Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन

खबरडबली संवाददाता

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गरेका छन् ।

सरकारले शिक्षा तथा प्रविधि क्षेत्रमा झण्डै २ खर्बको बजेट विनियोजन गरेको छ । बजेटमा शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको बताएका छन् । यो चालु आर्थिक वर्षको बजेटभन्दा ९ अर्बले बढी हो । चालु आर्थिक वर्षमा सरकारले शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा १ खर्ब ७१ अर्ब बजेट विनियोजन गरेको थियो ।

त्यस्तै सरकारले वातावरण प्रदुषण नियन्त्रण गर्न आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाउने भएको छ । 

त्यस्तै आगामी आवमा चुरे तथा तराई मधेस क्षेत्रमा एक करोड ५० लाख विभिन्न प्रजातिका विरुवा रोपिने अर्थमन्त्री पौडेलले जानकारी दिए । त्यस्तै चुरे कार्यक्रमअन्तर्गत १६४ नदी प्रणालीमा भूक्षय नियन्त्रणका कार्यक्रम गरिनेछ ।

त्यस्तै सरकारले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट दिने भएको छ । निषेधाज्ञा अवधिभर दुई संस्थाबाट उपभोक्ताले खरिद गर्ने चामल, पिठो, दाल, नुन, चिनी र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट पाइने बताए ।

त्यस्तै सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएको छ । २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति लिने बताए । त्यसका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गर्ने बताए ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्तार गर्न चाहेमा ५ वर्षसम्म नवीकरण शुल्कमा छुट दिने र सडक दस्तुरमा पनि छुट हुने बजेटमा उल्लेख छ ।

त्यस्तै सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने उनले बताए । यसका लागि आवश्यक बजेट छुट्याएको छ ।

त्यस्तै सरकारले आर्थिक वर्ष २०७८ र ७९ को बजेटमा स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले कोभिडविरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड छुटयाएको छ ।

त्यस्तै सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ ।

त्यस्तै सरकारले वृद्धभत्ता चार हजार पुर्याएको छ । द्धभत्ताका लागि एक खर्ब बजेट विनियोजन गरिएकाे छ । साथै दुई हजार रुपैयाँ बढाएर वृद्ध भत्ता चार हजार रुपैयाँ पुर्याइएको हो । सरकारले वृद्धभत्तामा ३३ प्रतिशत बजेट वृद्धि गरेको हो ।

त्यस्तै सरकारले अक्सिजन उद्योग स्थापना गर्न चाहिने उपकरण आयातमा लाग्ने भन्सार र भ्याटमा छुटको घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले सामुदायिक तथा निजी अस्पतालले जडान गर्ने अक्सिजन प्लानटको लागतमा सरकारले ५० प्रतिशत पुँजीगत अनुदान दिने बताए

त्यस्तै अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई पनि सरकारले सहुलियत घोषणा गरेको छ । कोभिड अवधिभरका लागि अक्सिजन उत्पादन गर्दा लाग्ने बिजुलीमा त्यस्ता उद्योगहरुलाई ५० प्रतिशत छुट दिने बताए ।

त्यस्तै सरकारले निषेधाज्ञाको अवधिमा विद्युत महसुल छुटको घोषणा गरेको छ । अर्थमन्त्री पौडेलले मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुटको घोषणा गरेका छन् ।

त्यस्तै शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ ।  ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।

त्यस्तै कोभिड–१९ विरुद्धको खोप र उपचार दुवै निःशुल्क गरेको छ । अर्थमन्त्री पौडेलले टेष्ट किट आयात तथा उपचारका लागि ४ अर्ब रुपैयाँ विनियोजन गरेको बताए । 

त्यस्तै उनले अक्सिजन लगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीमा कर तथा भन्सार छुट गरेको बताएका छन् ।

त्यस्तै खोप आयातका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको बताए । उनले स्वास्थ्यकर्मीको जोखिम भत्ता पनि कोभिड –१९ महामारी रहेसम्म निरन्तरता दिने बताएका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मूल्य बढेको १५ दिन पनि नबित्दै बढ्यो अण्डाको मूल्य

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ । संघको शुक्रबार बसेको बैठकले शनिबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो । बैठ...

को हुन् झाँडग समुदायबाटै पहिलो मन्त्री बनेकी बन्दना ?

काठमाडाैं । कोशी प्रदेशको नयाँ मन्त्रीमण्डलमा थपिएकी झापाकी बन्दना झाँगडले पर्यटन वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् । ...

सुनसरी, बाँके र महोत्तरीबाट अवैध लागूऔषधसहित १० जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ गरेको छ । सुनसरी, बाँके र महोत्तरीबाट उनीहरुलाई पक्राउ गरेको हो ।  प्रहरीले सुन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जना फरार व्यक्तिहरू युएईबाट पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २ जना फरार प्रतिवादीहरू पक्राउ परेका ...

हात्ती धपाउन झापामा अत्याधुनिक ‘ड्रोन’को प्रयोग

काठमाडौं । मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरी वन क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले साइरनजडित अत्याधुनिक ड्रोनको प्...

आइतबारसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं ।  नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको छ । आजको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए ।...

न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन्। १६ औँ...

छलफलका लागि प्रधानमन्त्री प्रचण्डले बाेलाए कांग्रेसलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्रीले आज साँझ ६ बजे प्रमुख प्रतिपक्षी दल नेपा...

संसद बैठकमा गृहमन्त्रीलाई बोल्न दिनुपर्ने पक्षमा राप्रपा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृ...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छुः उपसभामुख राना

काठमाडौं । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies