काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीमा उपचार सुरु भएको छ । खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचार सुरु भएको छ ।
भारतस्थित नेपालका लागि राजदूत निलाम्बर आचार्यले खनालको उपचार प्रक्रिया अघि बढेको सामाजिक सञ्जालमा जानकारी दिएका छन् । 'उपचारको नेतृत्व गरिरहेका डाक्टरसित भेटघाट र स्वास्थ्यस्थितिबारे कुराकानी भयो ,'आचार्यले ट्वीट गरेका छन्' उहाँको शीघ्र सफल उपचारको विश्वास छ र पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना छ ।'
उनलाई आज साढे १२ बजे नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली लगिएको हो । उनलाई दिल्लीस्थित एपोलो अस्पताल पुर्याइएको छ ।
जेष्ठ ३१ गतेदेखि काठमाडौंस्थित नर्भिक अस्पतालमा खनाल भर्ना भएका थिए । अस्पतालमा भर्ना भएसँगै अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ ।
ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि जेष्ठ ३१ बिहान थापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए ।
उनलाई वार्डमा अक्सिजनको सपोर्टमा उपचार गरिएको थियो । नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको थियो ।
उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार उनको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८१ - १६:२५
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको तयारी थालेकोे छ । आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविल...
पौष ११ गते, २०८१ - १५:५७
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ सँगको सम्बन्धमा फाटो ल्याउन भ्रम छरिएको बताएका ...
पौष ११ गते, २०८१ - १५:५३
काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। ...
पौष ११ गते, २०८१ - १५:५०
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमाखाता रहेका ग्राहकहरुलाई काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको...
पौष ११ गते, २०८१ - १५:३५
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको “चेम्बर एक्स्पो २०२५”को आयोजनागर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ १७देखि २१ गते सम्म ५ ...
पौष ११ गते, २०८१ - १५:२७
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से ४.१९ अंकले बढेर २६३०.७१ विन्दुमा पुगेको हो। आज नेप्से ०.१५ प्रति...
पौष ११ गते, २०८१ - १५:०१
धनकुटा । पछिल्लो सममय धनकुटाका किसानले व्यावसायिक सुन्तला खेती गरेर मनग्य आम्दानी लिन थालेका छन् । केही वर्ष अघिसम्म बाँझो रहेको जमिनमा सुन्तला खेती ...
पौष ११ गते, २०८१ - १४:३४
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जना युवतीसहित दुई जनालाई पक्राउ गरेको छ । घटनाको जानका...
पौष ११ गते, २०८१ - १४:३०
म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका ३ पिप्लेमा टिप्पर दुर्घटना हुँदा चालक र सहचालको मृत्यु भएको छ । राहुघाट हाइड्रोपावरमा अडिट ३ बाट अडिट २ तर्फ ...
पौष ११ गते, २०८१ - १४:३०
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जना युवतीसहित दुई जनालाई पक्राउ गरेको छ । घटनाको जानका...
प्रतिकृया लेख्नुहोस्: