Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

आज यी ठाउँमा हुँदैछ भारी वर्षा

खबरडबली संवाददाता

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको छ । देशभर मनसुनी  वायुको  प्रभाव रहेको छ । देशभर सामान्यदेखि पुर्ण बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा  हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

देशका अधिकांश भूभागहरूमा सामान्यदेखि पूर्ण बदली भई प्रदेश १ का केही स्थानहरूमा मध्यम वर्षा भईरहेको छ । साथै प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही भूभागमा हल्का वर्षा भईरहेको छ । प्रदेश  १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा  मध्यमदेखि भारि वर्षा भई बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी र कर्णाली  प्रदेशका धेरै स्थानहरूमा तथा सुदूरपश्चिम  प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १ बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका का एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना रहेको देखिन्छ। त्यसैले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान  बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध छ ।

त्यस्तै आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २,  बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा  मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।लुम्बिनी, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार दिउँसो  देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चम प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा  मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । शनिबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा  मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजीको जोश चुनावी मैदानमा, तर राजनीति अझै पुरुषप्रधान !

निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति

 काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...

सत्ता, हार र पुनरागमन: चुनावी मैदान नछाड्ने पाँच सदाबहार अनुहार

अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?

महेश बस्नेतविरुद्ध रास्वपाद्वारा धनुषामा प्रदर्शन

जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...

काठमाडौं–५ मा पुस्तान्तरणको चुनाव: हेभिवेट नेतामाथि नयाँ पुस्ताको चुनौती

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...

जनयुद्धमा आमाबुवा गुमाएका सन्दीप प्रचण्डसँग चुनावी मैदानमा

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...

रेशम चौधरीको उम्मेदवारी रद्द, अन्य उम्मेदवारविरुद्धको उजुरीमा आयोगले के गर्यो निर्णय ?

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...

एसबीआई बैंक लुटपाट प्रकरण: कीर्तिपुरबाट थप एक जना पक्राउ

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending