Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८२ सोमबार | 12th May, 2025 Mon
Investment bank

मनाङको नाचैमा खाद्य सङ्कट

खबरडबली संवाददाता

मनाङ । मनाङको नासो गाउँपालिका –२ नाचैमा खाद्य सङ्कट भएको छ । असार ४ गते परेको भीषण वर्षाका कारण सबै क्षेत्रबाट सम्वन्ध विच्छेद भएपछि नाचैमा खाद्य सङ्कट आएको हो । 

नाचैमा खाद्य सङ्कटका कारण १ सय ८२ नागरिकलाई छाक टार्ने समस्या भएको छ । गत मङ्गलबार परेको वर्षासँगै मस्र्याङ्दीमा आएको बाढीपहिरोले नासो गाउँपालिकाको वडा नम्बर २ नाचै बाहेक आठै वडा पूर्णरुपमा क्षति पुर्‍याएको छ । 

बाढीपहिरो पीडितका लागि त विभिन्न निकायबाट खाद्यान्नको व्यवस्था भइरहेको छ । तर, सुरक्षित रहेको नाचैका नागरिक बाढीपहिरो होइन खाद्यान्न पीडित हुन पुगेको वडा नम्बर – २ का वडाध्यक्ष भीमबहादुर गुरुङले बताए ।

वडाध्यक्ष गुरुङले भने, 'छिमेकी वडाहरु बाढीपहिराले क्षतिग्रस्त छन्, एक स्थानबाट अर्को स्थानमा जान सम्भव नै छैन, नाचैका नागरिक नाचैमा मात्र सीमित छ, दैनिक उपभोग्य वस्तुसामग्री ढुवानी गर्न पाएको छैन, भएको खाद्यान्न सकिदै गयो, नाचै खाद्य संकटमा पर्‍यो ।'

खाद्यान्न ढुवानीका लागि वर्षाले बाटोघाटो प्रभावित हुँदा नाचै क्षेत्रका बासिन्दा अहिले खाद्य सङ्कटको चपेटामा परेका हुन् । हातमा पैसा हुँदासमेत यहाँका नागरिकले खाद्यान्न किन्न नपाउने अवस्था सिर्जना भएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हर्क साम्पाङ लोकतन्त्रमा फुलेको सुन्दर फूल हाेः अध्यक्ष प्रचण्ड

धरान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले किराँती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद...

शेयर बजार ओरालाे लाग्दा साढे ११ अर्ब माथि काराेबार

काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक १२ दशलमव ०४ अंकले घटेर २,६६१ को विन्दुमा कायम भएक...

शेयर बजार ओरालाे लाग्दा साढे ११ अर्ब माथि काराेबार

काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक १२ दशलमव ०४ अंकले घटेर २,६६१ को विन्दुमा कायम भएक...

अब कोशीको नाम किरात, लिम्बुवान् र कोच समेटेर राख्छौँः अध्यक्ष प्रचण्ड

सुनसरी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेले आफूहरूले बहुमत ल्याए कोशी प्रदेशको नाम फेरेर पहिचानको आधारमा राख्ने उद्घोष गरेक...

श्रीलङ्कामा बस दुर्घटना हुँदा २१ तीर्थयात्रीको मृत्यु, १४ जनाको अवस्था गम्भीर

काठमाडौं । श्रीलङ्काको कोटमाले क्षेत्रमा तीर्थयात्री चढेको बस भीरबाट खस्दा २१ जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको दुर्घटनामा अन्य १४ जना गम्भीर घा...

पत्रकार दुर्घटना बिमालाई थप विस्तार गर्न प्रेस सेन्टर नेपालको माग

युवराज कार्की (सन्ताेष) उदयपुर। स्थानीय सञ्चारमाध्यमको दर्ता तथा नविकरण प्रक्रियालाई सरल बनाउन प्रेस सेन्टर नेपालले माग गरेको छ । प्रेस सेन्टर नेपा...

वार्षिक दुई करोडको तरकारी उत्पादन, ३८ जनालाई रोजगारी

दाङ । घोराही उमहानगरपालिका–१० नारायणपुरमा तरकारीखेती गरेका रोल्पाको रुन्टीगढी गाउँपालिका–७ गैराका महेन्द्र खड्काले स्थानीय ३८ जनालाई रोजगारी दिएका छन्...

युद्धविरामपछि सामान्य बन्दै जम्मूको जनजीवन

काठमाडौं । आइतबार बिहान जम्मूमा अवस्था सामान्य देखिएको छ । मानिसहरू घरबाट बाहिर निस्किए, केही पसलहरू खुले र सडकहरूमा आवतजावत सुरु भएको छ । गत शनिबा...

प्रतिनिधि सभा बैठक प्रत्यक्ष प्रसाण

150

बंगलादेशमा शेख हसिनाको पार्टीलाई प्रतिबन्ध

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले गत वर्षको जनविद्रोहमा अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाको अवामी लिगका सबै गतिविधिमा प्रतिबन्ध लगाएको छ । सरका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending