भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा एक बिरामीका पेटबाट ३५ किलोको मासुको डल्लो (ट्युमर) निकालिएको छ । बिगत एक वर्षदेखि पेटमा समस्या झेल्दै आउनु भएका ३२ वर्षीया कुसुम लामाको पेटबाट शल्यक्रिया गरी आइतबार साँझ ट्युमर निकालिएको हो ।
अस्पताल प्रशासन प्रमुख राजाराम तजलेका शल्यक्रियामा चिकित्सकहरु सृष्टि प्रजापति, उषा बादे श्रेष्ठ, अनिसा श्रेष्ठ, रञ्जना मण्डल, र देवकी गुभाजुलगायतको टोली रहेको जानकारी दिए । सो टोलीले दुई घण्टा लगाएर शल्यक्रिया गरेको जनाइएको छ ।
यसअघि पनि अस्पतालमा जटिल रोगको शल्यक्रिया गर्दै आए पहिलो पटक ठूलो ट्युमर सफलतापूर्वक निकालिएको जनाइएको छ । आर्थिक अवस्था कमजोर भएको र लकडाउनका कारण अस्पतालमा नियमित परीक्षणमा आउन नसकेपछि कारण रोग पालेर बसिरहेकी लामाको समयमै उपचार हुन नसक्दा ट्युमर बढेर ठूलो भएको चिकित्सकको भनाई छ ।
बिरामीका आफन्तले शल्यक्रिया शुल्क रु ३० हजार सहित करिब रु ७० हजार तिर्न नसकेको गुनासो गर्दै सहयोग गर्न आग्रह गरेका छन् । अस्पतालले सक्नेजति छुट गर्नेबारेमा छलफल भइरहेको जनाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८१ - १६:३४
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विद्यालय शिक्षा विधेयक पारित भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याहरु समाधान हुने विश्वास ...
चैत्र १ गते, २०८१ - १५:३८
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत १८ गते हुने भएको छ । विश्वविद्यालयले शुक्रबार स्ववियु निर्वाचन कार्यता...
चैत्र १ गते, २०८१ - १५:३५
मुस्ताङ । पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उत्तरी कोरला नाका निकै चर्चामा छ । कोरला ...
चैत्र १ गते, २०८१ - १५:२२
बाँके । बाँकेको बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते भएका छन् भने प्रहरी टोलीले ५० जनालाई नियन्त्रणमा लिएको छ। डुडुवास्थित जयेन्दु बालसुधार गृहमा गए...
चैत्र १ गते, २०८१ - १५:१९
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले सुशासन, रोजगारीलगायत विषय केन्द्रित देशव्यापी समाजवादी अभियान सुरु गरेको छ । आगामी वैशाख २२ गत...
चैत्र १ गते, २०८१ - १५:१७
काठमाडौँ । सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ। ...
चैत्र १ गते, २०८१ - ०९:५५
काठमाडौं । निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३० राजनीतिक दलको कारबाही प्रक्रिया अगाडि बढाएको छ । कानुनले तोकेको समयसीमाभित्र ८९ राजनीति...
चैत्र १ गते, २०८१ - ०९:५५
काठमाडौं । निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३० राजनीतिक दलको कारबाही प्रक्रिया अगाडि बढाएको छ । कानुनले तोकेको समयसीमाभित्र ८९ राजनीति...
चैत्र १ गते, २०८१ - ०९:५१
काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा बसोबास गर्ने १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीहरूको अवस्थाको समीक्षा गरेका छन...
चैत्र १ गते, २०८१ - ०९:५१
काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा बसोबास गर्ने १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीहरूको अवस्थाको समीक्षा गरेका छन...
प्रतिकृया लेख्नुहोस्: