काठमाडौँ। एलपी ग्यासको कालोबजारी रोक्न र आयल निगमको घाटा अन्त्य गर्न प्रविधिमा आधारित ट्र्याकिङ प्रणाली तत्काल लागू गर्न सांसद रहबर अन्सारीले माग गरेको छन्
उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति एवं सांसद अन्सारीले संसदीय समितिको बैठकमा बोल्दै देशभर रहेका करिब एक करोड ७५ लाख एलपी ग्यास सिलिन्डरको म्यापिङ र ट्र्याकिङ गर्न सरकार तथा नेपाल आयल निगमसँग आग्रह गरे। भारतबाट ग्यासको पर्याप्त आपूर्ति भइरहे तापनि सिलिन्डर लुकाउने र कालोबजारी गर्ने प्रवृत्तिका कारण बजारमा कृत्रिम अभाव देखिएको उनको भनाइ थियो।
समस्या समाधानका लागि आरएफआईडी, बारकोड तथा घरायसी बिजुली मिटरसँग जोडेर कुन सिलिन्डर कुन डिपो, डिलर वा उपभोक्ताकहाँ छ भन्ने स्पष्ट तथ्याङ्क राख्ने प्रविधि लागू गर्न उनले सुझाव दिए।
प्रशासनिक सुस्तताको आलोचना गर्दै सभापति अन्सारीले साना उपभोक्ताका लागि ५ किलोग्राम र ठूला उद्योग तथा होटलका लागि ५० देखि ४५० किलोग्रामसम्मका फरक–फरक क्षमताका ग्यास सिलिन्डर प्रयोगमा ल्याउन आग्रह गरे। हाल पाँचतारे होटल तथा ठूला उद्योगले समेत घरायसी प्रयोजनका लागि दिइने १४.२ किलोग्रामको अनुदानित ग्यास प्रयोग गरिरहेकाले राज्यलाई प्रतिसिलिन्डर ९३८ रुपैयाँसम्म घाटा भइरहेको उनले बताउनुभयो। यसबाट मासिक करिब ६५ करोड रुपैयाँ (वार्षिक साढे सात अर्ब रुपैयाँभन्दा बढी)नोक्सानी भइरहेको उनले खुलासा गरे।
सांसदहरूलाई जनता र उपभोक्ताको मात्र दबाब रहेको उल्लेख गर्दै उनले सम्बद्ध मन्त्री तथा सरोकारवाला निकायलाई २४–२४ घण्टामा प्रगति विवरण लिन, सिर्जनशील (इनोभेटिभ) फाइल रोक्ने प्रवृत्ति अन्त्य गर्न र साना तथा विपन्न वर्गलाई सहुलियत दिँदै व्यावसायिक प्रयोजनका लागि छुट्टै दररेट कायम गर्न जोडदार माग गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - १७:५७
काठमाडौं । सुनसरीको देवानगञ्ज घटनामा घाइते भई उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवार र गृहमन्त्री सुधन गुरुङबीच वार्ता सुरु भएको छ। महा...
श्रावण १९ गते, २०८३ - १७:४५
काठमाडौँ । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान...
श्रावण १९ गते, २०८३ - १७:२४
काठमाडौं । प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलबारी क्षेत्रमा सडक विस्तारका क्रममा नेपाली सेनाको ब्यारेकको पर्खाल हट...
श्रावण १९ गते, २०८३ - १७:११
काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा भर्ना भएका छन्। थपलियाका छोरा सुरज थप...
श्रावण १९ गते, २०८३ - १७:०२
काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले शव बुझ्न अस्वीकार गरेक...
श्रावण १९ गते, २०८३ - १६:४९
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई चलायमान बनाउन, निजी क्षेत्रको आत्मविश्वास बढाउन र लगानीको वातावरण सुधार गर्न सरकारले बैंकिङ...
श्रावण १९ गते, २०८३ - १६:४२
काठमाडौँ। एलपी ग्यासको कालोबजारी रोक्न र आयल निगमको घाटा अन्त्य गर्न प्रविधिमा आधारित ट्र्याकिङ प्रणाली तत्काल लागू गर्न सांसद रहबर अन्सारीले माग गरेक...
श्रावण १९ गते, २०८३ - १६:११
काठमाडौं । नेकपा (एमाले) ले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ। मंगलबार प...
श्रावण १९ गते, २०८३ - १६:०४
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले ‘म्याच फिक्सिङ’ गरेको आरोपमा अमेरिकी क्रिकेटर अखिलेश रेड्डीलाई आठ वर्ष प्रतिबन्ध लगाएको छ । आ...
श्रावण १९ गते, २०८३ - १५:५३
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज आर्थिक कूटन...



प्रतिकृया लेख्नुहोस्: