Khabar Dabali २४ कार्तिक २०८२ आईतवार | 9th November, 2025 Sun
Investment bank

कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर

रासस

कास्की । यहाँका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । काठमाडौँको बोधिसत्व विहार र सामाजिक अभियानकर्मी शान्त शर्माका सहयोगमा कोरोनाको दोस्रो लहर रोकथाम र सङ्क्रमण न्यूनीकरणमा क्रियाशील स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

कोरोना सङ्क्रमित बिरामीको प्राथमिक उपचार गाउँमै गर्ने  गरी जिल्लाका चार वटै स्थानीय तहले अक्सिजन सुविधासहितको आइसोलेशन अस्पताल सञ्चालनमा ल्याएका छन् । जिल्लाका रुपा, अन्नपूर्ण, माछापुच्छ«े र मादी गाउँपालिकालाई शुक्रबार पाँच÷पाँच लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर  हस्तान्तरण गरिएको पोखरा संयोजक दीननाथ बरालले बताए । कन्सन्ट्रेटरसहित अक्सोमिटर, मास्क, थर्मल गन, प्रेसर नाप्ने मेसिन, सेनिटाइजर, ह्याण्डवास, फिनेल, स्प्रे मेसिनलगायत स्वास्थ्य सामग्री प्रदान गरिएको थियो ।

अक्सिजन अभाव भएका अवस्थामा अक्सिजन कन्सन्ट्रेटरसहितको स्वास्थ्य सामग्री प्राप्त गर्दा ठूलो राहत महसुस भएको मादी गाउँपालिकाले जनाएको छ । यसैबीच सृजनशील अपाङ्गता सरोकार समितिलाई औषधि सहयोग गरिएको छ । समितिलाई प्यान्टो प्राजोल, कफ सिरप, भिटामिन बी कम्प्लेक्स, सिटामोल, साइनेक्सलगायत एक बाकस औषधि वितरण गरिएको संयोजक बरालले जानकारी दिए । यसअघि बिहीबार बोधिसत्वा विहारबाट प्राप्त स्वास्थ्य सामग्री पोखराका तीन अस्पताललाई प्रदान गरिएको थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

मुस्ताङ । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु तीन अर्व दुई करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ ।  भन्सार प्र...

त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता, जोडियो लाइन

काठमाडौँ । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट उपभोग बिजुलीको बक्यौताको पहिलो कि...

२२ वर्षपछि फेरि सुरू भएको शंकर पोखरेलको डेराजीवन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनमा विध्वंसकारीको आगजनीले निवासविहीन भएका बिहीबार राति लामो भावुक स्टाटस पोस्ट गरेका छन्। ...

रास्वपासँग कुरा नमिलेपछि पार्टी खोल्दै कुलमान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा छँदा लोडसेडिङ अन्त्यका लागि गरेका कामबाट वाहवाही पाएका कुलमान घिसिङ जेन–जी आन्दोलनको बलमा बनेको सुशीला...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि सौराहामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि सुरु हुँदैछ । चितवनको सौराहास्थित सभा हलमा हुने बैठकको सम्पूर्ण तयारी पू...

कम्युनिस्ट एकता लोकतन्त्र र गणतन्त्र सिध्याउने शक्तिका विरुद्ध गरिएको प्रतिवाद हो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक १९ गतेको एकता घोषणासभाले विश्वभर बलियो सन्देश दिएको बताएका छन्।  एक...

आज अधिकांश भागमा मौसम सफा रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।  देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभाग...

वीरगन्ज नाकाबाट निर्यात बढ्यो

पर्सा । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वीरगन्ज नाकाबाट निर्यात वृद्धि भएको छ । प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आ...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने...

कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल

बाँके । नेपालगन्जका फलफूल व्यवसायी प्रेमलाल साहु तेली कर्णालीको स्याउलाई पश्चिम नेपालको बजारमा स्थापित गर्न चार दशकदेखि अनवरत रूपमा लागिपरिरहेका छन् ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending