Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक बस्दै, के होला माओवादी नेतृत्व सरकारको भविष्य ?

खबरडबली संवाददाता

धनगढी । नेकपा एमालेले सोमबार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्ट नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको छ । 

सुदूरपश्चि प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका छन् ।

आजको बैठकमा केन्द्रीयस्तरमा पार्टीले गरेको निर्णयको विषयमा छलफल केन्द्रित हुने एक नेताले बताएका छन् । पार्टी एकताको समयमा माओवादी नेतृत्वमा परेको सुदूरपश्चि प्रदेशमा त्रिलोचन भट्ट मुख्यमन्त्री रहेका छन् । एमालेबाट संसदीय दलका नेता शाहको नेतृत्वमा तीन जना मन्त्री सहभागि रहेका छन् । 

मावध समूहको बाहुल्यता रहेको सो संसदीय दलमा पार्टीको निर्देशन अनुसार सरकारबाट फिर्ता हुन्छ वा हुँदैन भन्नेमा सबैको चासो रहेको छ । किनकी सोमबार मात्रै पार्टीको स्थायी कमिटी बैठकले माधव नेपाल सहित ११ जनालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ भने १२ जनालाई स्पष्टिकरण सोधिएको छ ।

यद्यपी आजको बैठकले सरकारबाट फिर्ता हुने निर्णय गर्यो भने मुख्यमन्त्री भट्ट अल्पमतमा पर्ने छन् । उनी पदमा रहिरहनको लागि ३० दिनभित्र संसदबाट बहुमत सिद्ध गर्नुपर्ने छ । 

५२ सदस्य प्रदेश सभा रहेकोमा एमालेबाट २५, माओवादी केन्द्र १३, नेपाली कांग्रेस १२ र जसपाबाट २ जना सदस्य रहेका छन् । यदि एमाले सरकारबाट फिर्ता हुने निर्णय गरेमा भट्टलाई विश्वासको मत लिन कांग्रेस र जसपाको मत अनिवार्य लिनुपर्छ ।

 एमालेलाई कांग्रेस वा जसपा मध्ये एकको साथ भए पुग्छ । तर, केन्द्रमा पार्टी विभाज भएकोले त्यसको असर प्रदेशमा कस्तो पर्छ हेर्न बाँकी छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending