Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार राष्ट्रपतिलाई बाहेक अरुलाई छैन : प्रधानमन्त्री ओली

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्धको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन्।

जेठ २८ गते प्रतिनिधि सभा विघटनको कारण देखाउ आदेश जारी गर्दै सर्वोच्च अदालतले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई सात दिनभित्र लिखित जवाफ बुझाउन भनेको थियो। सर्वोच्चले आदेश जारी गरेको सातौं दिनमा प्रधानमन्त्री ओलीले बिहीबार महान्यायाधीवक्ताको कार्यालयमार्फत् जवाफ पठाएका हुन्।

उनले प्रधानमन्त्री नियुक्ति नितान्त राजनैतिक र कार्यपालिकी प्रक्रिया भएको भन्दै प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार राष्ट्रपति बाहेक कसैलाई नभएको दावी गरेका छन् । प्रधानमन्त्री ओलीले १८ बुँदे लिखित जवाफ पेश गर्दै भनेका छन्, ‘संविधानको धारा ७६ ले प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार राष्ट्रपति बाहेक कसैलाई दिएको छैन । धारा ७६ को उपधारा (५) वमोजिम नियुक्त नभएको कुनै व्यक्तिले प्रतिनिधिसभामा विश्वासको मत पाउने अवस्था थियो वा थिएन भनी परीक्षण प्रतिनिधिसभा वा अदालतमा हुने कुनै परिकल्पना गरेको छैन ।  

यस्ता छन् प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा पेश गरेका बुँदागत जवाफ :

संविधानको धारा ७४ मा नेपालको शासकीय स्वरूप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली भएको पलिकल्पना गरेको जिकिर गर्दै रिट निवेदकले दावी संविधान विपरित भएको उल्लेख छ । 

प्रधानमन्त्री ओलीले संविधानको धारा २६९ मा राजनीतिक दलको गठन, दर्ता र सञ्चालनसम्बन्धी व्यवस्था तथा संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले कुनै पनि सदस्यलाई दलको निर्णय विपरीत काम कारबाही गर्न छुट नदिएको जिकिर गरेका छन् । 

 उनले रिट निवेदनमा दाबी गरिएजस्तो संविधानको धारा ७६ को उपधारा (५) को अवस्थामा दलीय ह्वीप नलाग्ने कुरा संविधान र संविधानले स्थापित गरेको संसदीय शासन प्रणालीको आधारभूत मान्यता विपरीत हुने तर्क गरेका छन् । 

उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको उम्मेद्वारी प्रस्ताव गर्दा आफ्नो दललाई नियन्त्रण गर्ने अन्य दलललाई विभाजित गर्ने कुत्सित मनसाय राखिएको देखिएकोले भन्दै निवेदकको प्रस्ताव संसदीय प्रणाली र संविधान विपरित भएको जिकिर गरेका छन् ।

 रिट निवेदकले प्रस्ताव गरेअनुसार प्रधानमन्त्री नियुक्त भए एमाले  सत्तापक्ष वा विपक्ष कुन हुने भनि ओलीले प्रश्न उठाएका छन् । 

उनले आफुले संविधानमा व्यवस्था भए बमोजिम १५३ जनाको हस्ताक्षर सहित प्रधानमन्त्री नियुक्तिमा दावी गरिएको भए पनि राष्ट्रपतिले आफ्नो समेत प्रस्ताव अस्वीकार गरिएकोले त्यसको सम्मान गरेको दावी गरेका छन् । 

 प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति कार्यलयमा पेश भएको दुई जनाको उम्मेद्वारी राष्ट्रपतिबाट अस्वीकृत भएपछि उपधारा ७ बमोजिम  प्रधानमन्त्रीको जिम्मेवारी राष्ट्रपतिले आफ्नो काँधमा सुम्पिएकोले संविधान बमोजिम संसद विघटन गरेको दावी गरेका छन् । 

उनले रिट निवेदकाले भनेजस्तो धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत लिदा केही समय प्रधानमन्त्री भए पनि मुलुकलाई थप क्षति हुन सक्ने भएको आफुले विश्वासको मत नलिएको दावी गरेका छन् । 

ओलीले धारा ७६(५) बमोजिम जसपालै आफुलाई समर्थन गरेकोले १५३ जनाको समर्थन सहित राष्ट्रपति समक्ष दावी पेश गरेको जिकिर गरेका छन् । 

 उनले पुस ५ मा संसद विघटन गर्दा आफुले अदालत समक्ष पेश गरिएको दलील अहिले आएर पुष्टि भएको तर्क गरे । त्यति हुँदा पनि अदालतको फैसलालाई आफृुले सम्मान गर्दै तीन महिन संसदलाई क्रियाशिल बनाउने आफ्नो प्रयास असफल भएको जिकिर गरेका छन् । 

 उनले राजनीतिक हिसाबले कुनै परिणाम दिन नसक्ने संसद निरर्थक रहेको जिकिर गरेका छन् । यस्तो अवस्थाा निर्वाचनको कुनै विकल्प नभएको बताएका छन् । 

 उनले निर्वाचन नै सबैभन्दा अग्रगामी र लोकतान्त्रिक विधि भएको जिकिर गरेका छन् । 

उनले दोस्रो पटक भएको संसद विघटन सर्वोच्चको मंसिर ११ गतेको फैसला अनृुरुप भएको दावी गरेका छन् । 

 उनले जन अनुमोदनको लागि जनतामा जाने विषय राजनीतिक विषय भएको भन्दै आफ्नो कदमको बचाउन गरेका छन् । 

रिट निवेदकमा पाँच  जनाकोमात्र हस्ताक्षर भएकोले वेरितको निवेदन उपर कुनै सुनुवाइ हुन नसक्ने तर्क गरेका छन् । 

 रिट निवेदकले राष्ट्रपति कार्यलय देखि अदालत सम्म पेश भएको कागजातको तयारी, क्रियाकलाप असल नियतको साथ भएको मान्न नसकिने तर्क गरेका छन् । 

 रिट निवेदकले भनिएको जस्तो कोभिड–१९ को कारण निर्वाचनलाई कुनै असर नपर्ने दावी गरेका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE