काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराभ भट्टराईले मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाबीच भेटघाट हुनु लोकतन्त्रको लागि शुभ संकेत नभएको टिप्पणी गरेका छन् ।
सोमबार राति प्रधानमन्त्री ओलीले प्रधानन्याधीश राणालाई आफ्नो निवासमा बोलाएर गोप्य भेटघाट गरेको समाचार आएपछि त्यसबारे मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत मुख खोलेका हुन् ।
‘प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार हल्ला लोकतन्त्रकालागि शुभसंकेत हैनन्’, उनले भने, ‘खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो, त्यो नियम नजीर बन्न सक्दैन।’
भट्टराईले राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान र लोकतन्त्र मास्ने खेल पूरा नहोस् भन्दै चिन्ता व्यक्त गरेका छन् ।
विपक्षी गठबन्धनका नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीले लोकतन्त्र र संविधानमाथि निर्मम प्रहार गरी व्यवस्थै मास्न लागेको ठहर गर्दै सरकार विरुद्ध संसद पुर्नस्थापनाको माग राख्दै सोमबार १४६ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सर्वोच्च अदालतमा विघटित संसदका बहुमत सांसदले संसद विघटन विरुद्ध मुद्दा दायर गरेकै दिन प्रधानमन्त्री ओलीले आफैले गाडी पठाएर प्रधानन्यायधीशसंग एक घण्टा गोप्य भेटघाट गरेको तथ्य एक सञ्चारमाध्यमले खुलासा गरेपछि राष्ट्रिय राजनीतिमा खैलाबैला मञ्चिएको छ ।
सञ्चार माध्यमले जनाए अनुसार सोमबार राति १० बजे प्रधानमन्त्री ओलीले राणालाई लिन गाडी पठाएको उल्लेख छ । त्यसपछि राणा प्रधानमन्त्री निवासको ३ नं. गेटबाट भित्र प्रवेश गरेको भनिएको छ ।
त्यहाँ ओली र राणाबीच सवा घण्टा गोप्य भेटघाट भएको खुलासा गरिएको छ । तर, अहिलेसम्म त्यस भेटबारे प्रधानमन्त्री र प्रधानन्यायधीको सचिवालयले कुनै प्रतिक्रिया दिएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: