काठमाडौं । प्रतिनिधि सभा विघटनल विरुद्ध सर्वोच्चमा परेको रिटमाथि सुनुवाई नै नभइ संवैधानिक इजलास विवादमा तानिएको छ ।
शुत्रबार प्रधानन्यायधीश चोलेन्द्र शमाशेर राणाले संसद विघट विरुद्ध परेको रिटमाथि सुनुवाई गर्र्न आफुसहित ५ जना न्यायधीशको इजलास गठन गरेका थिए । तर, इजलासमा दुई जना न्यायधीशको सहभागिताबारे कानून व्यवसायीहरुले प्रश्न उठाएपछि संवैधानिक इजालास विवादको घेरामा तानिएको हो ।
विपक्षी गठबन्धनले दायर गरेको रिटमाथि बहस गर्ने कानून व्यवसायीहरुले न्यायधीश द्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसी संसद विघटन सम्बन्धि इजलासम बस्न नमिल्ने तर्क गरेपछि प्रधानन्यायधीश राणाले संसद विघटन सम्बन्धि मुद्दा थाँती राखेर न्यायधीशको पक्षविपक्षमा बहस चलाएका थिए ।
विपक्षी गठबन्धनका कानून व्यवसायी गोविन्द वन्दी, शम्भु थापा, बद्री बहादुर कार्की, टिकाराम भट्टराई, रमण श्रेष्ठ लगायतले नेकपा विवादमा न्यायधीश श्रेष्ठ र केसीले फैसला सुनाएको भन्दै संवैधानिक इजलासमा बस्न नहुने तर्क राखेका थिए ।
सोही विसयमा छलफल गर्न सोमबार प्रधानन्यधीश राणा सहित संवैधानिक इजलासका ५ जना न्यायधीशबीच छलफल भएको थियो । तर, कानून व्यवसायीले प्रशन उठाउँदैमा आफुहरुले इजलास नछाड्ने बताएपछि उनीहरुले आज संवैधानिक इजलासमै आफ्नो राय दिने बताइएका छन् ।
इजलासमा सहभागी बाँकी दुई न्यायधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले न्यायधीशमाथि प्रश्न उठिसकेपछि नैतिकताको आधारमा इजलासमा बस्न नमिल्ने मनसाय व्यक्त गरेका छन् । विवाद हल गर्नको लागि संवैधानिक इजलासको रोष्टरमा छलफल गराउनुपर्ने राय उनीहरुले राय व्यक्त गर्नु पर्ने धारणा राखेका थिए ।
संवैधानिक इजलासको रोष्टरमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशसिंह राउत, सपनाप्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान छन्।
दुई न्यायाधीशबारे आफू संवैधानिक इजलासमा बस्ने कि नबस्ने आज निर्णय हुने बताइएको छ । प्रतिनिधि सभा विघटनल विरुद्ध परेका रिटमा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। तर, सरकार पक्षका कानून व्यवसायीहरले विपक्षीबाट आफु अनुकुल निर्णय गराउन अदालतलाई अनावस्यक दवाव दिन खोजको आरोप लगाएका छन् ।
महान्याधीवक्ता रमेश बडालले संवैधानिक इजलासमा दुई जना न्यायधीशले राय दिन नमिल्ने भए २० जना न्यायधीशले राय दिन नमिल्ने बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: