Khabar Dabali २४ कार्तिक २०८२ आईतवार | 9th November, 2025 Sun
Investment bank

को को हुन् कारवाही सिफारिसमा परेका सुदूरपश्चिमका चार मन्त्री सहित १० जना एमालेका प्रदेश सभा सदस्यहरु ?

खबरडबली संवाददाता

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले माओवादी नेतृत्वको सरकारमा सहभागी भएका ६ जना मन्त्रीलाई कारवाही गर्न सिफारिस गरको छ ।

पार्टीको निर्देशन विपरीत सरकारमा गएको र स्पष्टिकरण पनि नदिएको भन्दै एमालेको तर्फबाट सरकारमा सहभागी भएका तीन मन्त्री र तीन राज्यमन्त्रीलाई कारवाही गर्न एमाले केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो । कारवाही सिफारिस पर्नेमा  प्रदेशसभा संसदीय दलका सचेतक समेत रहेका छन् ।

यसअघि भट्ट नेतृत्वको सरकारमा सहभागि तीन मन्त्रीलाई पार्टीबाट निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरिएको छ । माधव समूहका नेता भीव रावल पक्षका सांसदहरुको संसदीय दलमा बहुमत रहेको छ । २५ सदस्य रहेको एमालेका सदस्यहरुमा माधव पक्षका १८ र ओली पक्षका ५ जना सांसद छन् । 

यसअघि एमालेको तर्फबाट सरकारमा सहभागी तीन मन्त्रीलाई फिर्ता बोलाएर गत शुक्रबार थप ६ मन्त्रीलाई शपथ ग्रहण गराइएको थियो ।

जेठ १० गते बसेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुको साथै सरकारमा सहभागी तीन मन्त्रीलाई फिर्ता बोलाएको थियो । तर, पार्टीको केन्द्रीय निर्देशनलाई चुनौति दिदै प्रदेश संसदीय दलले थप ६ जनालाई मन्त्रि बनाएको हो । 

एमाले प्रदेश कमिटीले कारवाहीको लागि सिफारी गरेका मन्त्री तथा प्रदेश सभा सदस्यहरुको नामावली :

  भौतिक पूर्वाधार विकासमन्त्री, दीर्घबहादुर सोडारी


 सामाजिक विकासमन्त्री, लालबहादुर खड्का


 आन्तरिक मामिला तथा कानून मन्त्री, पूर्णा जोशी


 भौतिक पूर्वाधार विकास राज्यमन्त्री, चुनकुमारी चौधरी


 सामाजिक विकास राज्यमन्त्री, मनाकुमारी साउद


 आर्थिक मामिला राज्यमन्त्री, अर्चना गहतराज


आर्थिक मामिला तथा योजनामन्त्री, प्रकासबहादुर शाह


संसदीय दलको सचेतक, दुर्गाकुमारी कामी


प्रदेश सभा सदस्य, माया भट्ट


प्रदेश सभा सदस्य, कृष्णराज सुवेदी
 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

मुस्ताङ । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु तीन अर्व दुई करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ ।  भन्सार प्र...

त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता, जोडियो लाइन

काठमाडौँ । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट उपभोग बिजुलीको बक्यौताको पहिलो कि...

२२ वर्षपछि फेरि सुरू भएको शंकर पोखरेलको डेराजीवन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनमा विध्वंसकारीको आगजनीले निवासविहीन भएका बिहीबार राति लामो भावुक स्टाटस पोस्ट गरेका छन्। ...

रास्वपासँग कुरा नमिलेपछि पार्टी खोल्दै कुलमान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा छँदा लोडसेडिङ अन्त्यका लागि गरेका कामबाट वाहवाही पाएका कुलमान घिसिङ जेन–जी आन्दोलनको बलमा बनेको सुशीला...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि सौराहामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि सुरु हुँदैछ । चितवनको सौराहास्थित सभा हलमा हुने बैठकको सम्पूर्ण तयारी पू...

कम्युनिस्ट एकता लोकतन्त्र र गणतन्त्र सिध्याउने शक्तिका विरुद्ध गरिएको प्रतिवाद हो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक १९ गतेको एकता घोषणासभाले विश्वभर बलियो सन्देश दिएको बताएका छन्।  एक...

आज अधिकांश भागमा मौसम सफा रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।  देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभाग...

वीरगन्ज नाकाबाट निर्यात बढ्यो

पर्सा । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वीरगन्ज नाकाबाट निर्यात वृद्धि भएको छ । प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आ...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने...

कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल

बाँके । नेपालगन्जका फलफूल व्यवसायी प्रेमलाल साहु तेली कर्णालीको स्याउलाई पश्चिम नेपालको बजारमा स्थापित गर्न चार दशकदेखि अनवरत रूपमा लागिपरिरहेका छन् ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending