Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

वायुसेवा निगम सरकारी स्वामित्वमा नै रहिरहनुपर्छ : महाप्रबन्धक पौडेल

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पूर्णरुपमा सरकारको स्वामित्वमा नै रहिरहनुपर्छ भन्ने निगम व्यवस्थापनको धारणा कायम नै रहेको स्पष्ट पारेको छ ।

निगमलाई कम्पनी मोडलमा लगेर निजीकरण गर्न खोजेको भन्दै निगमका कर्मचारीले विरोध जनाउँदै सङ्घर्षमा उत्रेपछि उक्त विषयमा स्पष्ट गर्दै निगमले व्यवस्थापनका विभिन्न विकल्पमा छलफल मात्रै भएको स्पष्ट पारेको हो ।

निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै निगमलाई कम्पनी लिमिटेडमा रुपान्तरण गर्ने विषयमा सत्यतथ्य विषय सार्वजनिक गरेका छन् । निगम चरम आर्थिक सङ्कटमा गुज्रिरहेका सन्दर्भमा सरकारी स्वामित्वमा रहेको निगमलाई सवल बनाउन आर्थिक सहायताका लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा निगमले गरेको अनुरोधका सम्बन्धमा मन्त्रालयबाट निर्देशन प्राप्त भएको र सोहीबमोजिम अघि बढिएको जनाइएको छ ।

कोभिड महामारीका कारण निगमको व्यवसायमा गम्भीर असर परेको र सोका कारण विमान खरीदमार्फत भुक्तानी गर्नुपर्ने किस्ता रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई समयमा भुक्तानी गर्न नसकिएको र सरकारले आव २०७८/०७९ को बजेटमा नेपाल वायुसेवा निगमको सङ्गठन पुनःसंरचना गरी व्यावसायिक एवं प्रतिस्पर्धी बनाइने छ भनी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै खुला प्रतिस्पर्धाका माध्यमबाट रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया शुरु गरी निगमको शेयर पूँजी संरचना परिवर्तन गरी वृद्धि गरिने भनिएको छ । 'अर्थ मन्त्रालयका सचिवको अध्यक्षतामा विभिन्न पदाधिकारीको बैठकले २०७८/०७९ को बजेटको बुँदा न ४२७ अनुसार निगमको सङ्गठन पुनःसंरचना गरी व्यावसायिक एवं प्रतिस्पर्धी बनाई, खुला प्रतिस्पर्धाका माध्यमबाट रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया शुरु गर्ने र निगमको शेयर पूँजी संरचना परिवर्तन गरी वृद्धि गर्ने भन्ने नीतिगत व्यवस्थाबमोजिम आवश्यक अवधारणापत्रसहित कार्यान्वयन कार्ययोजना बनाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा २०७८ असार १५ गते भित्र पेश गर्ने, साथै निगमलाई कम्पनी मोडलमा रुपान्तरण गर्न यथाशीघ्र (डिउँ डिलिजेन्स अडिट)डिडिए गर्ने निर्णय भएको,' विज्ञप्तिमा भनिएको छ ।

साथै निगमको पुनःसंरचना गर्न निगमले प्रबन्धपत्र तथा नियमावलीको मस्यौदा तयार गरी लिमिटेड कम्पनीमा रुपान्तरण गर्न पर्यटन मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा असार १५ गतेभित्र पेश गर्ने निर्णय भएको थियो । कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगममा रहेको ऋण लगानीमा हाल लिँदै आएको व्याजदर र हर्जना सम्बन्धमा पुनःविचार गर्न निगमले दुवै कोषसँग आवश्यक समन्वय गरी चालू वर्षको व्याज दायित्व यकीन गर्ने निर्देशन दिइएको थियो ।

अर्थमन्त्रालयको उक्त निर्देशन कार्यान्वयन गर्न निगम सञ्चालक समितिको असार १० को बैठकले प्रबन्धपत्र तथा नियमावलीको मस्यौदा तयार गर्न सञ्चालक समितिका तीन सदस्य सम्मिलित उपसमिति गरी उक्त उपसमितिले तयार गरेको मस्यौदालाई नै अर्थ मन्त्रालयको निर्देशनअनुरुप पर्यटन मन्त्रालयमा पठाउन समितिको असार १३ को बैठकले व्यवस्थापनलाई निर्देशन दिएको र सोहीबमोजिम व्यवस्थापनले पर्यटन मन्त्रालयलाई उक्त मस्यौदा पठाएको महाप्रबन्धक पौडेलले जनाएका  छन् ।

उपर्युक्त विषयमा निगम सञ्चालक समितिले अर्थ मन्त्रालयको निर्देशनको पालना गरेको र व्यवस्थापनले निगमको सञ्चालक समितिबाट प्राप्त निर्देशनको पालना गर्ने कार्य गरेको तथा प्रबन्धपत्र तथा नियमावलीको मस्यौदाको विषय निगम व्यवस्थापनमा नपठाइएकाले निर्णय पालना गर्ने कार्य मात्र निगम व्यवस्थापन भएको स्पष्ट पारिएको छ ।

निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेपछि निगमका अगुवा कर्मचारी सङ्गठनले उक्त कदमको विरोध गर्दै गतशुक्रबारदेखि निगमका उच्च पदाधीकारीको कार्यकक्षमा तालाबन्दी गरेका थिए । प्रहरी प्रशासनको सहयोगमा मङ्गलबार साँझ कर्मचारीले लगाएको ताला खोलिएको थियो । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजीको जोश चुनावी मैदानमा, तर राजनीति अझै पुरुषप्रधान !

निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति

 काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...

सत्ता, हार र पुनरागमन: चुनावी मैदान नछाड्ने पाँच सदाबहार अनुहार

अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?

महेश बस्नेतविरुद्ध रास्वपाद्वारा धनुषामा प्रदर्शन

जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...

काठमाडौं–५ मा पुस्तान्तरणको चुनाव: हेभिवेट नेतामाथि नयाँ पुस्ताको चुनौती

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...

जनयुद्धमा आमाबुवा गुमाएका सन्दीप प्रचण्डसँग चुनावी मैदानमा

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...

रेशम चौधरीको उम्मेदवारी रद्द, अन्य उम्मेदवारविरुद्धको उजुरीमा आयोगले के गर्यो निर्णय ?

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...

एसबीआई बैंक लुटपाट प्रकरण: कीर्तिपुरबाट थप एक जना पक्राउ

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending