काठमाडौँ । उच्च अदालत पाटनले रु १५ लाख जरिवाना ठहर गरेपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १५ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–७ का ५९ वर्षीय लाक्पा लामालाई आज पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ ९ को फैसलापछि सात दिन कैद र बिगोबमोजिम रु १५ लाख जरिवानापछि फरार रहेका लामालाई आज काठमाडौँको चक्रपथबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ लामाले आफ्नो जनता बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।
उच्च अदालतले लामालाई बैंकिङ कसुर तथा सजाया ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो ।
पक्राउ परेका लामालाई फैसला कार्यान्वयनको लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ५ गते, २०८१ - १४:२५
ढोरपाटन । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा ...
आश्विन ५ गते, २०८१ - १४:२१
काठमाडौं । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले आज जिल्लाका विभि...
आश्विन ५ गते, २०८१ - १४:०९
दाङ । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर ...
आश्विन ५ गते, २०८१ - १४:०८
काठमाडौं । सहकारी छानविन प्रकरणमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन ...
आश्विन ५ गते, २०८१ - १३:५८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सदन अवरोधलाई जारी राख्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक...
आश्विन ५ गते, २०८१ - १३:४७
भक्तपुर । भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्दा मैले नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदाको गहिरो अनुभव गरें । यो क्षेत्र साँच्चै नेपालकै गौरवशाली धरोहर...
आश्विन ५ गते, २०८१ - १३:४४
विराटनगर । कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कोशी प्रदे...
आश्विन ५ गते, २०८१ - ११:४१
काठमाडौं । नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वप...
आश्विन ५ गते, २०८१ - ११:४०
काठमाडौँ । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ब्रेकअपपछि पनि निरन्तर फिल्ममा सहकार्य गर्दै आइरहेका छन् । हालै फिल्म ‘भाइरल गोर्खे’ मा ...
आश्विन ५ गते, २०८१ - ११:३६
काठमाडौँ । आन्ध्र प्रदेशको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पाइने लड्डुलाई लिएर विवाद बढ्दै गएको छ । प्रसादको लड्डूमा जनावरको बोसो मिसाइएको दाबी ...
प्रतिकृया लेख्नुहोस्: