Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

काेशी प्रदेशकाे लगानी सम्मेलन प्रधानमन्त्री उद्घाटन गर्ने

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको  लगानी सम्मेलनको तयारी पूरा भएको छ । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेश सरकारले लगानी सम्मेलनको सबै तयारी पुरा भएको जानकारी दिएको हो ।

कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते गर्न लागेको लगानी सम्मेलनमा  एक खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजनाहरू सोकेसिङ गर्ने भएको छ । जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आइटिलगायतका क्षेत्रहरू छन् । लगानी सम्मेलनकै क्रममा २४ वटा भन्दा बढी परियोजनामा भने सम्झौता (एमओयु) नै हुने  जनाइएको छ । 

लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला लगानी सम्मेलनकै क्रममा २४ वटा भन्दा बढी परियोजनामा एमओयु नै गर्ने गरी तयारी गरिएको जानकारी दिए । लगानी सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैर आवासीय नेपालीहरूको सहभागिता हुने कोइरालाले बताए । 

कोइरालाले भने ‘लगानी सम्मेलनमा निजी क्षेत्र, गैर आवासीय नेपालीहरू र विदेशी लगानीकर्ताहरूसमेत सहभागी हुने छन् ।’ लगानी सम्मेलनलाई मध्यनजर गरी कोशी प्रदेश सरकारले विभिन्न आठ वटा ऐन पनि संशोधन गरेको छ । मंगलबार अध्यादेश जारी गरी संशोधन गरेका ऐनहरूमा सार्वजनिक साझेदारी ऐन २०७६, प्रदेश सहकारी ऐन २०७६, प्रदेश सवारी तथा यातायात  व्यवस्था ऐन २०७६, प्रदेश भवन ऐन २०७६ रहेको छ । यस्तै  प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६, प्रदेश पर्यटन ऐन २०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिष्टेशन ऐन २०७७ र प्रदेश वन ऐन २०७७ रहेका छन् ।

लगानी सम्मेलनमा कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास, ऊर्जा, स्वास्थ्य सेवा, मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावनाका विषयकमा छलफल हुने जनाइएको छ । साथै, पहिलो दिनको मुख्य सत्रका रूपमा कोशी प्रदेशका हकमा लगानीमैत्री वातावरण र तीन तहका सरकारहरूबीचको अन्तरसम्बन्धका विषयमा विज्ञहरू र जनप्रतिनिधिहरूबाट धारणा प्रस्तुत हुने कोइरालाले जानकारी दिए ।

लगानी सम्मेलनका लागि प्रदेश सरकारले केही नीतिगत प्रतिबद्धतासमेत गरेको छ । जसमा प्रदेशभित्रका कृषि, उद्योग, पर्यटन, पूर्वाधार र जलस्रोतसँग सम्बन्धित सम्भाव्य आयोजना वा परियोजनाहरूको सूची तयार गरी तिनको प्राविधिक एवम् आर्थिक अवस्थाको विश्लेषण गरी लगानीकर्ता समक्ष प्रस्तुत गर्ने । 

संघीय सरकार, स्थानीय तह र लगानीकर्ताहरूबाट प्राप्त आयोजना वा परियोजनाहरूको समेत सम्भाव्यता अध्ययन गरी लगानी आकर्षक गर्न आवश्यक कदम चाल्नेलगायत रहेका छन् । विराटनगर स्थित विरेन्द्र सभागृहमा लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जनाइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending