Ntc summer Offer
Khabar Dabali २ चैत्र २०८१ आईतवार | 16th March, 2025 Sun
Investment bank

श्रीमती र छोरीलाई आगो लगाएको भन्दै श्रीमानलाई जन्मकैद माग

खबरडबली संवाददाता

डोटी । आदर्श गाउँपालिका–४ मा मट्टीतेल खन्याएर आगो लगाइँदा घाइते भएकी लक्ष्मी भाटको स्वास्थ्यस्थिति र दोषीलाई कारबाहीबारे राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले चासो दिएकी छन् । अध्यक्ष पराजुलीले आज भाट उपचारत कीर्र्तिपुरस्थित वर्न अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । 

गत साता रोडिङ्गे गाउँस्थित घरमै भएको घटनामा घाइते २८ वर्षीया भाट र उनकी छोरीको हाल उपचार भइरहेको छ । उनलाई वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा मङ्गलबाट हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको हो ।  आयोगका अध्यक्ष पराजुलीसँगको भेटमा पीडित भाटले आफू र  नाबालक छोरीलाई आगो लगाई ज्यान मार्ने प्रयास गर्ने  आरोपित पति सन्तोष भाटलाई जन्मकैदको सजायको माग गरेका छन् । पति सन्तोष हाल फरार छन् । 

आयोगका अध्यक्ष पराजुलीले सो सम्बन्धमा डोटीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसँग कुरा गरी दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन यसअघि नै आग्रह गरिसकेकी छन् । उनले यस घटनाले महिला घरभित्रै आफ्नै परिवारबाट सुरक्षित नभएको अवस्था देखाएको भन्दै पीडकले हदैसम्मको सजाय पाउनुपर्नेमा जोड दिए । 

आयोगले निषेधाज्ञामा घरमा रहेका महिला/किशोरीको मानसिक स्वास्थ्य अवस्थाको सुरक्षाको उद्देश्यले मनोपरामर्श जारी राखेको छ । हेल्पलाइनबाट २४  घण्टै उजुरी लिने र कानुनी सहयोग समेत सञ्चालन गरिरहेको छ । 

उपचारका लागि रु २ लाख सहयोग
उपचारत लक्ष्मीको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले रु दुई लाख उपचार सहयोग गर्ने भएको छ । आज प्रदेश मन्त्रिपरिषद्को बैठकले घाइते भाटको उपचारका लागि सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिए । 

सङ्घीय सरकारले पनि घाइते लक्ष्मीको सम्पूर्ण उपचार निःशुल्क गर्ने जनाएको छ । उनको अवस्था खतरामुक्त भएको उपचारमा संलग्न चिकित्सक डा सुरेन्द्र बस्नेत र प्रकृति ज्ञवालीले जानकारी दिए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विधेयक पारित हुँदा शिक्षा क्षेत्रका धेरै समस्या हल हुन्छन्ः राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विद्यालय शिक्षा विधेयक पारित भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याहरु समाधान हुने विश्वास ...

मध्यपश्चिम विश्वविद्यालयले फेरि घोषणा गर्‍यो स्ववियु निर्वाचनको मिति, चैत १८ गते मतदान

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत १८ गते हुने भएको छ । विश्वविद्यालयले शुक्रबार स्ववियु निर्वाचन कार्यता...

कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण

मुस्ताङ । पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उत्तरी कोरला नाका निकै चर्चामा छ । कोरला ...

बाँकेको सुधार गृहमा झडप, ५० जना प्रहरीको नियन्त्रणमा

बाँके ।   बाँकेको बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते भएका छन् भने प्रहरी टोलीले ५० जनालाई नियन्त्रणमा लिएको छ। डुडुवास्थित जयेन्दु बालसुधार गृहमा गए...

नेकपा एसको ‘समाजवादी अभियान’ सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले सुशासन, रोजगारीलगायत विषय केन्द्रित देशव्यापी समाजवादी अभियान सुरु गरेको छ । आगामी वैशाख २२ गत...

एनआरएनएको एकता महाधिवेशनका लागि निर्वाचन समिति गठन

काठमाडौँ । सम्मानित  सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ।  ...

लेखा परीक्षण प्रतिवेदन नबुझाउने तिस राजनीतिक दल कारबाहीमा पर्दै

काठमाडौं ।  निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३० राजनीतिक दलको कारबाही प्रक्रिया अगाडि बढाएको छ । कानुनले तोकेको समयसीमाभित्र ८९ राजनीति...

लेखा परीक्षण प्रतिवेदन नबुझाउने तिस राजनीतिक दल कारबाहीमा पर्दै

काठमाडौं ।  निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३० राजनीतिक दलको कारबाही प्रक्रिया अगाडि बढाएको छ । कानुनले तोकेको समयसीमाभित्र ८९ राजनीति...

राष्ट्रसंघका महासचिव गुटेरेस बंगलादेशमा, रोहिंग्या शरणार्थीहरूको अवस्थाको समीक्षा

काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा बसोबास गर्ने १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीहरूको अवस्थाको समीक्षा गरेका छन...

राष्ट्रसंघका महासचिव गुटेरेस बंगलादेशमा, रोहिंग्या शरणार्थीहरूको अवस्थाको समीक्षा

काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा बसोबास गर्ने १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीहरूको अवस्थाको समीक्षा गरेका छन...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy