Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

बिरामीमाथि सरकारको नयाँ कर प्रहार, निजी अस्पतालमा उपचार गर्दा अब ३ प्रतिशत थप शुल्क

खबरडबली संवाददाता

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी अस्पताल तथा स्वास्थ्य संस्थाबाट सेवा लिने बिरामीमाथि नयाँ करको भार थपेको छ। अब निजी अस्पतालमा उपचार गराउने बिरामीले अस्पतालको शुल्कसँगै अतिरिक्त ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ पनि तिर्नुपर्ने भएको छ।

आर्थिक विधेयकको अनुसूची–८ मा गरिएको व्यवस्थाअनुसार निजी क्षेत्रबाट सञ्चालित अस्पताल, क्लिनिक, नर्सिङ होम तथा अन्य स्वास्थ्य संस्थाले बिरामीबाट असुल गर्ने सबै प्रकारका सेवा शुल्कमा ३ प्रतिशतका दरले स्वास्थ्य समता शुल्क उठाउनुपर्नेछ। यो शुल्क अस्पतालले बिरामीलाई उपलब्ध गराउने बिलमै छुट्टै उल्लेख गरी असुल गर्नुपर्ने व्यवस्था गरिएको छ।

यस व्यवस्थापछि निजी अस्पतालमा उपचार गराउने सर्वसाधारणको खर्च स्वतः बढ्ने भएको छ। उदाहरणका लागि कुनै बिरामीको उपचार खर्च ५० हजार रुपैयाँ भए उसले थप १ हजार ५ सय रुपैयाँ स्वास्थ्य समता शुल्क तिर्नुपर्नेछ। एक लाख रुपैयाँको उपचारमा भने थप ३ हजार रुपैयाँ शुल्क लाग्नेछ।

सरकारले उठाइएको रकम प्रत्येक चौमासिक अवधि समाप्त भएको २५ दिनभित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ। अस्पताल वा सेवा प्रदायक संस्थाले बिरामीबाट शुल्क उठाएर पनि सरकारलाई नबुझाए कडा कारबाहीको व्यवस्था गरिएको छ।

विधेयकअनुसार तोकिएको समयभित्र शुल्क दाखिला नगर्ने संस्था वा व्यक्तिलाई बाँकी रकममा वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्नेछ। त्यस्तै, विवरण पेस नगरेमा प्रति विवरण एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।

कर छली गरेको पाइएमा कर अधिकृतले आफैँ शुल्क निर्धारण गर्न सक्ने अधिकार पाउनेछन्। त्यसरी कर छली प्रमाणित भएमा निर्धारण गरिएको शुल्कको थप २५ प्रतिशत रकम जरिवानासमेत लगाउन सकिने व्यवस्था गरिएको छ। यद्यपि, कारबाहीअघि सम्बन्धित संस्था वा व्यक्तिलाई आफ्नो सफाइ पेस गर्न १५ दिनको समय भने दिनुपर्नेछ।

सरकारले स्वास्थ्य क्षेत्रमा समान पहुँच र स्रोत व्यवस्थापनलाई आधार बनाएर नयाँ शुल्क लागू गरेको दाबी गरे पनि यसको प्रत्यक्ष भार भने बिरामीकै काँधमा पर्ने देखिएको छ। महँगो बन्दै गएको निजी स्वास्थ्य सेवामाथि थप कर लागेपछि उपचार खर्च झन् बढ्ने भन्दै सर्वसाधारण तथा स्वास्थ्य क्षेत्रबाट मिश्रित प्रतिक्रिया आउन थालेको छ।

स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा नयाँ कर थपिएसँगै बिरामीले उपचारसँगै अतिरिक्त आर्थिक बोझ पनि बेहोर्नुपर्ने अवस्था सिर्जना भएको छ। अब निजी अस्पतालको बिलमा औषधि, परीक्षण र उपचार शुल्कसँगै ‘स्वास्थ्य समता शुल्क’ पनि नियमित रूपमा देखिनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिक्टा आयोजनालाई दुई अर्ब ५५ करोड बजेट

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई आगामी आर्थिक वर्ष २०८३/८४ मा बजेट सिलिङ बढेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्ल...

‘ढुक्क हुनुस् !’ भन्दै रहस्यमय स्ट्याटसपछि फेरि चर्कियो बालेन मौनता विवाद

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह लामो समयदेखि सार्वजनिक रूपमा मौन देखिएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। उनी पछिल्ला केही समयदेखि कुनै प...

तृषित मन’ हाइकु–सेन्यु सङ्ग्रह लोकार्पित, ९५८ लघु रचनासहित पाठकमाझ

काठमाडौं । कविताको लघुतम विधा हाइकु र सेन्युमा आधारित ‘तृषित मन’ नामक कृति लोकार्पण गरिएको छ। ६६ वर्षीय हाइकुकार प्रदीप केसी (सञ्जेल) द्वारा लिखित उक्...

नयाँ सरकार, पुरानै शैली: बजेटमा नारै–नाराको खेती

‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’देखि ‘भिजिट नेपाल २०८५’ सम्म, बजेटमा घोषणा धेरै तर कार्यान्वयनमाथि पुरानै प्रश्न

रास्वपा सरकारको पहिलो बजेट : कसले के पायो, कसको भागमा के पर्‍यो ?

बालबालिकादेखि वृद्धसम्म, किसानदेखि कर्मचारीसम्म, मध्यम वर्गदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीसम्म—बजेटले धेरैलाई सम्बोधन गर्‍यो, तर शिक्षा र स्वास्थ्

आज देशभरी चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्...

बिरामीमाथि सरकारको नयाँ कर प्रहार, निजी अस्पतालमा उपचार गर्दा अब ३ प्रतिशत थप शुल्क

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी अस्पताल तथा स्वास्थ्य संस्थाबाट सेवा लिने बिरामीमाथि नयाँ करको भार थपेको छ। अब निजी अस्पतालम...

बोर्डिङ पढाइ अब झन् महँगो ! बालेन सरकारले ब्युँतायो १६ वर्षअघि विवादित शैक्षिक कर

निजी विद्यालयको सबै शुल्कमा ३ प्रतिशत ‘शिक्षा समता शुल्क’, अभिभावकले तिर्नुपर्ने अतिरिक्त रकम सीधै राज्यको खातामा जाने

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि...

वायुसेवा निगमको निजीकरणप्रति हर्क राईको आपत्ति

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपाल वायुसेवा निगमको निजीकरणप्रति आपत्ति जनाएका छन्।  बजेटका प्रारम्भिक बुँदाहरूमाथि टिप्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending