धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालभित्रको केन्द्रस्तरको विवादको असर प्रदेश नं. २ को सरकारमा पनि पर्ने देखिएको छ । जसपाका मुख्यमन्त्री लालबाबर राउत नेतृत्वको प्रदेश सरकार ढाल्न सो पार्टीबाटै प्रयास शुरु भएको छ । राउत मुख्यमन्त्री र संसदीय दलको नेताबाट हटाएर मनिष सुमनलाई बनाउन अध्यक्ष ठाकुरले निर्देशन दिइसकेको जनाइएको छ । सुमनलाई नेकपा (एमाले) को समर्थन रहने स्थिति छ । प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनाल पनि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्री बन्ने कोशिशमा छन् ।
प्रदेश २ मा तत्कालीन समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गठबन्धनको सरकार बनेकामा एक वर्ष अघि पार्टी एकीकरणपछि जसपा बनेको थियो । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एकार्कालाई कारबाही गरेपछि निर्वाचन आयोगमा पुगेको विवादको टुङ्गो नलाग्दासम्म कानूनी रुपमा पार्टी एक भएपनि व्यवहारिक रुपमा विभाजित भइसकेको छ ।
जसपाका पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री एवं सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग तथा अर्का अध्यक्ष यादव प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गठबन्धनमा छन् ।
काँग्रेसका प्रदेश संसदीय दलका नेता रामसरोज यादवले नयाँ गठबन्धनका विषयमा छलफल भइरहेको र केन्द्रबाट आउने निर्देशनका आधारमा अघि बढ्ने बताए ।
कूल १०७ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका तीन जना कारबाहीपछि अहिले १०४ सांसद छन् । तत्कालीन सङ्घीय समाजवादी पार्टीका ३०, तत्कालीन राजपाका २५, एमालेका २१, काँग्रेसका १९, माओवादी केन्द्रका ८ र नेपाल सङ्घीय समाजवादी पार्टीका १ सांसद छन् । सरकार बनाउन ५३ सांसद आवश्यक पर्छ ।
बजेट पारित गराउने तयारी
आगामी आर्थिक वर्ष ०७८/०७९ का लागि प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले मुख्यमन्त्री राउतले महन्थ पक्षका मन्त्रीलाई तत्काल नहटाउने भएका छन् ।
पूर्व राजपाका प्रमुख सचेतक परमेश्वर साहले यही जेठ २७ गते प्रदेश सरकारले नीति कार्यक्रम र असार १ गते बजेट ल्याउने कार्यक्रम रहेको बताउँदै भने, ‘नीति कार्यक्रम र बजेट पारित गराउन हाम्रो भूमिका के हुने अहिल्यै भन्न सकिदैन ।’ रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - २२:४२
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...
चैत्र १३ गते, २०८२ - २२:३८
काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...
चैत्र १३ गते, २०८२ - २२:२६
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...
चैत्र १३ गते, २०८२ - २२:२२
काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...



प्रतिकृया लेख्नुहोस्: