काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका पक्षमा दृढ रहेर नेताहरुलाई आन्दोलित गराइराख्न युवा विद्यार्थीको महत्वपूर्ण भूमिका रहने बताएका छन् । बुधबार पाँच दलीय गठबन्धन निकट विद्यार्थी संगठनका अध्यक्षहरूसँगको ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले विद्यार्थीहरुले परिस्थितिको सही मूल्याङ्कन गर्दा सही सूचना सम्प्रेषण हुने समेत बताए ।
प्रचण्डले केपी शर्मा ओली र आफूहरु कुनैपनि कोणबाट उस्तै नभएको स्पष्ट पार्दै विगतदेखिका नेपाली इतिहासका तथ्य र प्रमाणहरुले प्रष्ट गरेको बताए ।
‘सम्पूर्ण रुपमा आत्मसमर्पण गर्ने केपी शर्मा ओलीविरुद्ध विद्रोह गर्ने हामी र उनी उस्तै हुनै सक्दैन । २०१७ सालतिर केशरजंग रायमाझी सामन्तका पक्षमा लागे भने पुष्पलाल जनताको अधिकारका लागि लडे । दुबैलाई उस्तै भन्ने त ?’ प्रचण्डले प्रश्न गरे । उनले विद्यार्थीको प्रतिगमन विरोधी आन्दोलनमा आफूहरुको पूर्ण समर्थन रहेको भन्दै नेपाली जनतालाई आफ्नो सर्वभौम अधिकार प्रयोग गर्न नदिने डिजाइनको खलपात्र केपी ओली बनाइएको बताए । उनले ओली चारैतिर घेरामा परिसकेको भन्दै आफूहरु बलियो बन्दै गएको स्पष्ट पारे ।
प्रचण्डसँगको भेटमा विद्यार्थी नेताहरुले केपी ओलीको कुशासनको ठाउँमा सुशासनको अपेक्षा गरेको बताएका थिए । त्यसका लागि विद्यार्थीहरुले गर्ने अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भइदिन अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए । जनतामा छाएको निराशालाई आशामा परिणत गर्न नेताहरुले सार्वजनिक प्रतिवद्धता जनाउनुपर्ने विद्यार्थीहरुको आग्रह थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - २०:०९
निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा
माघ ९ गते, २०८२ - १९:५८
काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...
माघ ९ गते, २०८२ - १९:४३
अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?
माघ ९ गते, २०८२ - १९:११
जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...
माघ ९ गते, २०८२ - १९:०७
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...
माघ ९ गते, २०८२ - १८:५०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...
माघ ९ गते, २०८२ - १८:३५
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...
माघ ९ गते, २०८२ - १८:३१
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी




प्रतिकृया लेख्नुहोस्: