Life insurence
Khabar Dabali ६ आश्विन २०७८ बुधबार | 22nd September, 2021 Wed
Himalayan Golden detail page

स्वास्थ्यको बजेट १ खर्ब २२ अर्ब ७७ करोड

खबरडबली संवाददाता

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गरेका छन् ।

सरकारले आर्थिक वर्ष २०७८ र ७९ को बजेटमा स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले कोभिडविरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड छुटयाएको छ ।

त्यस्तै सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ ।

त्यस्तै सरकारले वृद्धभत्ता चार हजार पुर्याएको छ । द्धभत्ताका लागि एक खर्ब बजेट विनियोजन गरिएकाे छ । साथै दुई हजार रुपैयाँ बढाएर वृद्ध भत्ता चार हजार रुपैयाँ पुर्याइएको हो । सरकारले वृद्धभत्तामा ३३ प्रतिशत बजेट वृद्धि गरेको हो ।

त्यस्तै सरकारले अक्सिजन उद्योग स्थापना गर्न चाहिने उपकरण आयातमा लाग्ने भन्सार र भ्याटमा छुटको घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले सामुदायिक तथा निजी अस्पतालले जडान गर्ने अक्सिजन प्लानटको लागतमा सरकारले ५० प्रतिशत पुँजीगत अनुदान दिने बताए

त्यस्तै अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई पनि सरकारले सहुलियत घोषणा गरेको छ । कोभिड अवधिभरका लागि अक्सिजन उत्पादन गर्दा लाग्ने बिजुलीमा त्यस्ता उद्योगहरुलाई ५० प्रतिशत छुट दिने बताए ।

त्यस्तै सरकारले निषेधाज्ञाको अवधिमा विद्युत महसुल छुटको घोषणा गरेको छ । अर्थमन्त्री पौडेलले मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुटको घोषणा गरेका छन् ।

त्यस्तै शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ ।  ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।

त्यस्तै कोभिड–१९ विरुद्धको खोप र उपचार दुवै निःशुल्क गरेको छ । अर्थमन्त्री पौडेलले टेष्ट किट आयात तथा उपचारका लागि ४ अर्ब रुपैयाँ विनियोजन गरेको बताए । 

त्यस्तै उनले अक्सिजन लगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीमा कर तथा भन्सार छुट गरेको बताएका छन् ।

त्यस्तै खोप आयातका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको बताए । उनले स्वास्थ्यकर्मीको जोखिम भत्ता पनि कोभिड –१९ महामारी रहेसम्म निरन्तरता दिने बताएका छन् । 

Khabardabali Desk–JK

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक अपरिहार्य छ- राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी मान्यताप्राप्त निकाय प्रेस काउन्सिलले सञ्चार क्षेत्रलाई अब्बलरूपमा उभ्याउन कोसिस गर्नुपर्ने बता...

सरकारले गति लिन सकेन : ओली

बाँके । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले गति लिन नसकेको आरोप लगाएका छन् । नेकपा एमाले जिल्ला कमिटी बाँकेल...

प्रत्यायोजित विधायनसम्बन्धी मस्यौदा विधेयक परिमार्जन गर्न निर्देशन

काठमाडौं । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले प्रत्यायोजित विधायनसम्बन्धी मस्यौदा विधेयकलाई परिमार्जन गरेर ल्याउन कानून,...

समाजवादीको पार्टी महासचिव को ? यी ६ मध्ये तीन नेता छन् सशक्त दाबेदार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बिहीबार पार्टीको महासचिव टुंगो लगाउने तयारी  गरेको छ । भोलिको बैठकले पार्टीको महासचिव टुंगो लगाउने प्रचार विभाग प्र...

सर्पले डस्दा दिदीभाइको मृत्यु

सप्तरी । विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण म...

स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । पार्टी केन्द्रीय कार्या...

एडिबीको प्रक्षेपण : अर्थतन्त्र ४.१ प्रतिशतले बढ्ने

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । बैंकको प्रमुख प्रकाशन...

थपिए १४७८ जना कोरोना संक्रमित, १६३० संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १४७८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ७६ पीसीआर ...

सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रीको टुंगो लगाउन सक्ने

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठक बस्दैछ । बुधबार साँझ साढे पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहर...

नयाँ पार्टीको वैधानिकताका कारण सरकार विस्तारमा ढिलाई भयो : पोखरेल

सरकार गठनको शुरुमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको वैधानिक समस्या थियो । त्यसपछि सर्वोच्चमा मुद्दा मामिला भए । यसबीचमा अन्य समस्यासमेत ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy