काठमाडौं । ‘चक्रवात यास’का कारण आज अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुनेछ । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएको हो ।
यो चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत भएको र बुधबारसम्ममा थप शक्तिशाली हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ ।
‘चक्रवात यास’ उत्तरउत्तरपश्चिम दिशातर्फ जाने अनुमान रहेको छ । चक्रवातको असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना छ ।
मौसम बदली भई आज अपराह्नपछि बागमती र प्रदेश नं १ का उच्च हिमाली÷पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको छ । तसर्थ उच्च हिमाली भूभागमा हावाहुरीसमेत हुनसक्ने सम्भावना रहेकाले केही दिनसम्मका लागि पर्वतारोहीलाई मौसमअनुसार सतर्कता अपनाई सुरक्षित रहन महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै बुधबारदेखि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने महाशाखाको बुलेटिनमा जनाइएको छ । बिहीबार कर्णाली र सुदुरपश्चिम प्रदेशको एक–दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यो सिजनमा मेघगर्जन÷चट्याङ÷हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकाले सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - ०९:११
काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...
माघ १७ गते, २०८२ - ०९:०९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्। सहिद दिवसका अव...
माघ १७ गते, २०८२ - ०९:०१
गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । ...
माघ १७ गते, २०८२ - ०८:१८
काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...
माघ १७ गते, २०८२ - ०८:०३
काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...
माघ १७ गते, २०८२ - ०७:५५
काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...
माघ १७ गते, २०८२ - ०७:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...
माघ १७ गते, २०८२ - ०७:४७
काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...
माघ १७ गते, २०८२ - ०७:२०
म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...
माघ १७ गते, २०८२ - ०७:१२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...



प्रतिकृया लेख्नुहोस्: