Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८२ शुक्रबार | 25th April, 2025 Fri
Investment bank

सहकारीले लाखौँ रकम गोलमाल पारेपछि बचतकर्ता घरका न घाटको भए

रासस

महोत्तरी । अहिले सञ्चित रकम पछि काम लाग्ने आशले सहकारीमा रकम बचत गरेका महोत्तरीको बर्दिबासका बचतकर्ता अहिले घरका न घाटका भएका छन् । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय र सञ्चालकसँग सम्पर्कविच्छेद भएपछि बचतकर्तामा छटपटी बढेको हो ।

“भोलिको दु:खको साथी हुने आशमा बचत गर्‍यौँ भन्ने थियो, तर सहकारीको कार्यालय र सञ्चालक भेट्न छाडिएपछि अब छाँगाबाट खसेजस्तै भएको छ”, स्थानीयवासी रामकुमार श्रेष्ठले भन्नुभयो, “हामी ठगिएछौँ, रु दुई लाख बचत फिर्ता पाउनुपर्ने छ, दुई वर्षदेखि आफ्नै रकम खोज्दै हैरान छौँ ।”

उहाँजस्ता सयौँ बचतकर्ता अहिले आफ्नो रकम खोजी गरिदिन बर्दिबास सहकारी सञ्जाल, बर्दिबास नगरपालिकाको सहकारी शाखा र अरु विभिन्न निकायमा दौडिरहेका भेटिन्छन् । बर्दिबासमा सञ्चालित पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय हटाइएको छ । सञ्चालक बर्दिबास–१ कै बासिन्दा नीरकमल कार्की पनि सम्पर्कमा नभेटिएपछि बचतकर्ता मात्र नभएर बचत सङ्कलक पनि अप्ठ्यारोमा परेका छन् । विसं २०७६ चैतदेखि संस्था र सञ्चालक सम्पर्कविहीन भएको सोही संस्थामा बचत सङ्कलनकर्ता भएर काम गरेकी जानुकाकुमारी तामाङ बताउनुहुन्छ ।

“दैनिक बचत रकम सङ्कलन गर्न त हामी सङ्कलक पुग्थ्यौँ”, उहाँले भन्नुभयो, “त्यसैले बचतकर्ताको पहिलो भनाइको चोट हामीले खेप्नुपर्छ ।” आफूले सङ्कलन गरेको नै करिब रु ५० लाख बचत फिर्ता दिन बाँकी रहेको उहाँको भनाइ छ । 

पछिल्लोपटक संस्था र सञ्चालक दुवै नभेटेपछि बचतकर्ता हारगुहार माग्दै  नगरपालिका र  सहकारी सञ्जाल पुगेपछि यो घटना सार्वजनिक भएको हो । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाले विसं २०७४ देखि कारोबार शुरु गरेर २०७६ चैतदेखि सम्पर्कमा नआएको बचतकर्ता र बचत सङ्कलक बताउँछन् ।

नगरकाको सहकारी शाखा र सञ्जाल दुवैले समन्वयको प्रयत्न गरे पनि संस्था सञ्चालक कार्की बचतकर्ताको रकम दिन आनाकानी गरिरहेका छन् । “बचतकर्ता र बचत सङ्कलकको गुनासो बुझ्न सञ्चालक कार्कीसँग सम्पर्क गरियो”,सञ्जालका अध्यक्ष शङ्कर श्रेष्ठले भन्नुभयो, “उहाँले पटकपटक बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएर पनि फिर्ता भने गर्नुभएन ।” सो सहकारी संस्था सञ्जालमा आवद्ध नभएको र आफ्नो संस्था न्यायिक निरुपण गर्ने नभएको हुँदा नगरपालिका जान बचतकर्तालाई सुझाएको उहाँको भनाइ छ ।

नगरपालिकाले दुई/तीन पटक सञ्चालक कार्कीलाई खोजेर समन्वयात्मक छलफल चलाए पनि समाधान भने नभएको  शाखाकी समन्वयकर्ता प्रेमा कार्कीले जानकारी दिनुभयो । “हामीसँगको छलफलमा सञ्चालक कार्कीले बचतकर्ताको रकम दिनपर्ने स्वीकार त गर्नुभयो”, उहाँले भन्नुभयो, “तर रकम फिर्ता गर्न उहाँले लिनुभएको समय बराबर फेल भए ।” बचतकर्ताको रकम कार्यालयबाट गोलमाल भएको स्वीकार्ने सञ्चालक कार्कीले सो रकम फिर्ता गर्न सहमति जनाए पनि रकमको जोहो हुन नसकेको जनाउँदै समय लम्ब्याउने गरेका बताइएको छ । आफ्नो पासबुकसहितका कागजात सबै संस्थाको कार्यालयमा बुझाएको र अब आफूहरुसँग कुनै प्रमाण नरहेको हुँदा बचतकर्ता बचत फिर्ता पाउनेमा अन्योलमा छन् । 

यसैबीच नगरपालिकाले संस्था सञ्चालक कार्कीलाई तीन दिनभित्र बचतकर्ताको सबै हरहिसाब पेश गरेर रकम फिर्ता नगरे कारवाहीका स्थानीय प्रशासन र प्रहरी कार्यालयमा अनुरोध गर्ने जनाएको छ । संस्थाले हरहिसाब नै नदेखाएपछि कति रकम फिर्ता गर्नुपर्ने यकिन नभए पनि बचतकर्ता र सङ्कलकको भनाइबाट रु एक करोड ५० लाखभन्दा बढी बचतकर्ताको रकम हिनामिना भएको अनुमान गरिएको शाखाले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

काठमाडौँ। अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार आज दुई दशमलव शून्य आठ अङ्क बढेको छ । आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक दुई दशमलव शून्य...

चार लाख मूल्य बराबरको लागु औषधसहित दुई जना पक्राउ

मकवानपुरगढी। मकवानपुर प्रहरीले झण्डै चार लाख १४ हजार मूल्य बराबरको प्रतिबन्धित लागु औषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ  । बिहीबार प्रहरी च...

नवनियुक्त शिक्षामन्त्रीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रजुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भनव शीतल निवासमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले ...

एमाले मञ्चबाट बालेनलाई सुनिताले भनिन्: स्टन्टले देश बन्दैन, देश बनाउन इमान्दारिता हुनुपर्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पपुलर बनेर देश नबन्ने बताएकी छन्। बिहीबार एमालेले काठमाडौंमा आयोजना गरेको युवा उत्सव ९युथ ...

कश्मीर आक्रमणकारीलाई ‘पृथ्वीको कुनाकुना’सम्म खोज्ने भारतीय प्रधानमन्त्रीको प्रतिज्ञा

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार कश्मीरमा २६ जनाको ज्यान जाने गरी भएको भीषण आक्रमणका लागि जिम्मेवार सबैलाई सजाय दिने प्रतिज्ञ...

सशस्त्र प्रहरीले निकाल्यो ५० फिट गहिराइबाट पोख्रेलको शव

काठमाडौँ। सुर्खेतको सिम्ता गाउँपालिका–४ भेरी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरी बलको गोताखोरले ५० फिट गहिराइबाट निकालेक...

पानीको ट्याङ्कीभित्र बाँदरको अस्थिपञ्चर

बैतडी। गाउँपालिका र प्रदेश सरकारले ‘एक घर एक धारा’ को नारा लगाएर निर्माण गरेको १२ लाख रुपियाँको खानेपानी योजनाको न पाइपलाइन छ न त धारा नै । ३५ हजार घन...

काठमाडौं टावर निर्माणमा नीतिगत भ्रष्टाचार: मेयर बालेनले खुलाए अर्बौँको नीतिगत भ्रष्टाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं टावरको नक्सापास प्रक्रियामा नीतिगत भ्रष्टाचार भएको खुलासा गरेका छन्। बिहीबार सामाजिक स...

कोवाङ–जोमसोम सडक अन्तर्गत घरपझोङमा सडक स्तरोन्नति गर्न माग

मुस्ताङ । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको कोवाङ–जोमसोम सडक खण्डमा पर्ने घरपझोङ–४ जोमसोमस्थित भासिएको सडक स्तरोन्नति गर्न स्थ...

पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध

किमााथाङ्का । उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको मकाल र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले मकालु ग...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending