Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

पिसिआर परीक्षण प्रयोगशाला निर्माणका लागि १२ लाख सङ्कलन

रासस

तनहुँ । व्यासनगरपालिकाले वडा नं. १० दुम्सीबजारस्थित आधारभूत स्वास्थ्य केन्द्र भवनलाई पिसिआर परीक्षण प्रयोगशाला बनाउनका लागि रु १२ लाख पचास हजार सङ्कलन भएको जनाएको छ । 

पिसिआर परीक्षण प्रयोगशालाका लागि अस्थायी संरचना निर्माण गर्नुपर्ने भएकाले व्यासका केही जनप्रतिनिधिले एक महिना बराबरको सुविधा रकम सहयोग गर्दा उक्त रकम स¬ङ्कलन भएको हो ।

करिब एक महिनाभित्र सेवा प्रदान गर्ने गरी छिट्टै बोलपत्र आह्वान गर्ने योजना रहेको व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। 

एक हप्ताको बोलपत्र आह्वानपश्चात् भौतिक संरचना निर्माण अघि बढाइने छ । उनले भने, ‘गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित जिल्लाका निवर्तमान सांसदबाट समेत आर्थिक सहयोगका लागि आश्वसन पाएका छौँ ।’

उक्त अभियानमा नगरपालिका मातहतका चौधवटै वडाका जनप्रतिनिधिलाई एक महिना बराबरको सुविधा सहयोग गर्न अनुरोध गरिएको छ ।

 जिल्लामा पिसिआर परीक्षण प्रयोगशाला नहुँदा गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाउँदा रिपोर्ट आउन एक हप्ताभन्दा बढी समय लाग्ने भएपछि छिटो सेवा दिन जिल्लामै पिसिआर परीक्षणको व्यवस्था गर्न लागिएको हो ।

केही दिनअघि नपा कार्यालयमा बसेको अन्तरपालिका बैठकले समेत जिल्लामै पिसिआर परीक्षणका लागि प्रयोगशाला स्थापना गर्नुपर्ने निर्णय गरेको थियो । 

व्यास–४ स्थित सिर्जनशील दिदीबहिनी समूहले प्रयोगशाला निर्माणका लागि रु ५० हजार पाँच सहयोग गरेको छ । प्रयोगशाला निर्माणका लागि सम्पूर्ण कर्मचारी, शिक्षक एवं अन्य सरकारी तथा गैरसरकारी सङ्घसंस्था, बैंक तथा वित्तीय संस्थालगायत उद्योगी व्यवसायीलाई सहयोगका लागि अनुरोध गरिएको नपाले जनाएको छ ।

उक्त आधारभूत स्वास्थ्य केन्द्र परिसरमा रहेको करिब १० रोपनी सार्वजनिक जग्गा प्रयोगमा ल्याई अस्थायी संरचना निर्माण गर्ने योजना रहेको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । उक्त स्थानमा कम्तीमा ५० शय्याको आइसोलेशनलगायतका संरचना निर्माण  गरिनेछ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending