चितवन । कारागार कार्यालय चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिएका छन् । कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर जिल्ला अदालतबाट १४, चितवन जिल्ला अदालतबाट ६३ र मकवानपुरबाट एक जना कैद सजाय र पुर्पक्षका लागि पठाइएका हुन् ।
कोरोना कहरका कारण स्थानीय प्रशासनले गत वैशाख १७ गतेदेखि गरेको निषेधाज्ञाका समयमा सो सङ्ख्यामा कैदीबन्दी थपिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार थपिनेमा चितवनका मध्ये लागूऔषधका २३, जबर्जस्तीकरणीका १४, सवारी ज्यान मुद्दाका १२ र चोरी मुद्दाका सात जना रहेका छन् । यस्तै खोटा चलानका चार, काठ तस्करका तीन, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार, सरकारी कागाजात किर्ते र कर्तव्य ज्यानका दुई/दुई, जिउ मास्ने बेच्ने एक तथा गैँडा तस्कर एक जना रहेका छन् ।
यस्तै नवलपुर जिल्ला अदालतबाट आएकामध्ये सबैभन्दा धेरै लागूऔषध मुद्दाका रहेका छन् । लागूऔषध मुद्दामा चार, जबर्जस्तीकरणीमा तीन, सवारी ज्यानमा दुई र बहुविवाहका दुई जना रहेका छन् । काफ्लेका अनुसार बैंकिङ कसुर, भ्रष्टाचार र डाँका मुद्दाका एक/एक जना रहेका छन् ।
मकवानपुरबाट लागूऔषध मुद्दाका एक जनालाई कारागार कार्यालय चितवन पठाइएको छ । सोही समयावधिमा कार्यालयबाट ६२ जना छुटेका छन् । गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते राष्ट्रपतिबाट आम माफी पाएका १६ र अन्य कैद भुक्तान गरेर र अदालतबाट मुद्दा फैसला भएर छुटेका हुन् ।
यस समयमा कारागार आएका कैदीबन्दीलाई कारागारभित्रै १५ दिन क्वारेन्टिनमा राख्ने गरिएको छ । क्वारेन्टिनका लागि भित्र छुट्टै कोठाको व्यवस्था गरिएको उहाँले बताउनुभयो । अहिले कारागार कार्यालय चितवनमा ६७५ कैदीबन्दी रहेका छन् । पच्चीस जनाको क्षमता रहेको महिला बन्दीगृहमा ५२ र २५५ जना क्षमताको पुरुष बन्दीगृहमा ६२३ कैदीबन्दी रहेका छन् । कारागारमा तीन आश्रित बालिका रहेका छन् ।
निषेधाज्ञामा १५ मुद्दा फैसला
निषेधाज्ञाको समयमा चितवन जिल्ला अदालतले १५ वटा मुद्दाको फैसला गरेको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा भएका ६६ वटा मुद्दाको थुनछेकका क्रममा सो सङ्ख्यामा फैसला भएको हो ।
अदालतको तहसिलदार पुरुषोत्तम पौडेलका अनुसार अदालतले अभियोगका साथ पेश भएका सरकारवादी फौजदारी मुद्दा मात्रै हेरेको थियो । उहाँका अनुसार सो समयमा ८४ वटा मुद्दामा थुनछेक आदेश भएको छ भने एउटा मुद्दा प्रक्रियाकै क्रममा रहेको छ । थुनछेक आदेश हुनेमा एउटा बन्दीप्रत्यक्षीकरणको रिटसमेत रहेको उहाँले बताउनुभयो । बन्दी प्रत्यक्षीकरणको मुद्दासहित १५ वटा मुद्दाको फैसला भएको हो ।
निषेधाज्ञाका कारण सेवाग्राहीहरु अदालतसम्म आउन कठिन भएकाले अन्य मुद्दा दर्ता हुन नसकेको उहाँको भनाइ छ । स्थानीय प्रशासनले वैशाख १७ गतेदेखि लगाएको निषेधाज्ञा जारी राखेको छ । सो समयमा जिल्लामा अधिकांश लागूऔषधका मुद्दा दर्ता भएको उहाँले जानकारी दिनुभयो । लागूऔषधका २१ मुद्दामा ३९ जना, सवारी ज्यानका १६ मुद्दामा १६ जना, जबर्जस्तीकरणीका चार मुद्दामा चार जना र दुई करणी उद्योगका मुद्दामा २ जना रहेका छन् । यस अवधिमा प्रहरीले विभिन्न मुद्दामा गरी ९७ जना प्रतिवादीलाई पक्राउ गरी अदालत पेश गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...




प्रतिकृया लेख्नुहोस्: