीचको केही समय खेल गतिविधि सञ्चालनमा आए पनि दोस्रो लहर आएपछि पुनः स्थगन भए ।’

गत वर्ष पनि कोरोना शुरु हुँदा खेल क्षेत्र प्रभावित भएको बताउँदै जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले दोस्रो लहरमा पनि केन्द्रको निर्देशनअनुरूप सम्पूर्ण खेल गतिविधि बन्द गरिएको जानकारी दिए । ‘अहिले स्वास्थ्य सतर्कता अपनाएर आफू सुरक्षित रहने बेला हो’, कार्यालय प्रमुख भट्टले भने, ‘खेल गतिविधि नहुँदा खेलाडीहरु प्रभावित हुनु स्वाभाविक हो ।’

त्यसैगरी यहाँस्थित कबड्डी प्रशिक्षक विष्णुदत्त भट्टले खेलाडीहरु अहिलेसम्म सङ्क्रमित हुनबाट जोगिएको बताए । ‘यस्तो बेला बाहिर निस्कन गाह्रो छ’, उनले भने, ‘कबड्डीका खेलाडीहरु गाउँघरमै आन्तरिक व्यायाममा व्यस्त छन् ।’

कञ्चनपुरमा फुटबल, भलिबल, कराँते, कबड्डी, क्रिकेट, बक्सिङ, तेक्वान्दो, भारोत्तोलनलगायतका खेलको प्रशक्षिण हुने गर्छ । भारोत्तलनका राष्ट्रिय खेलाडी सुवास उपाध्यायले लकडाउनका कारण एक महिनादेखि प्रशिक्षण बन्द भएको बताए । ‘सामान्य व्यायामहरु घरमै भइरहेको छ’, उनले भने, ‘नियमित प्रशिक्षण नहुँदा निकै तनाव हुन्छ ।’ खेलाडीहरुले बन्द खुल्दा पुनः शुरुआतदेखि प्रशिक्षणमा होमिनुपर्ने अवस्था आउने उनको भनाइ थियो । 

यहाँका कुस्ती खेलाडी सुरेश चुनारा पनि घरमा सामान्य प्रकारका खेल गतिविधि गरेर दैनिकी काटिरहेको बताए । ‘घरबाहिर गएर यस्तो बेला प्रशिक्षण गर्नु भएन’, कुस्तीका अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी चुनाराले भने, ‘प्रशिक्षण नहुँदा खेल क्षेत्र नै पछि धकेलिने सम्भावना रहन्छ ।’ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसित आबद्ध रहेर कुस्ती खेल्दै आएका चुनारा महेन्द्रनगरमा डेरा गरी बस्दै आएका छन् । गत वर्ष कोरोना शुरु भएयता प्रशिक्षणले राम्ररी उचाइ लिन नसकेको उनको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending