धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले माओवादी नेतृत्वको सरकारमा सहभागी भएका ६ जना मन्त्रीलाई कारवाही गर्न सिफारिस गरको छ ।
पार्टीको निर्देशन विपरीत सरकारमा गएको र स्पष्टिकरण पनि नदिएको भन्दै एमालेको तर्फबाट सरकारमा सहभागी भएका तीन मन्त्री र तीन राज्यमन्त्रीलाई कारवाही गर्न एमाले केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो । कारवाही सिफारिस पर्नेमा प्रदेशसभा संसदीय दलका सचेतक समेत रहेका छन् ।
यसअघि भट्ट नेतृत्वको सरकारमा सहभागि तीन मन्त्रीलाई पार्टीबाट निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरिएको छ । माधव समूहका नेता भीव रावल पक्षका सांसदहरुको संसदीय दलमा बहुमत रहेको छ । २५ सदस्य रहेको एमालेका सदस्यहरुमा माधव पक्षका १८ र ओली पक्षका ५ जना सांसद छन् ।
यसअघि एमालेको तर्फबाट सरकारमा सहभागी तीन मन्त्रीलाई फिर्ता बोलाएर गत शुक्रबार थप ६ मन्त्रीलाई शपथ ग्रहण गराइएको थियो ।
जेठ १० गते बसेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुको साथै सरकारमा सहभागी तीन मन्त्रीलाई फिर्ता बोलाएको थियो । तर, पार्टीको केन्द्रीय निर्देशनलाई चुनौति दिदै प्रदेश संसदीय दलले थप ६ जनालाई मन्त्रि बनाएको हो ।
एमाले प्रदेश कमिटीले कारवाहीको लागि सिफारी गरेका मन्त्री तथा प्रदेश सभा सदस्यहरुको नामावली :
भौतिक पूर्वाधार विकासमन्त्री, दीर्घबहादुर सोडारी
सामाजिक विकासमन्त्री, लालबहादुर खड्का
आन्तरिक मामिला तथा कानून मन्त्री, पूर्णा जोशी
भौतिक पूर्वाधार विकास राज्यमन्त्री, चुनकुमारी चौधरी
सामाजिक विकास राज्यमन्त्री, मनाकुमारी साउद
आर्थिक मामिला राज्यमन्त्री, अर्चना गहतराज
आर्थिक मामिला तथा योजनामन्त्री, प्रकासबहादुर शाह
संसदीय दलको सचेतक, दुर्गाकुमारी कामी
प्रदेश सभा सदस्य, माया भट्ट
प्रदेश सभा सदस्य, कृष्णराज सुवेदी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: