काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का दुवै समूहले निर्वाचन आयोगमा पठाएको पत्रमा प्रक्रिया नपुगेको पाइएको छ । मंगलबार जसपा अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवले एक अर्कालाई निष्कासन गर्दै पत्र निर्वाचन आयोगमा पठाएका थिए ।
निर्वाचन आयोगका सचिव सुरेश अधिकारीका अनुसार दुवै अध्यक्षले पठाएको पत्रमा राजनीतिक दलसम्बन्धी नियमावली २०७३ (पहिलो संशोधन) अनुरुप नभएको पाइएको छ । राजनीतिक दल सम्बन्धी नियमावलीको अनुसूची अनुसार पत्र नभएकाले आयोगले रद्द गरेको उनले बताए ।
अधिकारीका अनुसार राजनीतिक दलसम्बन्धी नियमावलीको अनुसूची बमोजीम फाराम समावेश गरेर फेरि पत्र पठाउनू भन्ने व्यहोरा उल्लेख गरेर दुवै जनालाई आयोगले आज पत्र पठाउने तयारी गरेको छ ।
ठाकुर समूहले पठाएको पत्रमा कार्यकारिणी समिति बैठकको माइन्यूट नभएको पनि आयोगले जनाएको छ । त्यस्तै यादव समूहले पठाएको पत्रमा भने माइन्यूट संलग्न रहेको आयोगले जनाएको छ ।
मंगलबार संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार जनालाई पार्टीबाट निष्कासन गरेको केहीबेरमै ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट निष्कासन गरेको थियो । मंगलबार नै बसेको भट्टराई–यादव समूहले कार्यकारिणी बैठक बोलाएर ठाकुरसहित राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट हटाएर निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।
कार्यकारिणी समितिमा भट्टराई–यादव समूहको बहुमत छ । जसपाभित्र केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा विवाद छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८१ - १६:५५
बाँके । नेपालगन्जको सुर्खेत रोडदेखि सदरलाइन जोड्ने सडक करिब ५०० मिटर लामो छ । यसको स्तरोन्नती सुरु भएको करिब ६ बर्ष बिते पनि अहिलेसम्म निर्माणको काम प...
चैत्र ३ गते, २०८१ - १६:५५
बाँके । नेपालगन्जको सुर्खेत रोडदेखि सदरलाइन जोड्ने सडक करिब ५०० मिटर लामो छ । यसको स्तरोन्नती सुरु भएको करिब ६ बर्ष बिते पनि अहिलेसम्म निर्माणको काम प...
चैत्र ३ गते, २०८१ - १६:४३
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउनेबारे कांग्रेस–एमालेसँग छलफल नै नभएको बताएका छन् । आज काठमाडौंमा आयोजि...
चैत्र ३ गते, २०८१ - १६:३८
काठमाडौं । बाँकेमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८, पिपिरीका २५ वर्षीय निमबहादुर विक छन् । ...
चैत्र ३ गते, २०८१ - १६:३८
काठमाडौं । बाँकेमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८, पिपिरीका २५ वर्षीय निमबहादुर विक छन् । ...
चैत्र ३ गते, २०८१ - १६:३५
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ बाट ५ सय ४७ किलो गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्र्राउ पर्र्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–...
चैत्र ३ गते, २०८१ - १५:४९
भोजपुर । भोजपुर नगरपालिका–१२ पारपानीमा सामुदायिक वनमा लागेको डढेलो बस्तीमा छिरेको छ । अहिलेसम्म आगलागीबाट पैँयापानीमा ७ वटा घरमा क्षति भएको छ । आगो...
चैत्र ३ गते, २०८१ - १५:३४
काठमाडौं । नेकपा एमालेका पूर्वनेता एवं ‘मातृभूमि जागरण अभियान नेपाल’का अभियन्ता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्माले ओलीले मुलुकमा ‘कुशासन’ गरिरह...
चैत्र ३ गते, २०८१ - १५:०४
जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप भएको छ । झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एकजना ...
चैत्र ३ गते, २०८१ - १५:००
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले नै जनता भड्काउने काम गरेको टिप्पणी गरेका छन् । सोमबार राष्ट्रियसभा बैठकको...
प्रतिकृया लेख्नुहोस्: