काठमाडौं । विश्वकप ०२२ र एसिया ०२३ को छनौटका लागी आज बेलुकी ९ः ४५ बजे नेपालले जोर्डनसँग भिड्न लागिरहेको छ ।
जोर्डन फिफा वरियतामा नेपालभन्दा ७६ स्थान माथि छ । जोर्डन ९५ औं र नेपाल १७१ औं स्थानमा छन् । नेपालभन्दा बलियो टोली जोर्डनसँग छनोटकै अवे खेलमा नेपाल ३–० ले पराजित भएको थियो भने आजसम्म जोर्डनलाई पराजित गर्न सकेको छैन । एसिया कपको सिधै तेस्रो चरणमा छनोटका लागी यो खेलमा नेपालले जित्नैपर्ने दवाव छ ।
कोरोना महामारीले गर्दा करिब १८ महिना रोकिएको एसियाली छनोट फेरि सुरु हुँदा जोर्डनको यो पहिलो खेल हुनेछ । समूह ‘बी’ का खेलहरु न्युट्रल भेन्युको रुपमा कुवेतमा भइरहेको छ । नेपालले यसअघि चाइनिज ताइपेईलाई २–० ले पराजित गर्दै आत्मविश्वास बढाएको छ ।
जोर्डन ५ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ भने ६ खेलबाट ६ अंकसहित नेपाल चौथो स्थानमा छ । नेपालले अन्तिम स्थानको चाइनिज ताइपेईलाई दुई पटक पराजित गरेको थियो । तर उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएपछि हरेक समूहको चौथो र पाँचौ स्थानमा हुने टिमको नतिजा गणना हुने छैन । त्यसैले पनि नेपाललाई जोर्डनविरुद्ध अंक जोड्नुपर्ने आवश्यकता छ ।
समूह ‘बी’ मा जोर्डन ५ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । कुवेत ६ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । यदि नेपालले जोर्डनलाई पराजित गरेमा यसको फाइदा कुवेतलाई पनि हुनेछ । अष्ट्रेलिया ५ खेलमा शतप्रतिशत जितसहित १५ अंक जोडेर शीर्ष स्थानमा छ र एसिया कप छनोट नजिक पुगिसकेको छ । त्यसैले कुवेत र जोर्डन समूहमा दोस्रो भएर एसिया कप छनोट हुने लक्ष्यमा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८१ - १५:०८
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...
माघ ४ गते, २०८० - १५:२२
बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...
मंसिर १५ गते, २०८० - १६:२५
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ । उच्च अदालत पाटनका...
मंसिर १४ गते, २०८० - १०:१५
बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...
मंसिर १४ गते, २०८० - १०:०५
काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...
मंसिर ११ गते, २०८० - ११:५८
काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...
मंसिर ७ गते, २०८० - १४:१६
काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले प...
मंसिर २ गते, २०८० - १३:३५
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...
मंसिर २ गते, २०८० - १२:१२
काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...
मंसिर २ गते, २०८० - ११:२५
काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् । शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...
प्रतिकृया लेख्नुहोस्: