Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

यस वर्ष चैते धान उत्पादन बढ्ने

रासस

नवलपरासी । यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने बताइएको छ । गत वर्ष भन्दा २०० हेक्टर बढी क्षेत्रफलमा चैते धान खेती भएकाले यस वर्ष जिल्लामा उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जनाएको हो । 

जिल्लामा गत वर्षको भन्दा ८०० मेट्रिक टन बढी धान उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए । यस वर्ष जिल्लामा एक हजार २०० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको लामिछानेको भनाइ छ । ज्ञान केन्द्रले जिल्लाको तीन स्थानमा धान ब्लक सञ्चालन गरेको, सिँचाइ सुविधा पु¥याएको लगायतका सुविधाहरु प्रदान गरेपछि चैते धानप्रति कृषकहरुको आकर्षण बढेको लामिछानेले बताए। 

किसानहरुक अनुसार वर्षे धानभन्दा चैते धानको उत्पादान राम्रो हुने गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा वर्षे धान प्रतिहेक्टरमा चार मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ । यस वर्ष जिल्लामा करीव पाँच हजार मेट्रिक टन चैते धान उत्पादन हुने भन्दै लामिछानेले उत्पादन भएको धानमध्ये २५ प्रतिशत कृषकहरुले राखेर बाँकी बिक्री गर्ने बताए । ‘यहाँ उत्पादन भएको चैते धानको बजार सुनिश्चित भएको छैन” उहाँले भन्नुभयो, “यद्यपि हामीले ठूला धान मिलहरुसँग धान खरीद बिक्रीबारे कुरा गरिरहेका छौँ ।’ 

गैँडाकोट नगरपालिकामा उत्पादन भएको धान बिक्रीका लागि स्थानीय सरकारले पहल गरेकाले अन्य पालिकाहरुले समेत त्यसैगी सहजीकरण गरेमा कृषकहरुलाई सहज हुने उनले बताए । ‘ठूला मिलहरुले भारतबाट सस्तोमा धान किनेर ल्याउने गरेका कारण स्थानीय उत्पादन खरीद गर्न उनीहरु तयार हुँदैनन्’ लामिछानेले भने, ‘स्थानीय उत्पादनलाई प्राथमिकता दिएर भारतबाट आउने धान प्रतिस्थापनका लागि सरकारले विशेष पहल गर्नुपर्छ ।’ भारतबाट सस्तोमा धान आउने भएकाले यहाँका कृषकहरुले बाध्य भएर सस्तो मूल्यमा धान बेच्नुपर्ने अवस्था आउने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

देशैभर चामलको आयात गर्नुपर्ने भए पनि नवलपुरबाट भने अन्य जिल्लामा पठाउने गरी उत्पादन हुने गरेको उनले बताए । चैते धान उत्पादनमा भएको वृद्धिले आयातित धानको प्रतिस्थापन गर्नुका साथै खाद्य सुरक्षामा टेवा पु¥याएको लामिछानेले बताए । चैते धानको प्रवद्र्धनका लागि जिल्लाको गैँडाकोट नगरपालिकाको वडा नम्बर ११ र १२ को भेँडाबारी, बुलिङटार गाउँपालिका–३ र कावासोती नगरपालिका–१७ को ढोकी फाँटमा ब्लकमार्फत चैते धान खेती भइरहेको छ । 

ब्लकअन्तर्गत गैँडाकोटको भेँडाबारीमा २६० हेक्टर क्षेत्रफल, कावासोतीको ढोकी फाँटमा ५०० हेक्टर क्षेत्रफल र बुलिङटारमा १५० हेक्टर क्षेत्रफलमा चैते धान खेती भइरहेको भन्दै लामिछानेले जिल्लाका अन्य क्षेत्रमा पनि चैते धान प्रवद्र्धनको छुट्टै कार्यक्रम भैरहेको जानकारी दिए । जिल्लामा चैते धानको रुपमा हर्दिनाथ, चैते ५, टाइचिनसहित अन्य स्थानीय जातका धानको खेती गरिएको छ । 

त्यस्तैगरी वर्षे धान रोप्नका लागि तयारी भइरहेको भन्दै लामिछानेले अहिले कृषकलाई धानको बिउ राख्ने चटारो भइरहेको बताए । चैते धान १२ सय हेक्टरमा लगाइएको भए पनि वर्षे धान भने २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइने गरेको पाइन्छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको कुल खेतीयोग्य भूमिको करीब ५६ प्रतिशत भागमा सिँचाइ सुविधा पुगेकाले समेत समयमा नै वर्षे धान रोप्न सकिन्छ । जिल्लामा ४९ हजार हेक्टर खेतीयोग्य जमीन रहेको भन्दै लामिछानेले २० हजार ७३० हेक्टर क्षेत्रफलमा मात्रै वर्षे धान लगाइने गरेको केन्द्रले जनाएको छ । 

भूमिगत सिँचाइ तथा नहर र कुलोमार्फत सिँचाइ पु¥याइएको भन्दै लामिछानेले वर्षाको समयमा मात्रै पनि पानीको सुविधा हुने ठाउँमा समेत धान खेती हुने गरेको बताए । जिल्लाका सबै स्थानमा गुणस्तरीय वर्षे धानको बिउ बिक्री वितरण भइरहेको लामिछानेले बताए । सरकारले सिफारिस गरेको धानको बिउ स्थानीय कृषि सहकारी संस्थामार्फत कृषकले लैजाने गरेका भन्दै प्रलोभनमा परेर जथाभावी बिउ खरीद नगर्न लामिछानेले आग्रह गरे । 

जिल्लाका लागि रामधान, हर्दिनाथ, सावित्री, सुख्खा ३, सावा मन्सुली जस्ता वर्षे धानका बिउहरु सिफारिस भएका छन् । लामिछानेले सूचीकृत बिउ बिक्री वितरणबारे एग्रोभेटहरुमा अनुगमन गरिएको बताए । भारतबाट आएका हाइब्रिड जातका बिउ प्रयोग गर्दा कृषि अधिकृतहरुसँग सल्लाह लिएर मात्रै प्रयोग गर्न पनि कृषि ज्ञान केन्द्रले किसानहरुसँग आग्रह गरेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending