काठमाडौँ । तीन हजार बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गरेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक अन्तिम समयमा भने दोहोरो अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आजको शुरुआती कारोबारमा नेप्सेले तीनहजार बिन्दु छोएको थियो । यो हालसम्मकै उच्च थियो । पुनः बजार सम्हालिएर १३.५६ बिन्दुले नेप्से घटी दुई हजार ९४६.५८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूच्क २.८३ बिन्दुले घटेर ५२५.२८ मा झरेको छ । कूल २२१ कम्पनीको तीन करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर रु १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ मूल्यमा खरिद बिक्री भए ।
बुधबारको कारोवार पछि बजार पूँजीकरणमा सामान्य गिरावट आएको छ । नेप्सेका अनुसार आजको बजार पूँजीकरण रु ४० खर्ब ९० अर्ब ७४ करोड ३५ लाख १० हजार बराबर रहेको छ ।
कारोवार भएका कूल १३ उपसमूह मध्ये आज छ उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार ७८.९३, वित्त ४७.३८, निर्जीवन बीमा ३९, उत्पादन २३७.४६, जीवन बीमा २९.१२ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले उकालो लागेको छ ।
कारोवारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ८७ करोड ९४ लाख ९० हजार १०७ बराबरको कारोवार भयो । यस्तै, पुनरबीमा कम्पनी रु ६१ करोड ८० लाख ३८ हजार ३९३, नेपाल इन्स्योरेन्स कम्पनी रु ५१ करोड छ लाख ७१ हजार १५२, लुम्बिनी विकास बैंक रु ४८ करोड २८ लाख ९८ हजार २१९ र युनाइटेड मोदी रु ४७ करोड १४ लाख बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
यस्तै, नेपाल इन्स्योरेन्स र युनाइटेड मोदीका लगानीकर्ताले समान ९.९५ प्रतिशतले कमाउँदा रिडी हाइड्रोपावर ९.९२, अरुण भ्याली हाइड्रोपावर ९.८६ र सिइडिबि हाइड्रोपावरका शेयरधनीले ९.८६ प्रतिशतले आर्जन गरे ।
त्यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावर ९.८८, महालक्ष्मी विकास बैंक ६.३७, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ६.१५, मितेरी डेभलपमेन्ट बैंक ५.९७ र गरिमा विकास बैंकका लगानीकर्ताले ५.६३ प्रतिशतले गुमाएका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...
चैत्र ४ गते, २०८२ - २१:१३
काठमाडौं । अष्ट्रेलिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका–३२ बस्ने ५५...
चैत्र ४ गते, २०८२ - २१:१०
काठमाडौं । देशका विभिन्न जिल्लामा गरिएको छुट्टाछुट्टै कारबाहीमा अवैध लागूऔषधसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवनको भरतपुर महानगरपालिका–१ प...
चैत्र ४ गते, २०८२ - २१:०७
काठमाडौं । यात्रुहरूको गुनासोका आधारमा २०८२ चैत ४ गते काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा विशेष चेकजाँच गरिएको छ। चेकजाँचका क्रमम...
चैत्र ४ गते, २०८२ - २१:०३
काठमाडाैँ । रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल हमला’ भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मा...
चैत्र ४ गते, २०८२ - २०:४०
सिन्धुली । हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेको छ। गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो। यहाँका किसा...
चैत्र ४ गते, २०८२ - २०:२३
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्...
चैत्र ४ गते, २०८२ - २०:२०
बागलुङ । बागलुङमा बोलेर जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु ३ च ५१५० नम्बर को ...


प्रतिकृया लेख्नुहोस्: