Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश माग दावी सहित आज विपक्षी दलहरुले सर्वोच्चमा रिट दायर गर्दै

खबरडबली संवाददाता

काठमाडौं । विपक्षी गठबन्धन दलका नेताहरुले नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश माग गर्दै आज सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएका छन् ।  

आइतबार दिउँसो सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा कानून व्यवसायीहरूसँग छलफल गरेपछि विपक्षी दलहरू अदालतमा आइतबार नै रिट दर्ता गर्ने तयारी गरिएको भएपनि समय अभावको कारण देखाउँदै सोमबारलाई सारेका हुन् । तयार रिटमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गरिएको छ । 

विपक्षी दलका नेताहरुले विघटित प्रतिनिधि सभाका बहुमत सदस्यहरुले हस्ताक्षर गरेको दावी गरेका छन् । अहिलेसम्म कतिजनाले हस्ताक्षर गरेको नखुलाइएपनि  १४९ भन्दा बढी सांसदहरुले हस्ताक्षर गरेका नेताहरुले दावी गरेका छन् । आइतबार कांग्रेस संसदीय दलको कार्यलयमा रिटको मस्यौदा  तयार भएको थियो । मस्यौदा तयार गर्न कांग्रेस नेता रमेश लेखक, राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारी, माओवादी नेता देव गुरूङ र जसपा अध्यक्ष उपेन्द्र यादवले सहयोग गरेका थिए । 

 शुक्रबार संविधानको धारा ७६ उपधारा ५ बमोजिम १४९ सांसदको हस्ताक्षर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई बुझाइसकिएको थियो। तर, देउवाको दावीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गर्दै मध्यरातमा संसद विघटन गरी मध्यवाधि निर्वाचन घोषणा गरेकी थिइन् । 
 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending