Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

बोर्डिङ पढाइ अब झन् महँगो ! बालेन सरकारले ब्युँतायो १६ वर्षअघि विवादित शैक्षिक कर

निजी विद्यालयको सबै शुल्कमा ३ प्रतिशत ‘शिक्षा समता शुल्क’, अभिभावकले तिर्नुपर्ने अतिरिक्त रकम सीधै राज्यको खातामा जाने

"निजी विद्यालयको शुल्कमा ३ प्रतिशत शिक्षा समता शुल्क लागू भएपछि अभिभावकमाथि थप आर्थिक भार पर्ने भएको छ।"
खबरडबली संवाददाता

काठमाडौं । १६ वर्षअघि व्यापक विरोधपछि प्रभावहीन बनेको शिक्षा सेवा शुल्कलाई सरकारले नयाँ नाम र कानुनी आवरणमा पुनर्जीवित गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ‘शिक्षा समता शुल्क’ लागू गर्दै निजी तथा आवासीय विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकमाथि थप आर्थिक भार थोपरेको हो।

आर्थिक विधेयकको अनुसूची–७ अनुसार निजी क्षेत्रबाट सञ्चालित विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयले विद्यार्थीबाट उठाउने सबै प्रकारका शुल्कमा ३ प्रतिशत शिक्षा समता शुल्क अनिवार्य रूपमा असुल गर्नुपर्नेछ। अर्थात् अब विद्यालयले पठाउने शुल्कको बिलसँगै अभिभावकले अतिरिक्त कर पनि तिर्नुपर्ने भएको छ।

१० हजार रुपैयाँ मासिक शुल्क तिर्ने अभिभावकले अब थप ३ सय रुपैयाँ शिक्षा समता शुल्क बुझाउनुपर्नेछ। यो रकम विद्यालयको आम्दानी नभई राज्यलाई बुझाउनुपर्ने राजस्व हुनेछ।

१६ वर्षअघि असफल भएको नीति फेरि फर्कियो

आर्थिक वर्ष २०६५/६६ र २०६६/६७ मा तत्कालीन सरकारले निजी विद्यालयको शुल्कमा शिक्षा सेवा शुल्क लगाउने प्रयास गरेको थियो। सुरुमा ५ प्रतिशत र पछि १ प्रतिशतमा झारिए पनि प्याब्सन र एनप्याब्सनलगायत निजी विद्यालय सञ्चालकहरूको तीव्र विरोधका कारण प्रभावकारी कार्यान्वयन हुन सकेन।

त्यतिबेला दुर्गम क्षेत्रका विद्यार्थी, छात्रवृत्ति र शैक्षिक पूर्वाधार विकासका लागि रकम संकलन गर्ने उद्देश्य राखिएको थियो। अहिले सोही अवधारणालाई ‘शिक्षा समता शुल्क’ नाम दिएर फेरि लागू गर्न खोजिएको हो।

मध्यम वर्गमाथि प्रत्यक्ष असर

सरकारले बजेटमार्फत मध्यम वर्ग विस्तारको नारा दिए पनि निजी विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी मध्यम वर्गीय परिवारका भएकाले नयाँ शुल्कको प्रत्यक्ष असर उनीहरूमाथि पर्ने देखिएको छ।

आयकरमा केही राहत दिइए पनि शिक्षा क्षेत्रमा थपिएको यो करले अभिभावकको मासिक खर्च बढाउने निश्चित देखिएको छ। विशेषगरी एकभन्दा बढी सन्तान निजी विद्यालयमा पढाइरहेका परिवारलाई यसको असर बढी पर्नेछ।

कर नबुझाए १५ प्रतिशत ब्याज र जरिवाना

विद्यालयले अभिभावकबाट उठाएको शिक्षा समता शुल्क प्रत्येक चौमासिक समाप्त भएको २५ दिनभित्र आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्नेछ।

यदि विद्यालयले समयमै रकम नबुझाए बाँकी रकममा वार्षिक १५ प्रतिशत ब्याज लाग्नेछ। विवरण नबुझाए प्रति विवरण १ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ भने कर छली प्रमाणित भए शुल्कको २५ प्रतिशतसम्म अतिरिक्त जरिवाना पनि लगाउन सकिने व्यवस्था गरिएको छ।

शिक्षा क्षेत्रमा नयाँ बहस

सरकारले ‘शिक्षामा समान पहुँच’ को नाममा शुल्क लागू गरे पनि यसको भार अन्ततः अभिभावकमाथि नै पर्ने भएकाले शिक्षा क्षेत्रभित्र नयाँ विवाद सुरु हुने संकेत देखिएको छ। १६ वर्षअघि विरोधका कारण थन्किएको नीति यसपटक कति प्रभावकारी रूपमा लागू हुन्छ र निजी विद्यालय तथा अभिभावकको प्रतिक्रिया कस्तो आउँछ भन्ने विषय चासोको केन्द्र बनेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिक्टा आयोजनालाई दुई अर्ब ५५ करोड बजेट

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई आगामी आर्थिक वर्ष २०८३/८४ मा बजेट सिलिङ बढेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्ल...

‘ढुक्क हुनुस् !’ भन्दै रहस्यमय स्ट्याटसपछि फेरि चर्कियो बालेन मौनता विवाद

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह लामो समयदेखि सार्वजनिक रूपमा मौन देखिएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। उनी पछिल्ला केही समयदेखि कुनै प...

तृषित मन’ हाइकु–सेन्यु सङ्ग्रह लोकार्पित, ९५८ लघु रचनासहित पाठकमाझ

काठमाडौं । कविताको लघुतम विधा हाइकु र सेन्युमा आधारित ‘तृषित मन’ नामक कृति लोकार्पण गरिएको छ। ६६ वर्षीय हाइकुकार प्रदीप केसी (सञ्जेल) द्वारा लिखित उक्...

नयाँ सरकार, पुरानै शैली: बजेटमा नारै–नाराको खेती

‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’देखि ‘भिजिट नेपाल २०८५’ सम्म, बजेटमा घोषणा धेरै तर कार्यान्वयनमाथि पुरानै प्रश्न

रास्वपा सरकारको पहिलो बजेट : कसले के पायो, कसको भागमा के पर्‍यो ?

बालबालिकादेखि वृद्धसम्म, किसानदेखि कर्मचारीसम्म, मध्यम वर्गदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीसम्म—बजेटले धेरैलाई सम्बोधन गर्‍यो, तर शिक्षा र स्वास्थ्

आज देशभरी चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्...

बिरामीमाथि सरकारको नयाँ कर प्रहार, निजी अस्पतालमा उपचार गर्दा अब ३ प्रतिशत थप शुल्क

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी अस्पताल तथा स्वास्थ्य संस्थाबाट सेवा लिने बिरामीमाथि नयाँ करको भार थपेको छ। अब निजी अस्पतालम...

बोर्डिङ पढाइ अब झन् महँगो ! बालेन सरकारले ब्युँतायो १६ वर्षअघि विवादित शैक्षिक कर

निजी विद्यालयको सबै शुल्कमा ३ प्रतिशत ‘शिक्षा समता शुल्क’, अभिभावकले तिर्नुपर्ने अतिरिक्त रकम सीधै राज्यको खातामा जाने

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि...

वायुसेवा निगमको निजीकरणप्रति हर्क राईको आपत्ति

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपाल वायुसेवा निगमको निजीकरणप्रति आपत्ति जनाएका छन्।  बजेटका प्रारम्भिक बुँदाहरूमाथि टिप्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending