काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराभ भट्टराईले मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाबीच भेटघाट हुनु लोकतन्त्रको लागि शुभ संकेत नभएको टिप्पणी गरेका छन् ।
सोमबार राति प्रधानमन्त्री ओलीले प्रधानन्याधीश राणालाई आफ्नो निवासमा बोलाएर गोप्य भेटघाट गरेको समाचार आएपछि त्यसबारे मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत मुख खोलेका हुन् ।
‘प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार हल्ला लोकतन्त्रकालागि शुभसंकेत हैनन्’, उनले भने, ‘खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो, त्यो नियम नजीर बन्न सक्दैन।’
भट्टराईले राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान र लोकतन्त्र मास्ने खेल पूरा नहोस् भन्दै चिन्ता व्यक्त गरेका छन् ।
विपक्षी गठबन्धनका नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीले लोकतन्त्र र संविधानमाथि निर्मम प्रहार गरी व्यवस्थै मास्न लागेको ठहर गर्दै सरकार विरुद्ध संसद पुर्नस्थापनाको माग राख्दै सोमबार १४६ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सर्वोच्च अदालतमा विघटित संसदका बहुमत सांसदले संसद विघटन विरुद्ध मुद्दा दायर गरेकै दिन प्रधानमन्त्री ओलीले आफैले गाडी पठाएर प्रधानन्यायधीशसंग एक घण्टा गोप्य भेटघाट गरेको तथ्य एक सञ्चारमाध्यमले खुलासा गरेपछि राष्ट्रिय राजनीतिमा खैलाबैला मञ्चिएको छ ।
सञ्चार माध्यमले जनाए अनुसार सोमबार राति १० बजे प्रधानमन्त्री ओलीले राणालाई लिन गाडी पठाएको उल्लेख छ । त्यसपछि राणा प्रधानमन्त्री निवासको ३ नं. गेटबाट भित्र प्रवेश गरेको भनिएको छ ।
त्यहाँ ओली र राणाबीच सवा घण्टा गोप्य भेटघाट भएको खुलासा गरिएको छ । तर, अहिलेसम्म त्यस भेटबारे प्रधानमन्त्री र प्रधानन्यायधीको सचिवालयले कुनै प्रतिक्रिया दिएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - ०८:४३
चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...
फाल्गुन २२ गते, २०८२ - ०८:४१
काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...
फाल्गुन २२ गते, २०८२ - ०८:३७
काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...
फाल्गुन २२ गते, २०८२ - ०८:३४
काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...
फाल्गुन २२ गते, २०८२ - ०८:२८
काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...
फाल्गुन २२ गते, २०८२ - ०८:१२
कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...
फाल्गुन २२ गते, २०८२ - ०८:१०
दमौली । तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...
फाल्गुन २२ गते, २०८२ - ०८:०७
रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...
फाल्गुन २२ गते, २०८२ - ०८:०४
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्। झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...
फाल्गुन २२ गते, २०८२ - ०७:४५
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...



प्रतिकृया लेख्नुहोस्: