Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

परीक्षाको अन्योल र सङ्क्रमणको त्रासमा एसइर्ई र कक्षा १२ का विद्यार्थी

रमेश गिरी

भक्तपुर । कोभिड–१९ सङ्क्रमणको महामारीले स्थगित नभएको भए आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) शुरु हुन्थ्योे । देशव्यापी रुपमा कोरोना महामारीको दोश्रो लहर फैलिएसँगै जारी भएको निषेधाज्ञा र भाइरसको प्रकोप बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख २७ गते अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेसँगै परीक्षाको अन्योल छाएको छ । परीक्षाको अन्योल र महामारीको प्रकोपका कारण एसइई परीक्षाका लागि तयारी गरेका विद्यार्थीहरुमा मानसिक असर पर्न सक्ने त्रास पनि बढेको छ । 

एकातिर अब परीक्षा कहिले हुन्छ भनेर चिन्ता र अर्कोतर्फ कोरोना सङ्क्रमणबाट कसरी बच्ने भन्ने चिन्ताले परीक्षाको तयारीमा रहेका विद्यार्थी तनाबबाट गुज्रनु परेको बताउछिन् मध्यपुर थिमि नगरपालिका–४ राधेरोधेकी एलिशा श्रेष्ठ । एसइईको भन्दा कोरोना भाइरसको त्रास बढी रहेको उनको भनाई छ । परीक्षाको तयारी गर्दै नियमित अनलाइन कक्षामा बस्दै अएकी उनलाई अब परीक्षा कहिले होला, कसरी होला भन्ने चिन्ता त छदैछ, त्यसमाथि कोरोना सङ्क्रमणबाट कसरी बच्ने भन्ने चिन्ता लागिरहेको बताउँछिन् ।  

आफ्नै छिमेकीमा रहेकी अस्मिता थापालाई कोरोना सङ्कंमणले गाह्रो पारेपछि एलिसालाई समेत मनोबैज्ञानिक असर परेको छ । एउटै विद्यालयमा अध्ययनरत साथीलाई केहीदिन अगाडि कोरोना सङ्क्रमणले उनको अनलाइन कक्षा त छुट्यो र निकै सास्ती भएको उनलाई थाहा छ । 

अस्मिता भन्छिन्, ‘कोरोनासङ्क्रमण भइहाल्यो, पढाई पनि छुट्यो, मलाई निकै कमजोर बनाएको छ, यहीबीचमा परीक्षा भयो भने कसरी दिने भन्ने चिन्ता धेरै छ, हामीले खोप पनि पाएका छैनौँ, खोइ कसरी बाच्ने र परीक्षा दिने जस्तो भयो ।’ बाबुलाई सङ्क्रमण पुष्टि भएको दुई दिनपछि ज्वरो आएको उनलाई पनि भाइरसले आक्रमण गर्यो । 

यतिखेर विद्यालयका प्रिन्सिपल, शिक्षक, शिक्षिकादेखि परीक्षाको तयारीमा रहेका धेरै विद्यार्थीहरुलाई कोरोना सङ्क्रमण भएको प्याब्सनको भनाइ छ । भक्तपुरमा मात्रै ९२ प्याब्सनसँग आवद्ध भएका शिक्षक, कर्मचारीलाई सङ्क्रमणभएको बताउँछन् प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्र अधिकारी । 

देशको यो विषम परिस्थितिमा कसरी परीक्षा हुन्छ भन्ने चिन्ता आम विद्यार्थीमा रहेको र अनलाइन परीक्षा लिदा पनि अगाडि नै प्रश्नपत्र बाहिरिने खतरा रहेको उहाँ बताउनुहुन्छ । प्याब्सन अध्यक्ष एवं भक्तपुर निष्टका प्रिन्सिपल अधिकारीले परीक्षा कसरी हुन्छ भनेर अभिभवाक र विद्यार्थीले चिन्ता व्यक्त गरिरहेको बताउनुहुन्छ । 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अहिलेको अवस्थामा विद्यार्थीहरु भौतिक रुपमा उपस्थित भएर परीक्षा सञ्चालन गर्ने अबस्था नभएको बताउनुहुन्छ । विद्यार्थीको स्वास्थ्यभन्दा परीक्षा ठूला नभएको भन्दै उहाँले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै यही महिनामा एसइई र कक्षा १२ को परीक्षाको बारेमा उपयुक्त बिकल्पसहित निर्णय हुने उनले बताए । 

यसवर्ष एसइई परीक्षाको तयारीमा रहेका धेरै विद्यार्थी आफै कोरोना सङ्क्रमित रहेको र यो क्रम अझै बढ्ने अबस्थामा अनलाइन परीक्षामा पनि धेरै विद्यार्थी सहभागी हुन नसक्ने अभिभावकहरुको धारणा छ । कतिपय विद्यार्थीले मोवाइलबाट अनलाइन कक्षा लिएका छन् । सबै विद्यार्थीसँग इन्टरनेट, कम्प्युटर र ल्यापटपको पहुँच छैन, मोवाइलबाट अनलाइन परीक्षा दिन सकिन्न । त्यसैले अनलाइन परीक्षाको प्रभाव नरहने अभिभावकको भनाइ छ ।

अभिभावक संघ नेपालका केन्द्रीय अध्यक्ष केशव पुरीले परीक्षामुखी शिक्षालाई जोड दिनु गलत भन्दै विद्यार्थीको भौतिक उपस्थिति र अनलाइन परीक्षा यतिखेर दुबै उपयुक्त छैन भन्नुहुन्छ । यसवर्ष कोरोना सङ्क्रमण जटिल रहेको र धेरै विद्यार्थी तथा अभिभावक सङ्क्रमित रहेकाले गतवर्ष जस्तै विद्यालयको आन्तरिक मूल्याङ्कन बिधिमै यसवर्ष पनि जानुपर्ने उनको धारणा छ । 

विद्यालयले सञ्चालन गर्ने कक्षा नौ सम्मको परीक्षालाई सरकारले विश्वास गर्ने अनि कक्षा १० को पढाई र मूल्याङ्नलाई किन विश्वास नगर्ने भन्दै उहाँले स्वदेश मै उच्चशिक्षा अध्ययन गर्ने र कतिपय विदेश जाने भएकाले कक्षा १२ को परीक्षालाई भने फरक बिधि अपनाउन सकिने बताए । 

‘यसवर्ष धेरै विद्यार्थी सङ्क्रमित भएका छन्, यो क्रम बढ्दै छ, अनलाइन परीक्षाका लागि देशभरका सबै विद्यार्थीको पहुँच पुग्दैन भरपर्दो पनि छैन’, संघका अध्यक्ष पुरी भन्छन्, ‘त्यसैले कक्षा १० माआन्तरिक मूल्याङ्कन गर्ने र कक्षा १२ को हकमा भने अनलाइन परीक्षा प्रणाली उपयुक्त हुन्छ ।’ अभिभावकका लागि सन्तानको स्वास्थ्यभन्दा ठूलो परीक्षा हुन नसक्ने भन्दै कडाईका साथ बिधि बनाएर यसवर्ष पनि विद्यालयलाई जिम्मा दिनुपर्ने उनले भनाइ छ ।

प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमालले कोरोनाले अभिभावकदेखि परीक्षाको तयारीमा रहेका विद्यार्थीमा निकै त्रास बढेको बताउँछन् । उनले विद्यार्थीहरुले परीक्षा अगाडि पढिरहेको र परीक्षा पछाडि शव बोकेको जस्ता तस्बिर र त्रसित भनाइहरु सामाजिक सञ्जालमा राख्ने गरिएको भन्दै अभिभावक र विद्यार्थीमा भाइरस सङ्क्रमण बढ्दा जटिल अबस्था आएको बताउनु हुन्छ । गतवर्ष जस्तो पूर्ण रुपमा विद्यालयलाई जिम्मा दिन नहुने भन्दै उनले हचुवाको भरमा मूल्याङ्कन गर्ने गरी जान नहुने । निश्चित बिधि बनाएरु जानुपर्ने प्याब्सनको धारणा रहेको बताए ।

प्याब्सनसँगको छलफलमा यस वर्षको परीक्षामा सरकारले चारवटा बिधिमा परीक्षा सञ्चालन गर्ने बारेमा छलफल गरेको बताउदै सिद्धार्थ विद्यापीठकी प्रिन्सिपल एवं प्याब्सन उपाध्यक्ष थापा भन्छन्, ‘एउटा गतवर्षको जस्तो आन्तरिक मूल्याङ्कन गर्ने, दोश्रो विद्यार्थीलाई प्रश्नपत्र दिएर अनलाइनबाट परीक्षा दिलाउने, तेश्रो आफैँ परीक्षा गराउने र चौथो भारतमा जस्तै परीक्षा नै नगरी कक्षा १० माआन्तरिक मूल्याङ्न गर्ने र कक्षा ११ को भर्ना लिदा प्रवेश परीक्षालाई कडाई पार्दै ती विद्यार्थीले कक्षा १२ को परीक्षा दिदा कडाई गर्ने भन्ने बारेमा प्याब्सन र शिक्षा मन्त्रालयको टोलीसँग चारवटा ‘मोडालिटी’मा छलफल भएको छ ।’

एसइईको हकको निर्णयमा ढिलाइ गर्न नहुने बताउदै आन्तरिक मूल्याङ्कन बिधि गतवर्षको जस्तो नभइ सुधारिनुपर्ने उहाँको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख २७ गते एसइई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने अध्ययन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा गठन गरेको कार्यदलले आज आफ्नो प्रतिवेदन बोर्डलाई बुझाउने भएको छ । 

कार्यदलका संयोजक अर्यालले कक्षा ८ को परीक्षा आन्तरिक मूल्याङ्कन गर्ने निर्णय गरे पनि कक्षा १० र १२ को बारेमा कार्यदलले तयार पारेको प्रतिवेदन बोर्डलाई बुझाउने तयारी गरेको बताए ।    उनले भने, ‘कार्यदलले बिभिन्ने सरोकार भएका निकायहरुसँग समेत छलफल गरेर बिभिन्न मोडालिटीसहित प्रतिवेदन तयार पारेको छ, यो आज बोर्डलाई बुझाउँछौ, त्यो बोर्डको सम्पत्ति हो, कहिले, कसरी परीक्षा गर्ने भन्ने अन्तिम निर्णय बोर्डको हुन्छ ।’

गत वर्ष एसइई परीक्षा सञ्चालनको अन्तिम समयमा सरकारले परीक्षा स्थगित गरेर पछि आन्तरिक मूल्याङ्कन गर्ने निर्णय गरेको थियो । यसवर्ष भने कसरी गर्ने भन्ने बारेमा बोर्डलाई जिम्मेवारी दिएको छ । कार्यदलले आज बुझाउने भनिएको प्रतिवेदन अन्तिम नभई ड्राफ्ट मात्रै भएको बताउँछन् परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल । उनका अनुसार प्रतिवेदन बुझेपछि त्यसलाई अध्ययनका लागि बोर्ड सदस्यहरुलाई पठाउने र अहिलेको अबस्थामा परीक्षा सञ्चालन गर्न सम्भव हुने या नहुने, कसरी अगाडि बढ्ने भन्ने बारमो बोर्ड बैठकमा छलफल हुन्छ । 

‘गतवर्ष परीक्षा स्थगित भएपछि सरकारले नै निर्णय गरेको थियो, यसवर्ष बोर्डलाई दिएको छ, बोर्डले कार्यदलको मस्यौदाको अध्ययनपछि छलफल गरेर केही दिनमा अन्तिम निर्णय कार्यान्वयनमा लैजान्छ,’ अध्यक्ष पौडेलले भने, ‘त्यसअघि शिक्षा मन्त्रालयमा समन्वय गर्छौं, अन्तिम निर्णय हुनुअगाडि मन्त्रालय र मन्त्रिपरिषदसम्म पुग्यो भने पनि यो महिनासम्ममा सबै निर्णय हुन्छ ।’

यसवर्ष करिब पाँच लाख १७ हजार विद्यार्थी एसइईको तयारीमा छन् । परीक्षाका लागि प्रश्नपत्र छपाईसँगै देशभरका दुई हजार १९ परीक्षा केन्द्र निर्धारण भएको थियो । त्यस्तै जेठ २६ बाट हुने कक्षा १२ को परीक्षा स्थगितभएसँगै प्रश्नपत्र छपाइ भने रोकिएको छ । गतवर्ष कोरोना महामारीका कारण एसइईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्नका आधारमा बोर्डले नतिजा दिएको थियो भने कक्षा १२ माअनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । यो वर्ष इन्टरनेट सुविधा पुगेका निश्चित परीक्षा केन्द्रमा मात्रै प्रश्नपत्र पठाएर परीक्षा लिने तयारी बोर्डले गरेपनि स्थगित भएपछि कसरी जाने भन्नेबारेमा निर्णय भएको छैन ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन ३ मा सोविताको अग्रता, रेनुले कति मत पाइन् ?

चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...

भक्तपुर–२ मा राजीव खत्रीसँग पराकिलो मतान्तरले पछि परे महेश बस्नेत

काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...

कालीकोटमा नेकपा अगाडि, पछ्याउँदै एमाले

काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...

रुकुमपूर्वमा फराकिलो मतान्तरले प्रचण्डको अग्रता

काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...

काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डेले बढाए अग्रता, कुलमान पछ्याउँदै

काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...

कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराको अग्रता

कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...

तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता

दमौली ।  तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।  उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...

रसुवामा कांग्रेसको अग्रता, पछ्याउँदै घण्टी

रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...

धनुषा ३ मा रास्वपाका मनिष झाको फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्।  झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...

भक्तपुर १ मा पनि रास्वपाको अग्रता, फराकिलो मतले पछि परे सुवाल

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।  पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE