काठमाडौँ । दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोवार तथा जुवातास सट्टेबाजीमा संलग्न रहेको अभियोगमा चार चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौँ महानगरपालिका–१७ ज्याठास्थित जियाङ्यु खाजन होटलबाट गए राति पक्राउ परेका उनीहरूलाई आज प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँ बालुवाटार बस्ने चीन युनान प्रान्तका जिउ पियुचिङ, काठमाडौँ ठैटी बस्ने चीन हुबे प्रान्तका जिङविङ, हेनान प्रान्ताका निउ युङ र जुआङगदोञ्ज प्रान्तका पियुङ हुई रहेका छन् ।
काठमाडौँ महानगरपालिका–१७ ज्याठामा चिनियाँ नागरिक जम्मा भई सम्पत्ति हारजित हुने गरी जुवातास सट्टाबाजी खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको आज पत्रकार सम्मेलन गरी जनाइएको छ ।
सोही क्रममा दुर्भल वन्यजन्तुको अखेटोपहारको अवैध कारोवार र सम्पत्ति हारजित हुने गरी जुवातास सट्टाबाजी खेली खेलाइरहेको फेला परेको प्रहरीले जानकारी दिएको छ । उनीहरूको साथबाट नगद रु आठ लाख ८९ हजार, जुवातास खेल्न प्रयोग गरेको दुई थान विद्युतीय टेबल, जुवातास खेल्न प्रयोग हुने ४१० थान प्लाष्टिकको गोटी, सात थान मोबाइल, एक थान बाघको छालाजस्तो देखिने वस्तु, २० थान गाईको छालाजस्तो देखिने वस्तु र २० थान कस्तुरीको बिनाजस्तो देखिने वस्तु फेला परेको छ ।
यस्तै ९०० थान बुद्धचित्त, करिब २० किलो रुद्राक्ष, विभिन्न चिनियाँ बैंकको ३५ थान एटिएम कार्ड, २५० थान भौचर (लेखिएको), ६८ थान भौचर (नलेखिएको), दुई थान बाघको दाँतजस्तो देखिने वस्तु, दुई थान खुकुरी र एक थान तरबार पनि बरामद गरिएको छ । उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - २०:०९
निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा
माघ ९ गते, २०८२ - १९:५८
काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...
माघ ९ गते, २०८२ - १९:४३
अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?
माघ ९ गते, २०८२ - १९:११
जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...
माघ ९ गते, २०८२ - १९:०७
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...
माघ ९ गते, २०८२ - १८:५०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...
माघ ९ गते, २०८२ - १८:३५
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...
माघ ९ गते, २०८२ - १८:३१
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी




प्रतिकृया लेख्नुहोस्: