Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

सर्वोच्च अदालतको फैसलापछि कसले के भने ?

प्रचण्डले भने - महत्वपूर्ण परिघटना

खबरडबली संवाददाता

काठमाडौं । फैसला जनभावनानुसार: सभामुख सभामुख

अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक रहेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘फैसला ऐतिहासिक छ । नेपालको संविधानले गरेको व्यवस्थाअनुसार नै फैसला आएको छ । जनभावनाको कदर भएको छ ।’  

ऐतिहासिक फैसला: कांग्रेस
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भन्दै स्वागत गरेको छ । प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्चको निर्णयपछि सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको फैसलालाई स्वागतयोग्य कदम भनेका हुन् ।  

फैसला त्रुटिपूर्ण तर स्वीकार गर्ने: एमाले
नेपाल कम्युनिस्ट पार्टी (एमाले) सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण भए पनि कार्यान्वयन गर्ने निष्कर्षमा पुगेको छ । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनासँगै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन फैसला गरेपछि बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको अनौपचारिक बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
 
महत्वपूर्ण परिघटना: दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसलालाई इतिहासमै एक महत्वपूर्ण परिघटनाका रूपमा लिएका छन् । उनले अदालतको फैसला नेपाल र नेपाली जनताको हितमा रहेका कारण इतिहासले सम्मान गर्ने पनि बताएका छन् ।  

फैसला स्वागतयोग्य: जसपा
जनता समाजवादी पार्टी ९जसपा०ले सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमलाई अदालतले फेरि एकपटक रोकेको जनाउँदै जसपाले फैसलाको स्वागत गरेको हो । राजधानी दैनिकबाट

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक...

लक्षित विद्यार्थीका लागि आठ अर्ब ६० करोड छात्रवृत्ति

काठमाडौँ। सरकारले लक्षित विद्यार्थीका लागि आठ अर्ब ६० करोड रकम विनियोजन गरेको छ ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसदमा आर्थिक वर्ष...

रासायनिक मल खरिदका लागि ३२ अर्व ४६ करोड रुपियाँ

काठमाडौं। सरकारले रासायनिक मल खरिदका लागि ३२ अर्व ४६ करोड रुपियाँ विनियोजन गरेको छ ।  अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट...

बाल पोषण भत्तामा दोब्बर वृद्धि

काठमाडौँ। सरकारले बाल पोषण भत्तामा दोब्बर वृद्धि भइ मासिक एक हजार रुपियाँ उपलब्ध गराउने घोषणा गरेको छ ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्...

शिक्षा क्षेत्रको सुधारका लागि दुईसय १८ अर्व ३० करोड

काठमाडौं। सरकारले शिक्षा क्षेत्रका लागि दुई सय १८ अर्व ३० करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।  अर्थमन्त्री डा। स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–...

खानेपानीको बजेट ३७ अर्व १७ करोड

काठमाडौँ । सरकारले देशभर खानेपानीको उचित प्रवन्धका लागि ३७ अर्व १७ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८...

नेपाल टेलिकमको ४४ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले नेपाल टेलिकम को बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/८४ को बजेट...

२५ प्रकारका औषधी स्वदेशमै उत्पादन गर्ने सरकारको योजना

काठमाडौं। सरकारले २५ प्रकारका औषधी बनाउन स्वदेशी कम्पनीलाई सक्षम बनाउने जनाएको छ ।  अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट स...

सरकारले ३१ वटा सरकारी निकाय खारेज गर्ने

काठमाडौँ। सरकारले विभिन्न ३१ वटा सरकारी निकाय खारेज गर्ने भएको छ । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत...

करका दरमा बृहत् पुनरावलोकन, व्यक्तिगत आयकर दर दश प्रतिशतले घट्यो

काठमाडौँ । सरकारले व्यक्तिगत आयकरको अधिकतम दरलाई दश प्रतिशत घटाएको छ ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसदमा आर्थिक वर्ष २०८३/८४ को...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending