Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८२ बुधबार | 30th April, 2025 Wed
Investment bank

फुट्‍दै जसपा : महन्थ समूह र हृदयेश समूहबीच एकिकरणको अन्तिम तयारी

खबरडबली संवाददाता

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर समूह र स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहबीच एकीकरण हुने अन्तिम तयारीमा छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीकै सल्लाहअनुसार यी दुई समूहबीच एकिकरण हुने अन्तिम तयारीमा पुगेको हो । ओलीको डिजाइनअनुसार उनीहरूबीच एकिकरण हुन लागेको एक नेताले बताए ।

जसपा फुटको डिलमा पुगिरहेकै बेला दुई समूहबीच एकीकरण गरेर नयाँ दल बनाउने सहमति नजिक पुगेका हुन् । 'सहमतिको अन्तिम अवस्थामा छौँ । केही दिनभित्रै एकिकरण हुनेछ' नाम नखुलाउने सर्तमा ठाकुर समूहका एक नेताले भने 'केही समयअघि मात्रै जसपाका नेताहरू र स्वास्थ्यमन्त्री त्रिपाठी समूहबीच नयाँ दल दर्ता गर्ने सम्बन्धमा सिंहदरबारमा कुराकानी भएको थियो । अहिलेसम्म छलफल सकरात्मक छ ।' 

जसपाभित्र महन्थ ठाकुर-राजेन्द्र महतो जसरी पनि ओलीलाई सहयोग गर्ने पक्षमा छन् भने उपेन्द्र यादव-डाक्टर बाबुराम भट्टराई सरकारबाट ओलीलाई जसरी पनि हटाउनै पर्ने लाइनमा छन् ।

आज मात्रै जसपाका यादव-भट्टराई समूहले अध्यक्ष ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई साधारणसदस्यसमेत नरहने गरी पार्टीबाट कारबाही गरेको छ । कारबाही गरेर पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा बुझाएको छ । ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ (१, २ र ३) बमोजिम हाम्रो दलको दर्ता किताबबाट नाम हटाइ अद्यावधिक गर्न अनुरोध गरिन्छ ’ अध्यक्ष यादवले निर्वाचन आयोगमा पठाएको पत्रमा भनिएको छ । निर्वाचन आयोगमा उक्त पत्र दर्ता भइसकेको छ । दर्ता नम्बर १३४१ रहेको छ । 

जसपाभित्र तिब्र विवादकैबीच भट्टराईले केही दिनअघि हात मिलाएर आ-आफ्नो बाटो लाग्‍न सुझाव दिएका थिए । 'अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो' भट्टराईले भनेका थिए 'नयाँ निर्माण निम्ति पुरानो भत्कनैपर्छ । समयले नयाँ ध्रुवीकरण खोज्दैछ । अत:मान्छे तानातान र किनबेचको तमासा नगरौं ! भेडाभेडासँग र बाख्राबाख्रासँग हुन दिऊँ ! हातमिलाएर आ-आफ्नो बाटो लागौं ! हिँडिरहे फेरि भेट हुनेछ !

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा दुईवटा औषधि पसल सिल

ओखलढुंगा । ओखलढुंगामा सरकारले तोकेको मापदण्ड विपरीतका औषधिहरु बिक्री गर्ने दुई वटा औषधि पसलमा सिल गरिएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ४ मा रहेको प...

सरकारी सम्पतीकाे दुरुपयाेगः उपमहानगरकाे गाडी सिक्ने क्रममा दुर्घटना हुँदा दुईजना घाइते, शाखा अधिकृत पक्राउ

दाङ । तुलसीपुर उपमहानगरपालिकाको गाडीले ठक्कर दिँदा दाङमा चार वर्षिया बालिकासहित दुईजना घाइते भएका छन् । सो गाडी उपमहानगरकी अधिकृत रेवा रावतले चलाएकी थ...

सांसद साहको प्रश्नः तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक ?

स्मृति प्रतिष्ठानको भवनबाट एमालेको कार्यालय तत्काल हटाउन माग

वर्तमान शासन व्यवस्थाको विकल्प छैनः अध्यक्ष प्रचण्ड’

भजनी। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान व्यवस्थाको विकल्प पुरानो व्यवस्था...

राउटे मुखिया सुर्यनाराणको मृत्यु

दैलेख । जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटेका मुखिया सुर्यनारायण शाहीको मृत्यु भएको छ । शाहीको सोमबार राति ९ बजे ४९ वर्षको उमेरमा मृत्यु भएको हो ।...

शुक्रबार धरानबाट हराएको बस विराटनगरमा भेटियो, पार्टपुर्जा बिक्री

विराटनगर । सुनसरीको धरानबाट चोरी भएको यात्रुबहाक बस विराटनगरमा भेटिएको छ ।  शुक्रबार बिहान धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित ग्यारेजबाट चोरी भएको प्...

७९ वटा ऐन एकैपटक संशोधन गर्ने विधेयक संसदबाट पारित

काठमाडौं। ७९ वटा ऐन एकैपटक संशोधन गर्ने ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ प्रतिनिधि सभाबाट पारित भएको छ ।  मंगलबारको सभामा कानुन, न्याय तथा संसदी...

राजनीतिमा युवालाई प्रोत्साहन गर्नुपर्छ, नयाँ जोस, जाँगर र शैली भएकाहरूलाई हामीले सघाउनुपर्छ : हरिवंश आचार्य (अन्तर्वार्ता)

काठमाडाैं । कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, २०७९ सालमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार...

फोहरजन्य वस्तु बेचेर १४ लाख आम्दानी

तनहुँ ।  व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरेर आठ महिनाको अवधिमा रु १४ लाख आम्दानी गरेको छ । गत भदौदेखि फोहर सङ्कलन गरी व्यवस्थित कार्य थालेको यस...

डिआईजी आचार्यको मधेश प्रदेशको कार्यकाल: १ अरब बढी राजश्व संकलन

रौतहट । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका तत्कालीन प्रमुख डिआईजी हाल एआईजी लालमणि आचार्यको कार्यकालमा १ अरब भन्दा बढी राजश्व संकलन भएको छ। डिआईज...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending