Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

धार्मिक पर्यटन मार्फत गण्डकीको समृद्धि : मुख्यमन्त्री पाण्डे

खबरडबली संवाददाता

म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक पर्यटन मार्फत गण्डकीको आर्थिक समृद्धि हासिल गर्न सकिने विचार व्यक्त गरेका छन् । गण्डकी प्रदेशमा प्रशस्त धार्मिक स्थलहरु भएकाले प्रवर्द्धन र प्रचारप्रसार गरेर धार्मिक पर्यटक भित्र्याउन सकिने उनको भनाइ थियो ।

आइतबार बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वरामा आयोजित गोबर्धन महायज्ञको अवलोकन गर्न आएका मुख्यमन्त्री पाण्डले गण्डकी प्रदेशमा रहेका धार्मिक स्थलको प्रवर्द्धन र प्रचारप्रसार गरी धार्मिक पर्यटक भित्र्याएर प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने धाराणा व्यक्त गरे । 

प्रदेश भित्र रहेका मुख्य धार्मिक स्थलमा पूर्वाधार निर्माण र प्रवर्धनमा प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको मुख्यमन्त्री पाण्डेले बताए । धार्मिक स्थलको प्रचारप्रसार र प्रवर्धनका लागि स्वामी कमलनयन गुरुले चालेका प्रयासलाई प्रदेश सरकारको पनि साथ र सहयोग रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेले भने, ‘‘गण्डकी प्रदेशमा धार्मिक पर्यटनको उच्च सम्भावना छ । धार्मिक स्थलहरुको प्रचारप्रसार गरी  स्वदेशी तथा विदेशी धार्मिक भक्तजन ल्याउन सकिन्छ । धार्मिक स्थललाई पर्यटनसँग जोड्ने गरी प्रदेश सरकारले केही योजना र कार्यक्रम पनि बनाएको छ । धार्मिक स्थलमा धार्मिक पर्यटक एवम् भक्तजन सहज रुपमा पुग्ने अवस्था सिर्जना गर्न प्रदेश सरकारले सडक निर्माणलाई प्राथमिकता दिएको छ ।’’

मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्संकल्प र नेतृत्वमा यही वैशाख १५ देखि  संचालित महायज्ञ ३० गतेसम्म संचालन हुनेछ । धार्मिक पर्यटन प्रवर्धन, योग, साधना तथा सनातन संस्कृतिको संरक्षण तथा विभिन्न धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण गर्ने उद्देश्यले महायज्ञ संचालन गरिएको कमलनयनाचार्यले बताए । 

गौश्वरा गोवर्द्धन गौ धाम समितिका अध्यक्ष डम्बरबहादुर खत्रीले महायज्ञमार्फत् गौश्वरालाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्य रहेको बताए । महायज्ञमा  संकल्पकर्ता  श्रीमुक्तिनाथबाबा र प्रमुख बाचक आचार्य श्रीसुशर्दनबडालले दैनिक रुपमा धार्मिक प्रवचन दिएका छन् । महायज्ञमा म्याग्दी,पर्वत र बागलुङ लगायतका जिल्लाहरुबाट दैनिक रुपमा धार्मिक भक्तजनहरु पुगेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending