Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

यस वर्ष चैते धान उत्पादन बढ्ने

रासस

नवलपरासी । यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने बताइएको छ । गत वर्ष भन्दा २०० हेक्टर बढी क्षेत्रफलमा चैते धान खेती भएकाले यस वर्ष जिल्लामा उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जनाएको हो । 

जिल्लामा गत वर्षको भन्दा ८०० मेट्रिक टन बढी धान उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए । यस वर्ष जिल्लामा एक हजार २०० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको लामिछानेको भनाइ छ । ज्ञान केन्द्रले जिल्लाको तीन स्थानमा धान ब्लक सञ्चालन गरेको, सिँचाइ सुविधा पु¥याएको लगायतका सुविधाहरु प्रदान गरेपछि चैते धानप्रति कृषकहरुको आकर्षण बढेको लामिछानेले बताए। 

किसानहरुक अनुसार वर्षे धानभन्दा चैते धानको उत्पादान राम्रो हुने गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा वर्षे धान प्रतिहेक्टरमा चार मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ । यस वर्ष जिल्लामा करीव पाँच हजार मेट्रिक टन चैते धान उत्पादन हुने भन्दै लामिछानेले उत्पादन भएको धानमध्ये २५ प्रतिशत कृषकहरुले राखेर बाँकी बिक्री गर्ने बताए । ‘यहाँ उत्पादन भएको चैते धानको बजार सुनिश्चित भएको छैन” उहाँले भन्नुभयो, “यद्यपि हामीले ठूला धान मिलहरुसँग धान खरीद बिक्रीबारे कुरा गरिरहेका छौँ ।’ 

गैँडाकोट नगरपालिकामा उत्पादन भएको धान बिक्रीका लागि स्थानीय सरकारले पहल गरेकाले अन्य पालिकाहरुले समेत त्यसैगी सहजीकरण गरेमा कृषकहरुलाई सहज हुने उनले बताए । ‘ठूला मिलहरुले भारतबाट सस्तोमा धान किनेर ल्याउने गरेका कारण स्थानीय उत्पादन खरीद गर्न उनीहरु तयार हुँदैनन्’ लामिछानेले भने, ‘स्थानीय उत्पादनलाई प्राथमिकता दिएर भारतबाट आउने धान प्रतिस्थापनका लागि सरकारले विशेष पहल गर्नुपर्छ ।’ भारतबाट सस्तोमा धान आउने भएकाले यहाँका कृषकहरुले बाध्य भएर सस्तो मूल्यमा धान बेच्नुपर्ने अवस्था आउने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

देशैभर चामलको आयात गर्नुपर्ने भए पनि नवलपुरबाट भने अन्य जिल्लामा पठाउने गरी उत्पादन हुने गरेको उनले बताए । चैते धान उत्पादनमा भएको वृद्धिले आयातित धानको प्रतिस्थापन गर्नुका साथै खाद्य सुरक्षामा टेवा पु¥याएको लामिछानेले बताए । चैते धानको प्रवद्र्धनका लागि जिल्लाको गैँडाकोट नगरपालिकाको वडा नम्बर ११ र १२ को भेँडाबारी, बुलिङटार गाउँपालिका–३ र कावासोती नगरपालिका–१७ को ढोकी फाँटमा ब्लकमार्फत चैते धान खेती भइरहेको छ । 

ब्लकअन्तर्गत गैँडाकोटको भेँडाबारीमा २६० हेक्टर क्षेत्रफल, कावासोतीको ढोकी फाँटमा ५०० हेक्टर क्षेत्रफल र बुलिङटारमा १५० हेक्टर क्षेत्रफलमा चैते धान खेती भइरहेको भन्दै लामिछानेले जिल्लाका अन्य क्षेत्रमा पनि चैते धान प्रवद्र्धनको छुट्टै कार्यक्रम भैरहेको जानकारी दिए । जिल्लामा चैते धानको रुपमा हर्दिनाथ, चैते ५, टाइचिनसहित अन्य स्थानीय जातका धानको खेती गरिएको छ । 

त्यस्तैगरी वर्षे धान रोप्नका लागि तयारी भइरहेको भन्दै लामिछानेले अहिले कृषकलाई धानको बिउ राख्ने चटारो भइरहेको बताए । चैते धान १२ सय हेक्टरमा लगाइएको भए पनि वर्षे धान भने २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइने गरेको पाइन्छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको कुल खेतीयोग्य भूमिको करीब ५६ प्रतिशत भागमा सिँचाइ सुविधा पुगेकाले समेत समयमा नै वर्षे धान रोप्न सकिन्छ । जिल्लामा ४९ हजार हेक्टर खेतीयोग्य जमीन रहेको भन्दै लामिछानेले २० हजार ७३० हेक्टर क्षेत्रफलमा मात्रै वर्षे धान लगाइने गरेको केन्द्रले जनाएको छ । 

भूमिगत सिँचाइ तथा नहर र कुलोमार्फत सिँचाइ पु¥याइएको भन्दै लामिछानेले वर्षाको समयमा मात्रै पनि पानीको सुविधा हुने ठाउँमा समेत धान खेती हुने गरेको बताए । जिल्लाका सबै स्थानमा गुणस्तरीय वर्षे धानको बिउ बिक्री वितरण भइरहेको लामिछानेले बताए । सरकारले सिफारिस गरेको धानको बिउ स्थानीय कृषि सहकारी संस्थामार्फत कृषकले लैजाने गरेका भन्दै प्रलोभनमा परेर जथाभावी बिउ खरीद नगर्न लामिछानेले आग्रह गरे । 

जिल्लाका लागि रामधान, हर्दिनाथ, सावित्री, सुख्खा ३, सावा मन्सुली जस्ता वर्षे धानका बिउहरु सिफारिस भएका छन् । लामिछानेले सूचीकृत बिउ बिक्री वितरणबारे एग्रोभेटहरुमा अनुगमन गरिएको बताए । भारतबाट आएका हाइब्रिड जातका बिउ प्रयोग गर्दा कृषि अधिकृतहरुसँग सल्लाह लिएर मात्रै प्रयोग गर्न पनि कृषि ज्ञान केन्द्रले किसानहरुसँग आग्रह गरेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending